Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

पानीको महत्व : मुहान सुक्दै गएपछि ध्ये गाउँकाे बस्ती उठिबास, २८ परिवारको बसाइँ सराइ

खबरडबली संवाददाता

मुस्ताङ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ ध्ये गाउँका स्थानीयहरू पानीको अभावले गाउँ छाड्न बाध्य भएका छन्। परम्परागत मुहान सुकेसँगै सिँचाइ र खानेपानीको गम्भीर संकट उत्पन्न भएपछि २८ घरधुरी थाङचुङ क्षेत्रमा बसाइँ सरेका छन्।

कृषि र च्याङ्ग्रापालनमा निर्भर समुदायका छिरिङ ढुक्के गुरुङ, झवाङ वाङचुक, डिन्डु गुरुङसहितका बासिन्दाले मुहान सुकेपछि आफ्नो दैनिकी नै असम्भव भएपछि बस्ती सार्नुपरेको बताए।
गुरुङले भने, “खानेपानी र सिँचाइको समस्या सहनै नसक्ने भयो। पानी नै नभएपछि खेती–पाती र पशुपालन दुवै चल्न छाड्यो, अन्त्यमा गाउँ छोड्नुपर्यो।”

१५ वर्षदेखि चर्कँदै पानीको समस्या

समुद्री सतहदेखि ४ हजार मिटर उचाइमा रहेको ध्ये क्षेत्रमा झण्डै डेढ दशकदेखि पानीको समस्या चर्कँदै आएको छ। हिउँदमा हिउँ नपर्ने र बर्खामा अत्यधिक वर्षा हुने असन्तुलित मौसमी चक्रले यहाँको जलस्रोत नै अस्थिर बनेको स्थानीयको भनाइ छ।

पर्याप्त जमिन रहेको भए पनि पानी नहुँदा खेत बाँझै बस्नुपर्ने बाध्यता बढेको छ। बर्खामा मात्रै केही समय पुरानो गोठ—घरमा गएका बासिन्दा हिउँदमा पुनः थाङचुङमै बस्न थालेका छन्।

सरकारी तथा दातृ निकायको सहयोगमा नयाँ बस्ती

धेरै वर्षअघिदेखि समस्या समाधानका लागि तत्कालीन जिल्ला विकास समिति र गाविसले बस्ती स्थलान्तरण प्रक्रिया अघि सारेको थियो। आर्थिक अभावका कारण पूर्ण बस्ती विकास हुन नसके पनि सरकारी तथा दातृ निकायको सहयोगमा थाङचुङमा आधारभूत पूर्वाधार निर्माण गरिएको वडा अध्यक्ष पासाङ गुरुङले बताए।  उनले भने, “जलवायु परिवर्तनले पानीका मुहानै सुकाए। पानीबिनाको जीवन असम्भव रहेछ। त्यसैले बस्ती सार्नुपर्‍यो।”

५७४ वर्ग किलोमिटर क्षेत्रफल रहेको सो वडामा अहिले ताङ्ग्या, ध्येखोला र पुरानो ध्ये मिलाएर जम्मा ५० घरधुरी छन्।

जलवायु परिवर्तनको चोट, तर चासो अभाव

पछिल्ला वर्षमा मुस्ताङमा नियमित वर्षा नहुनु, उपल्लो क्षेत्रमा बारम्बार बाढी–पहिरो आउनु, हावाहुरी बढ्नु र माटो तथा जङ्गलमा प्रत्यक्ष असर देखिनु जलवायु परिवर्तनको स्पष्ट संकेत मानिएको छ।

तर स्थानीयको भनाइमा, समस्या गहिरिँदै गए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट आवश्यक ध्यान नपुगेको गुनासो छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending