काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार राति १२ बजे भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६ स्थित आफ्नै निवासबाट पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली मध्यराति उनको घर पुगेको थियो। प्रारम्भमा प्रहरी टोली प्रवेश गर्न नदिएपछि गेट भित्र छिरेर उनलाई पक्राउ गरिएको हो।
प्रसाईंको पक्राउपछि सरकारको आलोचना सुरु भएको छ। तर प्रहरीले स्पष्ट पारेको छ कि, अभिव्यक्ति स्वतन्त्रताको नाममा कानुन विपरीत कार्य र हिंसा भड्काउने छुट कसैलाई छैन। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले भने, “कानुन विपरीतको गतिविधि गर्ने, सार्वजनिक शान्तिमा खलल पुर्याउने, मानिसलाई भड्काउने अभिव्यक्ति दिने छुट कसैलाई छैन। राष्ट्रिय सुरक्षामा जोखिम हुने अभिव्यक्तिका कारण पनि कानुनी दायरामा आउनुपर्नेछ।”
प्रसाईंविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक शान्तिविरुद्धको कसुरमा चार दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ। उनका अभिव्यक्तिहरूमा, दूतावासहरूमा बालेन शाहले बम पड्काउने योजना बनाएको र प्रहरीलाई आक्रमण नगरेको जस्ता कुरा समावेश थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १७:०४
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्। हाम्रो पार्टी नेपालका...
मंसिर २० गते, २०८२ - १६:४४
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...
मंसिर २० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...
मंसिर २० गते, २०८२ - १६:२६
खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ। खोटाङको खोटेहाङ...
मंसिर २० गते, २०८२ - १६:०४
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...
मंसिर २० गते, २०८२ - १५:५२
नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...
मंसिर २० गते, २०८२ - १५:४७
काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...
मंसिर २० गते, २०८२ - १५:३६
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...
मंसिर २० गते, २०८२ - १५:३१
काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...
मंसिर २० गते, २०८२ - १५:०४
काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...




प्रतिकृया लेख्नुहोस्: