Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

सेनामाथि जाँचबुझ गर्न खोज्दै आयोग, तर्कंदै जंगीअड्डा

खबरडबली संवाददाता

काठमाडौं । २३ र २४ भदौका घटना जाँचबुझ आयोगले नेपाली सेनालाई पनि छानबिनको दायरामा ल्याउने प्रयास गरेको छ । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति निवास, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका सार्वजनिक संस्था तोडफोड, लुटपाट र आगजनीबाट सुरक्षित राख्न नसकेको विषयमा आयोगले नेपाली सेनासँग जवाफ मागेको छ । आयोगले पत्राचार गरेको दुई साता बितिसक्दा जंगीअड्डाले जवाफ दिएको छैन ।

२४ भदौमा किन कुनै कदम नचालेको भनी सार्वजनिक रूपमा आलोचना भएको उल्लेख गर्दै आयोगले ‘त्यो दिन के कदम चालियो ?’ भन्ने प्रश्नको जवाफ सेनासँग मागेको हो । त्यो दिन फिल्डमा खटिएका सैनिकदेखि घटनासँग सम्बन्धित सबै विवरण उपलब्ध गराइदिन पनि आयोगले सेनालाई पत्रमा भनेको थियो । ‘आवश्यक विवरण पठाइदिन सेनालाई पत्र लेखेको दुई साताभन्दा बढी भयो । पर्याप्त जवाफ प्राप्त गरेका छैनौं,’ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भने ।

सेनाको सुरक्षामा रहेका सिंहदरबार, प्रधानमन्त्री निवास, सेनाकै परमाधिपति राष्ट्रपतिको कार्यालयलगायतका संरचनामा प्रदर्शनकारीबाट २४ भदौमा आगजनी र तोडफोड भएको थियो । सैनिक मुख्यालय जंगीअड्डाको आडैमा रहेको सर्वोच्च अदालतलगायतका संरचना पनि त्यो दिन जोगिन सकेनन् । यस विषयमा सार्वजनिक रूपमै प्रश्न उठेपछि सेनाको भूमिकामाथि अनुसन्धान थालेको आयोगले जनाएको छ ।

तीन महिनाको समयावधि पाएको आयोगले पहिलो चरणमा प्रहरीसँग बयान लिइरहेको छ । प्रहरी जवानबाट सुरु भएको बयान अहिले अधिकृत तहमा छ । केही दिनमा उपत्यका प्रहरी प्रमुख र जिम्मेवार अधिकारी तथा हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको पनि बयान लिने तयारी आयोगले गरेको छ । प्रहरीले पनि मागिएबमोजिम पूरा विवरण आयोगलाई सुरुमा दिएको थिएन । आयोगले तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई चेतावनीयुक्त पत्र पठाएपछि मात्र थप विवरण उपलब्ध गराएको थियो ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले प्रहरीलाई जस्तै सेनासँग पनि २३ र २४ भदौमा फिल्डमा खटिएका सैनिक अधिकारीहरूको सूचीसहितको विस्तृत विवरण माग गरिएको जानकारी दिए । ‘माग गरिएअनुसार कुन–कुन विवरण प्राप्त भयो भन्ने यकिन छैन,’ उनले भने । 

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले २३–२४ भदौमा भएका घटनाबारे आयोगले गरेको पत्राचारमा टिप्पणी गर्न नमिल्ने बताए । ‘आयोगले पत्र लेखेको होला, यसमा टिप्पणी गर्न मिल्दैन । सेना चेन अफ कमान्डमा चल्ने निकाय हो, त्यसैअनुसार काम गर्छ,’ उनले भने, ‘हामीले घटनाको विवरण आयोगलाई पहिल्यै उपलब्ध गराएका छौं ।’ आयोगका अनुसार सेनाले क्षतिको विवरण यसअघि उपलब्ध गराएको हो ।

पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री ड्युटीमा खटिएका अधिकृत वा सैनिकको विवरण आयोगमा पठाउने अभ्यास नरहेको बताउँछन् । ‘नेपाली सेनाले नै अधिकृत र मातहतका सैनिकलाई ड्युटीमा खटाएको हुन्छ । यस्ता विषयमा जवाफ दिनुपरे सेनाको प्राड विवाकले संस्थागत रूपमा दिने हो,’ उनी भन्छन्, ‘ड्युटीमा खटिएको व्यक्तिले मानवअधिकार हननलगायतका कार्य गरेको भए मात्र व्यक्तिगत जवाफदेही हुने हो, नभए संस्थागत रूपमै जिम्मेवारी लिने हो । यस्ता घटनामा विगतमा पनि नेपाली सेनाले नै जवाफ दिँदै आएको हो । व्यक्ति (सैनिक अधिकारी वा जवान) लाई सेनाले आयोगमा पठाउँदैन ।’

सुरक्षा मामिलाविज्ञ इन्द्र अधिकारी जाँचबुझ आयोगलाई नेपाली सेनाले सहयोग गर्नुपर्ने धारणा राख्छिन् । ‘विगतमा नेपाली सेनामाथि प्रश्न उठ्ने तर छानबिनको दायरामा नआउने गरेको देखिन्छ । २०६२/६३ को जनआन्दोलनमा पनि सेनाको भूमिकालाई लिएर विवाद भयो । छानबिन आयोगले पक्कै अनुसन्धान गर्‍यो होला तर कसैलाई पनि कारबाहीको सिफारिस भएन,’ उनले भनिन्, ‘अहिलेको जाँचबुझ आयोगले पनि २३ र २४ भदौका घटनाबारे जानकारी लिन र नेपाली सेनाको भूमिका के थियो भनी जान्न खोजेको हुन सक्छ । सरकारले गठन गरेको आयोगलाई सेनाले सहयोग गर्नुपर्छ ।’ योे समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लिपुलेक हुँदै चीनसँग व्यापार थाल्ने भारतको तयारीपछि सरकार छलफलमा, रास्वपा के भन्छ ?

काठमाडौं । भारतको उत्तराखण्ड राज्य सरकारका अधिकारीले छ वर्षको अन्तरालपछि यसै वर्षबाट भारत र चीनले लिपुलेक पास हुँदै सीमा व्यापार गर्ने धारणा राखेको वि...

रौतहटमा बेमौसमी वर्षाले काँचो इँटा नष्ट, बीमा गर्न माग

रौतहट । गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ । यहाँका ५...

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

काभ्रे । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणार्थ पीडितको नामावली सिफारिस सुरुआत गरेको छ । समित...

होटलमा यौन क्रियाकलाप गरेको आरोपमा दुई जोडी पक्राउ

काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित दुई वटा होटलबाट अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा...

मन्त्री छान्दै रवि-बालेन, यी हुन् सम्भावित अनुहार

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको एकै...

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, १५ औं महाधिवेशनको मिति तोक्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ।  पार्टीले राजीनामा अस्वीकृत गरेपछि सभापति गगन थापा आजको बैठकमा सहभागी हुने भएका ...

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण

तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साध...

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी । यहाँको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमो बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ब...

मोरङमा क्षयरोगबाट एक वर्षमा ३५ जनाको मृत्यु

मोरङ । जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा क्षयरोगका कारण ३५ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसका पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र वाग्मती ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: