Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

रेणु दाहाल विरुद्ध षड्यन्त्र र रंगशाला प्रकरणको वास्तविकता

खबरडबली संवाददाता

काठमाडौँ । रास्वपा–राजावादी नेटवर्कले रेणु दाहाललाई भ्रष्टाचारमा फसाउने योजनाबद्ध प्रचारबाजी गर्दै आएको आरोप छ।  केही व्यक्तिले चरित्र हत्या गर्दै जनभ्रमित गर्न खोजिरहेको बताइएको छ।

रंगशाला प्रकरणमा भने वास्तविकता फरक देखिन्छ । भूकम्पपछिका बस्ती पुनर्निर्माणमा धुर्मुस–सुन्तलीले गरेको कामबाट प्रेरित भएर अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु भएको थियो। प्रारम्भमा आवश्यक जग्गा नपाएपछि रेणु दाहालले भरतपुरमा आवश्यक जग्गा उपलब्ध गराएकी थिइन्। उनी मात्र जग्गा जुटाउनेमा सीमित नभई महानगर, प्रदेश र केन्द्रबाट बजेट जुटाउन र महायज्ञमार्फत जनताबाट करोडौँ उठाउन सहयोग गरिन्।

परियोजना अत्यधिक महत्वाकांक्षी भएको कारण काम रोकियो। निर्माण रोकिएपछि रेणुले यसलाई महानगर मातहत ल्याएर पुनः सुरु गराइन् र अहिले सरकारी बजेटमा अघि बढिरहेको छ।

धुर्मुसले दाबी गरेको १५ करोड ऋण तिर्ने जिम्मा महानगरको थिएन। प्रारम्भमा महानगरले दिएको रकमबाट बनेको संरचना स्पष्ट भएकाले भ्रष्टाचारको प्रश्न उठ्दैन। तर १५ करोड भुक्तानी भएमा सार्वजनिक खरिद ऐन उल्लंघन हुने भएकाले रेणु दाहाल अख्तियारको फन्दामा पर्न सक्ने खतरा थियो। धुर्मुस फाउन्डेसन भ्याट दर्ता नभएको हुँदा निजी फाउन्डेशनलाई रकम दिने कानूनी प्रक्रिया नमिल्ने अवस्था रहेको छ।

राजनीतिक पृष्ठभूमिमा, २०८० कात्तिक २१ मा स्थानीय–प्रदेश सहमति अनुसार संघीय सरकारले रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो। संघीय सरकारले “सिर्जित सम्पत्ति खरिद” शीर्षकमा १५ करोड छुट्याएकोले निजी फाउन्डेसनलाई सीधा रकम दिन नमिल्ने कानूनी सीमा स्पष्ट छ।

तर, रास्वपा र राजावादी नेटवर्कले यही प्रक्रियागत सत्यलाई तोडमोड गरेर प्रचार गर्दै आएको आरोप लगाइएको छ। टंक दाहाल संसद जलाउन उक्साउने, राजीव खत्री जेलमा आगजनी गर्ने गतिविधिमा संलग्न रहेको आरोपमा यस प्रचारलाई गति दिएको देखिन्छ।

सरकार चाहन्छ भने जेनजी सरकारले नै रकम धुर्मुसलाई किन सीधा दिन सक्दैन ?  बब्लु गुप्ताको मन्त्रालयमार्फत धुर्मुसको ऋण किन फर्छ्यौट हुँदैन ?  निजी जग्गा खरिदमै अख्तियारले मुद्दा लगाउने देशमा, राज्यको सम्पत्ति बाँड्दा अख्तियार किन चुप छ ? सबैले यस्ता प्रश्न सोध्ने  गरेका छन् । यस प्रकरणले राजनीतिक प्रचार र कानूनी प्रक्रियाबीचको तनावलाई उजागर गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगन थापा मुलुकको नेतृत्वका लागि तयारः उपसभापति शर्मा

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगनकुमार थापालाई मुलुकको नेतृत्वका लागि तयार रहेको स्पष्ट पारेका छन्। झापा–१ मा...

वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना, निर्वाचनअघि शक्ति प्रदर्शन कि लोकतान्त्रिक चुनौती ?

काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...

विघटन मुद्दा चुनावअघि सुनुवाइ हुने सम्भावना न्यून

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...

रुकुम पश्चिममा एचपिभी खोप अभियान: १,८०० बालिका लाभान्वित हुने

रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...

डिभीका लागि नक्कली प्रमाणपत्र बनाउने गिरोहका ७ पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...

१० दिनदेखि ग्यास संकट: उपभोक्ता भौँतारिँदा निकायको आश्वासन

कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...

म सत्ताको भागबन्डा र पुराना नेताहरूको भिडमा छैनँ : प्रचण्ड

  काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...

निर्वाचनपछि संसद बैठक नयाँ भवनबाट सञ्चालन हुने

काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...

अधुरा योजना पूरा गर्ने एजेन्डासहित पाल्पा–२ मा सोमप्रसाद पाण्डे

रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...

सुर्खेतमा नक्कली परीक्षार्थीमार्फत लोकसेवा परीक्षा—१२ जना पक्राउ

सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE