Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

मुस्ताङमा पहिलो चार महिनामा भित्रिए दुई लाख बढी पर्यटक

खबरडबली संवाददाता

मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा चार महिनाको अवधिमा दुई लाख दुई हजार ३५१ जना पर्यटक भित्रिएका छन् । 

चालु आवको साउनदेखि कात्तिक मसान्तसम्म बेनी–जोमसोम सडक मार्ग हुँदै एक लाख ६० हजार ९२९ जना आन्तरिक र ४१ हजार ४३० जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चालु आवको साउनमा १९ हजार ७८१, भदौमा २३ हजार २०५, असोजमा ७५ हजार ५९९ जना र कात्तिक महिनामा ८३ हजार ७६६ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

यसअघि आव २०८१र८२ मा राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक मार्ग हुँदै सात लाख पाँच हजार ७७९ हजार आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष पाँच लाख ५५ हजार ३२६ जना आन्तरिक र एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।

मुस्ताङमा गत वर्षको कूल पर्यटक सङ्ख्याको तुलनामा चालु आवको पहिलो चार महिनामा २८ दशमलव ७६ प्रतिशत पर्यटक मुस्ताङ भित्रिएको प्रहरीको तथ्याङ्कले देखाउँछ ।तर, चालु आवको पहिलो चौमासिकमा युवाको जेनजी आन्दोलन र प्रतिकूल मौसमका कारण मुस्ताङको पर्यटनमा आंशिक असर पुर्‍याएको थियो ।

पछिल्लो समय राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज हुँदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको मुस्ताङ आगमन वृद्धि भइरहेको छ । यहाँको कोरला सडकअन्तर्गत म्याग्दीको बेनीदेखि मुक्तिनाथसम्म दुई तिहाइ स्थानको सडक कालोपत्रे सम्पन्न भइसकेकाले पनि मुस्ताङमा पर्यटक आगमन वृद्धि भइरहेको हो । मुक्तिनाथ दर्शनका लागि यहाँ आएका पर्यटकमध्ये एक तिहाइ पर्यटक माथिल्लो मुस्ताङ र कोरला नाका भ्रमणका लागि जाने गरेका छन् ।

नेपाल–चीन बहुचर्चित कोरला नाका तथा लोमान्थाङ दरबार, झोङ गुफालगायत माथिल्लो मुस्ताङका सदियौँ वर्ष पुराना गुम्बा, माने, छोर्तेन, मानव निर्मित गुफालगायत माथिल्लो मुस्ताङको भौगोलिक तथा जैविक विविधता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । 

चालु आर्थिक वर्षदेखि पर्यटन मन्त्रालयले उपल्लो मुस्ताङको हिमचुचुराको आरोहरण खुला गरिएकाले विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको उनको भनाइ छ । यसैगरी, मुक्तिनाथ दर्शन गर्न आएको आन्तरिक पर्यटकले कागबेनी धाममा दिवङ्गत पितृको नाममा श्राद्ध, तर्पण र पिण्डदान गर्ने भएकाले आन्तरिक पर्यटक वृद्धि भएको पाइएको हो । 

यसैगरी लमजुङको बेँसी सहरबाट मनाङ हुँदै मुस्ताङ भित्रिने विदेशी पर्यटक जोमसोमबाट हवाई मार्ग हुँदै फर्किने गर्छन् । मुस्ताङ आउने पर्यटकले यहाँको ढुम्बाताल, यारुझो भ्युटावर, जोमसोम बजार, मार्फा गाउँलगायत अवलोकन गर्न छुटाउँदैनन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सरकार बन्दा मन्त्री कसले छान्छ, मन्त्रिपरिषद्‌ कत्रो हुन्छ ?

मन्त्रीमा विज्ञ कि सांसद?

पश्चिम एसिया सङ्कटः उद्धार उडान आज पनि

काठमाडौँ । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ ।  ...

एमाले अध्यक्ष ओलीलाई पितृशोक

आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

१० चैतभित्र नयाँ सरकार

काठमाडौं । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएलगत्तै राजनीतिक ‘कोर्स’ नयाँ सरकार गठनतिर प्रवेश गरेको छ । निर्वाचन आयोग र संसद् सचिवालयले केही प्र...

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा  पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चा...

अमेरिकाले उल्लङ्घन गरेका व्यापार सम्झौताको ‘दृढताका साथ प्रतिक्रिया’ दिइनेः इयु

काठमाडाैँ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ व्यापार अनुसन्धानको घोषणा गरेपछि युरोपेली सङ्घका कार्यकारी प्रमुखले बिहीबार संयुक्त राज्य अमेरि...

राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौँ । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्...

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने...

बालिका मृत्यु प्रकरण: थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोबाट

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सके पनि थप अनुसन्धानका...

चुनाव सुधार्न नीतिगत शल्यक्रियाको प्रस्ताव : के-के छन् नयाँ सुझाव ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि यसका अनुभवले चुनावी प्रणालीमा आमूल नीतिगत सुधारको आवश्यकता देखाएका छन्।  नि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: