Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

विशेष महाधिवेशनको पक्षमा शेखर कोइराला पनि खुले

खबरडबली संवाददाता

काठमाडौं । निर्वाचन अगाडि नियमित महाधिवेशनको तालिका ल्याउन दबाब दिँदै आएका कांग्रेस नेता शेखर कोइराला अन्ततः विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । मंगलबार महामन्त्री गगन थापासँगको लामो छलफलपछि कोइराला पनि विशेष महाधिवेशनकै पक्षमा खुलेका हुन् । 

कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको उक्त छलफलमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान थालेका गुरु घिमिरे, देवराज चालिसेसहितका नेताहरू पनि उपस्थित थिए । ‘कोइराला र महामन्त्री थापाबीच महाधिवेशनको एउटै एजेन्डा लिएर अघि बढ्ने समझदारी भएको छ । दुई नेताबीच अब किन्तु, परन्तु कुनै पनि रूपमा फरक धारणा छैन,’ बैठकमा सहभागी नेता चालिसेले बताए ।

छलफलका क्रममा कोइरालाले मुख्य गरी दुई सरोकार राखेका थिए । जसमा संस्थापन पक्ष पुस मसान्तभित्रै नियमित महाधिवेशन गर्ने गरी कार्यतालिकाको प्रस्ताव गर्न तयार भए त्यसैमा जानुपर्ने, अन्यथा नियमित महाधिवेशन नगर्ने तर तालिका मात्रै ल्याउन खोज्ने अवस्था भएमा विशेष महाधिवेशन निर्विकल्प हुने उनको भनाइ थियो ।

विशेष महाधिवेशन बोलाउँदा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर प्रमाणीकरण गर्ने काम नगरी केन्द्रीय कार्यसमिति आफैंले बोलाउने गरी निर्णय लिन जोड दिनुपर्ने पनि उनले बताएका थिए ।

‘नियमित नगर्ने हो भने विशेषबाटै भए पनि निर्वाचन अगाडि महाधिवेशन गर्नुपर्छ भन्नेमा मात्रै होइन, संस्थापन पक्षले त्यसका लागि अवरोध गरेमा कसरी अघि बढ्ने भन्नेबारेमा समेत दुवै नेताबीच समझदारी भएको छ,’ चालिसेले भने, ‘अब नियमित महाधिवेशन हुने सम्भावना कम छ, विशेषमा जानुपर्छ भन्नेमा शेखर दाइ प्रस्ट देखिनु हुन्छ ।’

महामन्त्री थापाले भने संस्थापन पक्षका पूर्वपदाधिकारीसहितका केही नेताहरू नियमित र विशेष महाधिवेशन दुवै रोक्ने प्रयत्नमा लागेको बताउँदै त्यसको सामना गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए । थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि आवश्यक गृहकार्यसमेत गरिरहेका छन् ।

१४ औं महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षरसहित २८ असोजमा नै विशेष महाधिवेशनको माग राखेर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा निवेदन दिइसकिएको छ । विधानले कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित माग भएमा त्यसको ९० दिनभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था गरेको छ । हस्ताक्षरसहित विशेष महाधिवेशन माग भएको मितिले २८ पुसमा ९० दिन पुग्नेछ ।

यता संस्थापन पक्षका पूर्वपदाधिकारीहरू केन्द्रीय कार्यसमितिको बहुमतबाट निर्वाचन अगाडि नियमित र विशेष दुवै महाधिवेशन अस्वीकार गरेर अघि बढ्नुपर्ने रणनीतिमा लागिरहेका छन् । आवश्यक रणनीति बोलाउनका लागि उनीहरूले बुधबार पुनः संस्थापन पक्षको भेला बोलाएका छन् । सभापति शेरबहादुर देउवाले भने मंगलबार पनि समाधानका लागि मध्यमार्गी बाटो खोज्न नेताहरूसँग संवाद गरिरहेका छन् । उनले दोस्रो र तेस्रो तहका नेताहरूलाई छुट्टाछुट्टै बोलाएर धारणा बुझिरहेका छन् ।

संस्थापनपक्षीय नेता ज्ञानेन्द्रबहादुर कार्कीले कुनै मध्यमार्गी बाटो खोजेर महाधिवेशनसम्बन्धी विवाद हल गर्ने प्रयत्न भइरहेको बताए । ‘पार्टीको बृहत्तर हितका लागि हामीले कुनै न कुनै बाटोबाट समाधानको उपाय खोज्नुपर्छ, अहिलेको चुनौतीपूर्ण घडीमा कांग्रेसलाई एकढिक्का बनाएर जानुपर्छ,’ उनले भने । कार्कीले केन्द्रीय कार्यसमितिको बैठकमा नेतृत्व चयनलाई नियमित महाधिवेशनको जिम्मा लगाएर नीति केन्द्रित विशेष महाधिवेशन बोलाउन सकिने विकल्पसमेत अघि सारेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुलमानले भने- वैकल्पिक बाटोबाट मन्त्री बन्ने कल्पनासमेत गर्न सकिँदैन

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने हल्लाको खण्डन गरेका छन्। जनताको म्यान्डेटविपरीत व...

सुहाङ र निश्कललाई ‘नेता’ बनाउन दबाब

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यको शपथग्रहण नजिकिएसँगै संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दल संसदीय दलको नेता चयन गृहकार्यमा जुट...

न्यायिक विलम्बको चक्रव्यूहमा रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्या...

रास्वपा सरकारको पहिलो दिनमै मन्त्रालय कटौती र संरचना पुनर्गठनको तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै प्रशासनिक संरचना परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी ग...

आज दासत्व पीडितहरूको स्मृति दिवस मनाइँदै

काठमाडौँ । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्...

पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हि...

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्ति पीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आ...

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर । बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बर्सेनि बढेको छ । बाँदरबाट अन्नबाली जोगाउन नसक्ने अवस्था भएपछि किसानहरू खेती...

ज्येष्ठ सदस्य केसीले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (बुधबार) प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ ...

लिपुलेक हुँदै चीनसँग व्यापार थाल्ने भारतको तयारीपछि सरकार छलफलमा, रास्वपा के भन्छ ?

काठमाडौं । भारतको उत्तराखण्ड राज्य सरकारका अधिकारीले छ वर्षको अन्तरालपछि यसै वर्षबाट भारत र चीनले लिपुलेक पास हुँदै सीमा व्यापार गर्ने धारणा राखेको वि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: