Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

ट्रम्पको योजनाबारे युक्रेन र अमेरिकाबिच स्वीट्जरल्याण्डमा वार्ता हुने

खबरडबली संवाददाता

किएभ । युक्रेनी र अमेरिकी अधिकारीहरू रूससँगको युद्ध अन्त्य गर्ने वाशिङ्गटनको योजनाबारे छलफल गर्न छिट्टै स्विट्जरल्याण्डमा भेला हुने योजना तय भएको किएभले शनिबार बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई करिब चार वर्षे द्वन्द्व अन्त्य गर्ने २८ बुँदे योजनालाई अनुमोदन गर्न एक हप्ताभन्दा कम समय दिएका छन् । प्रस्तावमा आक्रमणकारी देशले युक्रेनी क्षेत्र छोड्ने, सेना कटौती गर्ने र नेटोमा कहिल्यै सामेल नहुने प्रतिज्ञा गर्ने उल्लेख छ।

यसैबीच,सम्झौताको मस्यौदामा समावेश नभएका युक्रेनका युरोपेली सहयोगीहरूले यो योजना पूर्ण नभएको र ‘थप अभ्यास’ आवश्यक भएको बताएका छन् । उनीहरूले दक्षिण अफ्रिकामा जी २० शिखर सम्मेलनमा किएभको स्थिति बलियो बनाउन वैकल्पिक प्रस्तावको ल्याउन छलफल गरिरहेका छन् ।

‘आगामी दिनहरूमा, युद्ध अन्त्यका लागि आवश्यक कदमहरूको बारेमा साझेदारसँग परामर्श हुनेछ’, राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, ‘वार्ताका लागि युक्रेनको टोलीलाई सुझाब दिइने र वार्ताको नेतृत्व एन्ड्री येरमाकले गर्नुहुनेछ।’ एन्ड्री येरमाकले राष्ट्रपति जेलेन्स्कीका लागि शीर्ष सहयोगीका रूसमा काम गर्दै आएका छन्।

जेलेन्स्कीले अमेरिकी प्रस्तावबारे विमति राख्दै भने, ‘युक्रेनको राष्ट्रिय हितको रक्षा कसरी गर्ने र रूसलाई तेस्रो आक्रमण गर्नबाट रोक्न के आवश्यक छ भन्ने बिषय हाम्रा प्रतिनिधिहरूलाई थाहा छ।’

फ्रान्स, बेलायत र जर्मनीका सुरक्षा अधिकारीहरु पनि आइतबार बिहान जेनेभामा हुने वार्तामा सहभागी हुने जी–२० शिखर सम्मेलनमा सहभागी स्रोतहरुले जनाएका छन् । युक्रेनका सुरक्षा परिषद्का सचिव रुस्तम उमेरोभले यसअघि पनि छलफलका लागि स्विट्जरल्यान्डलाई स्थान दिने सङ्केत गरेका थिए ।

‘यो हालका दिनहरूमा जारी वार्ताको अर्को चरण हो र मुख्य रूपमा अर्को कदमको लागि हाम्रो दृष्टिकोणलाई संरेखित गर्ने उद्देश्य हो,’ पूर्वरक्षामन्त्री उमेरोभले थपे । उनले यसअघि टर्कीमा रूससँग केही चरणको वार्ताको नेतृत्व गरेका थिए, जसले कैदीहरूको आदान–प्रदान र मृतक सैनिक तथा नागरिकको अवशेष स्वदेश फिर्ता गर्ने सहमति गरेको थियो ।

जेलेन्स्कीको आदेशमा वार्तामा ‘रूसी सङ्घका प्रतिनिधिहरू’ पनि समावेश हुनेछन्। रुस वार्तामा सहभागी हुने वा नहुने भन्ने विषयमा तत्काल कुनै पुष्टि भएको छैन ।

थप कार्य आवश्यक

जी–२० शिखर सम्मेलनका लागि दक्षिण अफ्रिकामा भेला भएका पश्चिमा नेताहरूले शनिबार युक्रेनमा युद्ध अन्त्य गर्ने अमेरिकी एकपक्षीय योजनामा ‘थप काम गर्नुपर्ने बिषय’ भएको बताएका छन्।

प्रमुख युरोपेली देशहरू साथै क्यानाडा र जापानका नेताहरूले शनिबार जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘बलपूर्वक सीमा परिवर्तन गर्नु हुँदैन भन्ने सिद्धान्तमा हामी स्पष्ट छौँ । हामी युक्रेनलाई भविष्यमा आक्रमणको जोखिममा पार्ने युक्रेनको सशस्त्र बलमा प्रस्तावित सीमितताबाट पनि चिन्तित छौँं।’

फ्रान्सका इम्यानुएल म्याक्रोँले यसअघि सम्मेलनमा एक गम्भीर सन्देश दिँदै भनेका थिए, ‘जी–२० एक चक्रको अन्त्यमा आउँदैछ।’ युक्रेन युद्धको समाधानका लागि अमेरिकी एकपक्षीय योजनालाई सङ्केत गर्दै समूह विश्वभरका ठूला सङ्कटहरू समाधान गर्न सङ्घर्ष गरिरहेको छ।

अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्प पुनः सपथ लिएसँगै युक्रेनमा अमेरिकी प्रायोजन कम भएपछि युक्रेनलाई महत्त्वपूर्ण सैन्य र वित्तीय सहयोग प्रदान गर्दै बेलायत, जर्मनी र फ्रान्स युक्रेनको प्रमुख समर्थकको रूपमा देखा परेका छन् ।

कठिन छनौट

जेलेन्स्कीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै युक्रेनले आफ्नो इतिहासको सबैभन्दा चुनौतीपूर्ण क्षणको सामना गरिरहेको बताउँदै ट्रम्पको प्रस्तावको विकल्प प्रस्ताव गर्ने बताएका छन्।

वाशिङ्गटनसँगको सहकार्यको सम्भावित अन्त्यलाई सङ्केत गर्दै राष्ट्रपति जेलेन्स्कीले शुक्रबार राष्ट्रको नाममा गरेको आफ्नो सम्बोधनमा भने, ‘युक्रेनमा दबाब सबैभन्दा कठिन छ। युक्रेनले धेरै कठिन विकल्पको सामना गर्न सक्छ । देशले आफ्नो गरिमाको हानि व्यहोर्नुपर्न सक्छ वा एक प्रमुख साझेदार गुमाउने जोखिम आउनसक्छ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने, ‘प्रस्तावित योजनाले शान्ति समाधानको लागि अन्तिम ‘आधार तय गर्न सक्छ’।’ यदि युक्रेन वार्ताबाट पछि हट्यो भने थप भूमि जफत गरिने चेतावनी उनले दिए ।

राम्रो सुसज्जित र सङ्ख्यामा ठूलो रूसी सेना बिस्तारै लगातार लामो समयदेखि युक्रेनी सीमा क्षेत्रमा फैलिँदै गएको छ।

मस्कोले ऊर्जा पूर्वाधारमाथि बिरूद्ध क्रूर बमबारी अभियान चलाएपछि युक्रेनीहरूले युद्ध सुरु भएदेखि सबैभन्दा कठिन जाडोको सामना गरिरहेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending