विराटनगर । मोरङ प्रहरीले कपडा तस्करीमा संलग्न समूहमाथि ठूलाे कारबाही गर्दै विराटनगरस्थित एक व्यापारीको घर र गोदाममा छापा मारी लाखौँ मूल्य बराबरको अवैध कपडा बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मङ्गलबार बिहान विराटनगर–४, गणेशचोकस्थित कपडा व्यापारी बब्लु अग्रवालको निवास तथा गोदामबाट उल्लेख्य परिमाणको कुर्ता–सुरुवाल बरामद गरेको हो। तर मुख्य आरोपी अग्रवाल भने कारबाहीपछि फरार भएका छन्।
प्रहरीका अनुसार जाडोयामका लागि भारतबाट भन्सार छली ल्याइएका ‘उनीयु’ ब्रान्डका महँगा कुर्ता–सुरुवाल राजधानी काठमाडौँ पठाउने तयारी भइरहेकाबेला प्रहरी टोलीले पहिलो सुराकी विराटनगर एयरपोर्टबाट पाएको थियो। सोही आधारमा एयरपोर्टको कार्गो क्षेत्रमा नियन्त्रण गरिएको चेकिङमा ८९ थान कुर्ता–सुरुवालसहित दुई बोरा कपडा फेला परेको थियो।
एयरपोर्टमा कपडा बरामद भएपछि प्रहरीले अनुसन्धानलाई थप विस्तार गर्दै अग्रवालको घर र गोदाममा प्रहरी निरीक्षकको नेतृत्वमा अर्को टोली परिचालन गरेको थियो। त्यहाँ गरिएको खानतलासीका क्रममा थप ४५ थान उस्तै प्रकारका कुर्ता–सुरुवाल भेटिएका छन् । प्रतिथान चारदेखि पाँच हजार रुपैयाँ मूल्य पर्ने ती कपडाको कुल मूल्य लाखौँ रुपैयाँमा पर्ने प्रहरीको अनुमान छ।
प्रारम्भिक अनुसन्धानले अग्रवाल लामो समयदेखि भारतको जोगबनीबाट भन्सार छली कपडा ल्याउँदै आएको पुष्टि गरेको छ। मोरङ–सुनसरीका सीमावर्ती स्थानमार्फत ‘क्यारिङ’ गराएर काठमाडौंलगायतका ठूलो बजारसम्म कपडा पठाउने गरिएको प्रहरीको भनाइ छ। ‘माँ दुर्गा इम्पेरियल’ (विराटनगर–५) र बगरगाछीस्थित उनको अर्को पसलमार्फत ती कपडाहरू बिक्री वितरण हुने गरेको प्रहरीले जनाएको छ। काठमाडौँ पठाउँदा पसलकै बिल प्रयोग गरेर अवैध सामानलाई वैधानिक रूप दिन प्रयास गरिन्थ्यो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालका अनुसार फरार अग्रवालको खोजीका लागि विशेष टोली परिचालन गरिएको छ। उनले भन्सार छली तथा तस्करी नियन्त्रणका लागि प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको र अवैध क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याएरै छाडिने बताए ।
प्रहरीले तस्करीका सामान ढुवानीमा प्रयोग भएको एक गाडीसमेत नियन्त्रणमा लिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - ०८:१२
काबुल । पूर्वी अफगानिस्तानमा भीषण वर्षापछि आएको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। तालिब...
श्रावण ६ गते, २०८३ - ०८:०१
झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२-८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्क...
श्रावण ६ गते, २०८३ - ०७:५८
काठमाडौं । नेपालमा ठूला जलनका घटना हुँदा सरकारले अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माण गर्ने घोषणा गर्ने क्रम नयाँ होइन। तर, वर्षौं बित्दासमेत ती...
श्रावण ६ गते, २०८३ - ०७:५४
काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले जनकपुरस्थित जानकी मन्दिरमा भएको पछिल्लो घटनाप्रति असन्तुष्टि जनाएका ...
श्रावण ६ गते, २०८३ - ०७:४७
झापा । झापाको दमक नगरपालिका–८, विरानटोलको एउटा जस्ताले बारिएको सानो झुप्रोमा ८२ वर्षीय रामदेव महतोको जीवन बितिरहेको छ। साँझ परेपछि वरपरका घर उज्यालोले...
श्रावण ६ गते, २०८३ - ०७:३३
चितवन । बर्डफ्लुको प्रभावपछि घटेको अण्डाको मूल्य फेरि बढ्न थालेको छ। उत्पादन घट्दै जाँदा बजारमा माग बढेकाले मूल्यमा सुधार आएको भए पनि किसानले अझै उत्प...
श्रावण ६ गते, २०८३ - ०७:३०
काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको कारबाहीका क्रममा विभिन्न प्रकारका लागूऔषधसहित १७ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनु...
श्रावण ६ गते, २०८३ - ०७:२८
काठमाडौं । पश्चिम नेपाल बुधबार बिहान भूकम्पको धक्काले हल्लिएको छ। बझाङको कोटदेवल केन्द्रबिन्दु भएर बिहान ४ः४० बजे स्थानीय मापनअनुसार ४.२ म्याग्निच्युड...
श्रावण ६ गते, २०८३ - ०७:२५
दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–९ मा बुधबार बिहान गएको पहिरोमा परेर एक जना वृद्ध बेपत्ता भएका छन्। बिहान करिब २:३० बजे सिर्पिङ खोला जलविद्युत् ...
श्रावण ६ गते, २०८३ - ०७:२३
काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले बुधबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय...



प्रतिकृया लेख्नुहोस्: