Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

रेणु दाहाल विरुद्ध षड्यन्त्र र रंगशाला प्रकरणको वास्तविकता

खबरडबली संवाददाता

काठमाडौँ । रास्वपा–राजावादी नेटवर्कले रेणु दाहाललाई भ्रष्टाचारमा फसाउने योजनाबद्ध प्रचारबाजी गर्दै आएको आरोप छ।  केही व्यक्तिले चरित्र हत्या गर्दै जनभ्रमित गर्न खोजिरहेको बताइएको छ।

रंगशाला प्रकरणमा भने वास्तविकता फरक देखिन्छ । भूकम्पपछिका बस्ती पुनर्निर्माणमा धुर्मुस–सुन्तलीले गरेको कामबाट प्रेरित भएर अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु भएको थियो। प्रारम्भमा आवश्यक जग्गा नपाएपछि रेणु दाहालले भरतपुरमा आवश्यक जग्गा उपलब्ध गराएकी थिइन्। उनी मात्र जग्गा जुटाउनेमा सीमित नभई महानगर, प्रदेश र केन्द्रबाट बजेट जुटाउन र महायज्ञमार्फत जनताबाट करोडौँ उठाउन सहयोग गरिन्।

परियोजना अत्यधिक महत्वाकांक्षी भएको कारण काम रोकियो। निर्माण रोकिएपछि रेणुले यसलाई महानगर मातहत ल्याएर पुनः सुरु गराइन् र अहिले सरकारी बजेटमा अघि बढिरहेको छ।

धुर्मुसले दाबी गरेको १५ करोड ऋण तिर्ने जिम्मा महानगरको थिएन। प्रारम्भमा महानगरले दिएको रकमबाट बनेको संरचना स्पष्ट भएकाले भ्रष्टाचारको प्रश्न उठ्दैन। तर १५ करोड भुक्तानी भएमा सार्वजनिक खरिद ऐन उल्लंघन हुने भएकाले रेणु दाहाल अख्तियारको फन्दामा पर्न सक्ने खतरा थियो। धुर्मुस फाउन्डेसन भ्याट दर्ता नभएको हुँदा निजी फाउन्डेशनलाई रकम दिने कानूनी प्रक्रिया नमिल्ने अवस्था रहेको छ।

राजनीतिक पृष्ठभूमिमा, २०८० कात्तिक २१ मा स्थानीय–प्रदेश सहमति अनुसार संघीय सरकारले रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो। संघीय सरकारले “सिर्जित सम्पत्ति खरिद” शीर्षकमा १५ करोड छुट्याएकोले निजी फाउन्डेसनलाई सीधा रकम दिन नमिल्ने कानूनी सीमा स्पष्ट छ।

तर, रास्वपा र राजावादी नेटवर्कले यही प्रक्रियागत सत्यलाई तोडमोड गरेर प्रचार गर्दै आएको आरोप लगाइएको छ। टंक दाहाल संसद जलाउन उक्साउने, राजीव खत्री जेलमा आगजनी गर्ने गतिविधिमा संलग्न रहेको आरोपमा यस प्रचारलाई गति दिएको देखिन्छ।

सरकार चाहन्छ भने जेनजी सरकारले नै रकम धुर्मुसलाई किन सीधा दिन सक्दैन ?  बब्लु गुप्ताको मन्त्रालयमार्फत धुर्मुसको ऋण किन फर्छ्यौट हुँदैन ?  निजी जग्गा खरिदमै अख्तियारले मुद्दा लगाउने देशमा, राज्यको सम्पत्ति बाँड्दा अख्तियार किन चुप छ ? सबैले यस्ता प्रश्न सोध्ने  गरेका छन् । यस प्रकरणले राजनीतिक प्रचार र कानूनी प्रक्रियाबीचको तनावलाई उजागर गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’

काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...

सुशीला सरकारले गरेका निर्णयमा कुनै आपत्ति छैन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुन...

रवि लामिछाने र प्रधानमन्त्री कार्कीबीच बालुवाटारमा शिष्टाचार भेट

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभाप...

समानान्तर संरचनाले कांग्रेसमा गहिरिँदै विभाजन

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...

एमाले नेता अधिकारीकाे रास्वपा प्रवेश गर्ने तयारी

काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निर्णय : गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौँ ।  सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...

‘पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले ५ वर्ष टिक्न दिँदैनन्ः सांसद विश्वराज पोखरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...

चुनावी हारपछि कांग्रेस–एमालेमा आन्तरिक तनाव तीव्र

काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले  भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...

१० घण्टादेखि कांग्रेस केन्द्रीय समिति बैठक, थापाको राजीनामा प्रस्ताव अस्वीकृत गर्ने मत एकमत

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: