Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

सुदन गुरूङको गृहमन्त्री चेतावनी ‘मलाई पनि पक्राउ गर’ अभियान

खबरडबली संवाददाता

काठमाडौं । ‘हामी नेपाल’ नामक संस्थाका संयोजक सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध सामाजिक सञ्जालमार्फत आक्रामक अभियान सुरु गरेका छन् । उनले फेसबुकमार्फत राजीनामासहित राजनीतिक जवाफदेहिताको माग अघि सारेका छन् ।

गुरूङले फेसबुकमा साझा गरेको पोस्टरमा ‘मौनतालाई कमजोरी नठान्नू, जनआन्दोलनको ज्वालामुखी उठ्दैछ’ भन्ने नाराका साथ गृहमन्त्रीविरुद्ध तीन वटा ह्यासट्याग ट्याग गरिएको छ । उनले गृहमन्त्री अर्यालको नेतृत्वमा बारामा बुधबार जेनजी कार्यकर्तामाथि कुटपिट भएको आरोप लगाउँदै ती घटनाप्रति उदासीनता देखाइएको दाबी गरेका छन् ।

गुरूङले लेखेका छन्, ‘गृहमन्त्रीले आफू आन्दोलनको म्यान्डेटबाट र जेनजी भाइबहिनीहरूको बलिदानबाट पदमा पुगेका कुरा बिर्सिएको देखेर लाज पनि लजाइसक्यो ।’ उनले यदि गृहमन्त्रीले भ्रष्ट र हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न नसक्ने हो भने र आन्दोलनकारीमाथि भएको कुटपिटप्रति मौन बस्ने हो भने ‘मलाई पनि पक्राउ गर’ राष्ट्रिय अभियान सुरु गर्ने चेतावनी दिएका छन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको दमनका दोषीहरूलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गुरूङले पुनः दोहोर्‍याएका छन् । तर सरकारले बेवास्ता गरेको आरोप लगाउँदै उनले निरन्तर सामाजिक सञ्जालमार्फत गृहमन्त्रीविरुद्ध कडा प्रतिक्रिया दिँदै आएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending