काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिन तयार रहेको स्पष्ट सन्देश दिएका छन्।
च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहीबार करिब सात घन्टा चलेको बैठकमा पोखरेलले हालको नेतृत्वशैलीले पार्टी संकटमा परेको दाबी गर्दै त्यसको निकासका लागि आफूले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने इच्छा प्रकट गरेको एक सचिवालय सदस्यले जानकारी दिए।
उनका अनुसार पोखरेलले बैठकमा भने, “नेतृत्वको अभिव्यक्ति र कार्यशैलीले पार्टीको संकट गहिरिएको छ। आन्दोलन पनि कमजोर बनेको छ। अध्यक्षका लागि म योग्य छु, त्यसैले प्रतिस्पर्धामा उत्रिन्छु।”
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका स्थापित विधि, परम्परा र मूल्यको रक्षा गर्दै प्रतिस्पर्धामा सहभागी हुने उल्लेख गरे। उनले “हार–जित जे भए पनि प्रतिस्पर्धा स्वाभाविक प्रक्रिया हो, र म त्यसलाई स्वीकार्न तयार छु,” भन्दै आफ्नो धारणा स्पष्ट पारे।
उनको भनाइलाई जवाफ दिँदै अध्यक्ष ओलीले हालको राजनीतिक तथा पार्टीगत परिस्थितिमा आफूले नेतृत्व नछाड्ने बताए। “प्रतिस्पर्धा गर्न चाहनुहुन्छ भने गर्नुस्, म रोक्दिनँ। तर अहिले नेतृत्व छाड्ने अवस्था मेरो छैन। यस्ता अवस्थामा प्रतिस्पर्धाले पार्टी र आन्दोलन दुवैलाई फाइदा गर्दैन,” ओलीले भनेका थिए।
बैठकमा मधेसमा एमाले एक्लिँदै गएकोबारे पनि गम्भीर चिन्ता व्यक्त भएको सचिवालयका एक सदस्यले बताए। वरिष्ठ उपाध्यक्ष पोखरेलसहित उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली तथा सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई र रघुवीर महासेठले संयुक्त रूपमा मधेसको अवस्थाबारे कडा टिप्पणी गरेका थिए।
तिनका अनुसार, “मधेसमा ठूलो संकटबीच आन्दोलन जोगाएर एमालेलाई पहिलो शक्तिका रूपमा उभ्याइएको थियो। तर एक व्यक्तिलाई मुख्यमन्त्री बनाउन विधि, प्रक्रिया र परम्परा कुल्चिँदा पार्टीको छवि कमजोर भयो। यसले मधेसमा एमाले एक्लिने अवस्था बनाएको छ,”सातै जनाले एकमतमा भने।
सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाउन गरिएको निर्णयले पार्टीको मात्रै नभई लोकतन्त्र र संघीयताप्रति एमालेको प्रतिबद्धतामै प्रश्न उठेको उनीहरूको आरोप थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - ०९:०७
काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...
चैत्र १३ गते, २०८२ - ०८:५७
डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...
चैत्र १३ गते, २०८२ - ०७:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता ...
चैत्र १३ गते, २०८२ - ०७:५३
विद्यालय र अस्पताल झनै समस्यामा
चैत्र १३ गते, २०८२ - ०७:५०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...
चैत्र १३ गते, २०८२ - ०७:४४
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो। जिल्ला प्रहरी का...
चैत्र १३ गते, २०८२ - ०७:३१
काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...
चैत्र १३ गते, २०८२ - ०७:२६
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...
चैत्र १३ गते, २०८२ - ०७:२४
काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...
चैत्र १३ गते, २०८२ - ०७:२०
काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...



प्रतिकृया लेख्नुहोस्: