Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

रमणियस्थान रुकुमकाे गोतामकोट (फोटो फिचर)

खबरडबली संवाददाता

 
रुकुमपश्चिम  । पुग्नेलाई फर्कन मन नलाग्ने, फर्किएकालाई पुनः आकर्षित गरिरहने अदभूत सुन्दर, शान्त र सैम्य गाउँ, गोतामकोट ।  केहि उकालो चढेपछी आँखाभरि देखिने समथर उर्वर भूमी, एक आपसमा आलिङगन गरेर बसेका टमक्क घरधुरीले आँगन मात्र हैन करेसा, बलेसी, धुरीहरुको उत्तिकै मिलेका छन् ।

गाउँभन्द अन्त सडक सञ्जालको पहुँचसँगै पक्की कंक्रिट संरचनाले भद्दा र कुरुप बन्दै जादा पनि अहिलेसम्म आफ्नो मौलिकताको सज्जामा सजिएको गोतामकोट निकै आकर्षक छ ।

गौतम तथा गोतामे थरको आदिभूमी । विश्वभर फैलिएका गौतम, गोतामेहरुका लागि पवित्र तिर्थ बन्न सक्छ । पिता पूर्खाहरुको पसिनाले सिंचेको भूमि एक पटक टेक्न मात्र पाउनु कुनै तिर्थ गरेभन्दा कम हुने छैन । परिचय एक हैन अनेक छन्, गोतामकोटको । धार्मीक, साँस्कृतिक तथा प्राकृतिक रुपमा मात्र वैभवशाली हैन पौराणीक रुपमा पनि उत्तिकै महत्त्वपूर्ण रहेको मानिन्छ ।

कर्णाली प्रदेशअन्तर्गत रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ५ र ६ मा अवस्थित ढुङ्गाले छाएका परम्परागत शैलीका मौलिक घरहरू भएको गाउँ गोतामकोट । करोडौ वर्षको नदीकोे लगातारको संघर्षको साक्षी हुन अक्करे भिरमा बसेका भेरीको छालको डाव । जम्दै, भरिँदै, बग्दै गर्दाका थप प्रमाण हुन् मैदानी टार, फाँट, समतर, मनोरम र उर्वर खेत खोरीयानहरु ।  

पौराणीक कालमा ऋषि अत्रिको पनि तपोभूमी यहि थलो रहेको बिश्वास गरिन्छ । गाउँकै मध्यभागमा रहेको मालिका मन्दिर शिरमा चित्रीपाटन र गाउँकै फेदीबाट बगेको नागवेली अनवरत ठुलीभेरी नदि,उर्वर फाँट संगै सुन्दर गाउँहरु निकै आकर्षक छन् ।

लहल हाउदा अन्न, फल, फुल र सादगीपूर्ण जीवनशैली पाहुनालाई एकसुत्रमा बाँध्न कसर छोड्दैन् । त्यसैमा स्थानीय रातोमाटो, चुन, कमेरो, लेकाली दियार सल्ला, काटका कलात्मक बुट्टेदार झ्याल ढोका, सिलेट आदिले निर्माण भएका घर कम आकर्षण छैनन् । दुईवर्ष पहिले मात्र छिमेकी पालिका स्थित रामिडाडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पलाई समेत मात खुवाएका घरहरु सुन्दर मात्र हैन बलियो पनि उत्तिकै छन् भन्ने प्रमाण सग्ला घरहरुले दिएको छन् ।

आधुनिकताले छुन सकेको छैनभन्दा फरक पर्दैन् । पत्थर अथवा ढुङ्गाको सिलेटले छाएको, हिमालको चुचुरो जस्तो धुरी मिलेको चिटिक्काको घरहरु देख्दा हर कोहिलाई मन्त्र मुग्घ बनाउन प्रयाप्त छ । मिलेका दंत लहरी जस्तो अधिकांश परम्परागत घर, फाँट र बस्ती लोभ लाग्दा छन् ।

दक्षिण तिर सागर भेट्न ओर्लिएको ठुलीभेरीको जलप्रवाहले हिमाली चिसो सिरेटोलाई गाउँसम्म ल्याई पुर्याउछ र फलिफाप छ । गर्मी याममा सिसो सिरेटो र चिसो याममा न्यानो स्पर्श गराउने चारै तिरका अग्ला पहाडी चुचुराहरु पहरेदार हुन्,सरक्षक हुन् । उर्वर जमिनसँगै जल, जङ्गल, जडिबुटी, फलफुल समेत गोतामकोटको आधार, जीवनधारा हुन् ।

विभिन्न जातजातीको बसोबाु भएकाले पनि साँस्कृतिक विविधतासँगै जातीय विविधता पनि रहेको छ गाउँहरुमा ठकुरी, बिष्ट, आरुखोला, बाहुन, कोटतिरुवा, टाँगे, दमैबाडा, पानीकोट लगाएत गाउँहरु रहेको छन् ।  

अदभूत सुन्दर, शान्त र सैम्य गाउँ, गोतामकोट । तस्बिर : बिशाल सुनार गाेरखापत्रबाट साभार

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’

काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...

सुशीला सरकारले गरेका निर्णयमा कुनै आपत्ति छैन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुन...

रवि लामिछाने र प्रधानमन्त्री कार्कीबीच बालुवाटारमा शिष्टाचार भेट

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभाप...

समानान्तर संरचनाले कांग्रेसमा गहिरिँदै विभाजन

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...

एमाले नेता अधिकारीकाे रास्वपा प्रवेश गर्ने तयारी

काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निर्णय : गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौँ ।  सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...

‘पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले ५ वर्ष टिक्न दिँदैनन्ः सांसद विश्वराज पोखरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...

चुनावी हारपछि कांग्रेस–एमालेमा आन्तरिक तनाव तीव्र

काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले  भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...

१० घण्टादेखि कांग्रेस केन्द्रीय समिति बैठक, थापाको राजीनामा प्रस्ताव अस्वीकृत गर्ने मत एकमत

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: