Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

एमालेको निष्कर्ष- सरकार निर्वाचन नभई राजनीतिक दललाई निषेध गर्न खोज्दैछ

महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेले ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको छ । 

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको ६०औँ सचिवालय बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

बैठकले बैठकले महासचिव शङ्कर पोखरेल संयोजक, उममहासचिव पृथ्वीसुब्बा गुरुङ् सचिव र सचिव योगेश भट्टराई सदस्य रहेको सचिवालय गठन गरेको छ ।

यस्तै उपमहासचिव प्रदीप ज्ञवाली संयोजक र वागमती प्रदेश इन्चार्ज राजन भट्टराई सचिव रहेको जनपरिचालन कमिटी, केन्द्रीय सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीको संयोजकत्व र विभागका सचिव माधब ढुङ्गेल सचिव रहेको प्रतिनिधि व्यवस्थापन समिति गठन गरिएको छ । 

यस्तै आवास व्यवस्थापन समितिको संयोजकमा सचिव छविलाल विश्वकर्मा र सचिव स्थायी कमिटी सदस्य लालबाबु पण्डित, खाद्य व्यवस्थापन समितिको संयोजकमा सचिव लेखराज भट्ट र सचिवमा डा भिष्म अधिकारी रहनु भएको छ । 

यस्तै बैठकले यातायात व्यवस्थान समितिको संयोजक सचिव गोकर्ण विष्ट र सचिव रचना खड्का, अतिथि सत्कार समितिको संयोजकमा सचिव रघुविर महासेठ र सचिव महेश वर्तौला, प्रचार समितिको संयोजकमा सचिव पद्मा अर्याल र सचिव राजेन्द्र गौतम रहेका छन् । 

 यसैगरी बैठकले स्वयसेवक परिचालन समितिको संयोजकमा भानुभक्त ढकाल र सचिव विनोद पाण्डे, मन्च व्यवस्थापन समितिको संयोजकमा विनोद श्रेष्ठ र सचिव लोकवहादुर भण्डारी, स्वास्थ्य समितिको संयोजकमा कृष्णगोपाल श्रेष्ठ र सचिव राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ, आर्थिक समितिको संयोजकमा उपमहासचिव विष्णु रिमाल र सचिवमा विना श्रेष्ठ, निर्वाचनका आयोगका अध्यक्ष डा विजय सुब्बा संयोजक रहेको निर्वाचन संयोजन समिति गठन गर्ने निर्णय गरेको छ । 

प्रतिनिधिको मापदण्ड हेरफेर

यस्तै बैठकले महाधिवेशनका लागि चयन हुने प्रतिनिधिको मापदण्ड हेरफेर गरेको छ । प्रवासी नेपाली मन्च भारत र प्रवासी नेपाली अन्तराष्ट्रिय मन्चबाट दुई÷दुई महिला थप गरेर पाँच÷पाँच प्रतिनिधि आउने व्यवस्था गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । 

यस्तै उपत्यका विशेष कमिटीबाट एक जना युवा प्रतिनिधित्व गराउने निर्णय गरिएको छ । 

यस्तै बैठकले घर फर्क अभियानअन्तर्गत एमालेमा प्रवेश गरेका नेतालाई प्रतिनिधि बनाउने निर्णय गरेको छ । उपमहासचिव ज्ञवालीले सरकार निर्वाचनको वातावरण बनाउन नलागेको उल्लेख गर्दै बाराको सिमारामा भएको घटनाले निष्कर्ष निकालेको बताए । 

राजनीतिक दललाई गतिविधि गर्न नदिने र उनीहरुले आयोजना गर्न खोजेका कार्यक्रममा स्थानको निम्ति अनुमति नदिने र नेताहरुलाई निर्वाद ढङ्गले  मुलुकका विभिन्न ठाउँमा घुमफिर गर्न नदिने जस्ता क्रियाकपालले सरकार निर्वाचन नभई राजनीतिक दललाई निषेध गर्न खोजेको बैठकले निष्कर्ष निकालेको बताए । 

एमालेले यहि मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा ११औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending