विराटनगर । मोरङ प्रहरीले कपडा तस्करीमा संलग्न समूहमाथि ठूलाे कारबाही गर्दै विराटनगरस्थित एक व्यापारीको घर र गोदाममा छापा मारी लाखौँ मूल्य बराबरको अवैध कपडा बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मङ्गलबार बिहान विराटनगर–४, गणेशचोकस्थित कपडा व्यापारी बब्लु अग्रवालको निवास तथा गोदामबाट उल्लेख्य परिमाणको कुर्ता–सुरुवाल बरामद गरेको हो। तर मुख्य आरोपी अग्रवाल भने कारबाहीपछि फरार भएका छन्।
प्रहरीका अनुसार जाडोयामका लागि भारतबाट भन्सार छली ल्याइएका ‘उनीयु’ ब्रान्डका महँगा कुर्ता–सुरुवाल राजधानी काठमाडौँ पठाउने तयारी भइरहेकाबेला प्रहरी टोलीले पहिलो सुराकी विराटनगर एयरपोर्टबाट पाएको थियो। सोही आधारमा एयरपोर्टको कार्गो क्षेत्रमा नियन्त्रण गरिएको चेकिङमा ८९ थान कुर्ता–सुरुवालसहित दुई बोरा कपडा फेला परेको थियो।
एयरपोर्टमा कपडा बरामद भएपछि प्रहरीले अनुसन्धानलाई थप विस्तार गर्दै अग्रवालको घर र गोदाममा प्रहरी निरीक्षकको नेतृत्वमा अर्को टोली परिचालन गरेको थियो। त्यहाँ गरिएको खानतलासीका क्रममा थप ४५ थान उस्तै प्रकारका कुर्ता–सुरुवाल भेटिएका छन् । प्रतिथान चारदेखि पाँच हजार रुपैयाँ मूल्य पर्ने ती कपडाको कुल मूल्य लाखौँ रुपैयाँमा पर्ने प्रहरीको अनुमान छ।
प्रारम्भिक अनुसन्धानले अग्रवाल लामो समयदेखि भारतको जोगबनीबाट भन्सार छली कपडा ल्याउँदै आएको पुष्टि गरेको छ। मोरङ–सुनसरीका सीमावर्ती स्थानमार्फत ‘क्यारिङ’ गराएर काठमाडौंलगायतका ठूलो बजारसम्म कपडा पठाउने गरिएको प्रहरीको भनाइ छ। ‘माँ दुर्गा इम्पेरियल’ (विराटनगर–५) र बगरगाछीस्थित उनको अर्को पसलमार्फत ती कपडाहरू बिक्री वितरण हुने गरेको प्रहरीले जनाएको छ। काठमाडौँ पठाउँदा पसलकै बिल प्रयोग गरेर अवैध सामानलाई वैधानिक रूप दिन प्रयास गरिन्थ्यो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालका अनुसार फरार अग्रवालको खोजीका लागि विशेष टोली परिचालन गरिएको छ। उनले भन्सार छली तथा तस्करी नियन्त्रणका लागि प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको र अवैध क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याएरै छाडिने बताए ।
प्रहरीले तस्करीका सामान ढुवानीमा प्रयोग भएको एक गाडीसमेत नियन्त्रणमा लिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १०:४१
काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...
मंसिर २१ गते, २०८२ - १०:३५
हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...
मंसिर २१ गते, २०८२ - १०:३१
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...
मंसिर २१ गते, २०८२ - १०:२७
ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...
मंसिर २१ गते, २०८२ - १०:२४
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...
मंसिर २१ गते, २०८२ - १०:१६
ललितपुर । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...
मंसिर २१ गते, २०८२ - ०९:५९
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...
मंसिर २१ गते, २०८२ - ०८:३५
नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...
मंसिर २१ गते, २०८२ - ०८:०५
मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...
मंसिर २१ गते, २०८२ - ०७:५५
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...




प्रतिकृया लेख्नुहोस्: