Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

पानीको महत्व : मुहान सुक्दै गएपछि ध्ये गाउँकाे बस्ती उठिबास, २८ परिवारको बसाइँ सराइ

खबरडबली संवाददाता

मुस्ताङ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ ध्ये गाउँका स्थानीयहरू पानीको अभावले गाउँ छाड्न बाध्य भएका छन्। परम्परागत मुहान सुकेसँगै सिँचाइ र खानेपानीको गम्भीर संकट उत्पन्न भएपछि २८ घरधुरी थाङचुङ क्षेत्रमा बसाइँ सरेका छन्।

कृषि र च्याङ्ग्रापालनमा निर्भर समुदायका छिरिङ ढुक्के गुरुङ, झवाङ वाङचुक, डिन्डु गुरुङसहितका बासिन्दाले मुहान सुकेपछि आफ्नो दैनिकी नै असम्भव भएपछि बस्ती सार्नुपरेको बताए।
गुरुङले भने, “खानेपानी र सिँचाइको समस्या सहनै नसक्ने भयो। पानी नै नभएपछि खेती–पाती र पशुपालन दुवै चल्न छाड्यो, अन्त्यमा गाउँ छोड्नुपर्यो।”

१५ वर्षदेखि चर्कँदै पानीको समस्या

समुद्री सतहदेखि ४ हजार मिटर उचाइमा रहेको ध्ये क्षेत्रमा झण्डै डेढ दशकदेखि पानीको समस्या चर्कँदै आएको छ। हिउँदमा हिउँ नपर्ने र बर्खामा अत्यधिक वर्षा हुने असन्तुलित मौसमी चक्रले यहाँको जलस्रोत नै अस्थिर बनेको स्थानीयको भनाइ छ।

पर्याप्त जमिन रहेको भए पनि पानी नहुँदा खेत बाँझै बस्नुपर्ने बाध्यता बढेको छ। बर्खामा मात्रै केही समय पुरानो गोठ—घरमा गएका बासिन्दा हिउँदमा पुनः थाङचुङमै बस्न थालेका छन्।

सरकारी तथा दातृ निकायको सहयोगमा नयाँ बस्ती

धेरै वर्षअघिदेखि समस्या समाधानका लागि तत्कालीन जिल्ला विकास समिति र गाविसले बस्ती स्थलान्तरण प्रक्रिया अघि सारेको थियो। आर्थिक अभावका कारण पूर्ण बस्ती विकास हुन नसके पनि सरकारी तथा दातृ निकायको सहयोगमा थाङचुङमा आधारभूत पूर्वाधार निर्माण गरिएको वडा अध्यक्ष पासाङ गुरुङले बताए।  उनले भने, “जलवायु परिवर्तनले पानीका मुहानै सुकाए। पानीबिनाको जीवन असम्भव रहेछ। त्यसैले बस्ती सार्नुपर्‍यो।”

५७४ वर्ग किलोमिटर क्षेत्रफल रहेको सो वडामा अहिले ताङ्ग्या, ध्येखोला र पुरानो ध्ये मिलाएर जम्मा ५० घरधुरी छन्।

जलवायु परिवर्तनको चोट, तर चासो अभाव

पछिल्ला वर्षमा मुस्ताङमा नियमित वर्षा नहुनु, उपल्लो क्षेत्रमा बारम्बार बाढी–पहिरो आउनु, हावाहुरी बढ्नु र माटो तथा जङ्गलमा प्रत्यक्ष असर देखिनु जलवायु परिवर्तनको स्पष्ट संकेत मानिएको छ।

तर स्थानीयको भनाइमा, समस्या गहिरिँदै गए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट आवश्यक ध्यान नपुगेको गुनासो छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’

काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...

सुशीला सरकारले गरेका निर्णयमा कुनै आपत्ति छैन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुन...

रवि लामिछाने र प्रधानमन्त्री कार्कीबीच बालुवाटारमा शिष्टाचार भेट

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभाप...

समानान्तर संरचनाले कांग्रेसमा गहिरिँदै विभाजन

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...

एमाले नेता अधिकारीकाे रास्वपा प्रवेश गर्ने तयारी

काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निर्णय : गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौँ ।  सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...

‘पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले ५ वर्ष टिक्न दिँदैनन्ः सांसद विश्वराज पोखरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...

चुनावी हारपछि कांग्रेस–एमालेमा आन्तरिक तनाव तीव्र

काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले  भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...

१० घण्टादेखि कांग्रेस केन्द्रीय समिति बैठक, थापाको राजीनामा प्रस्ताव अस्वीकृत गर्ने मत एकमत

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: