काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको वातावरणलाई ध्रुवीकृत गर्ने र हिंसाका घटनाले बिथोल्ने जोखिमप्रति सरकार सचेत रहेको बताएकी छन्। उनले भड्काउपूर्ण तथा द्वेषपूर्ण अभिव्यक्तिमाथि सरकारले शून्य सहनशीलता अपनाउने स्पष्ट गरिन्।
प्रधानमन्त्री कार्कीले सोमबार नागरिक समाजका नेताहरूसँग छलफल गरेका क्रममा निर्वाचन सुरक्षासम्बन्धी सरकारका तयारीबारे जानकारी दिएकी थिइन्।
उनले भनिन्, “निर्वाचनका दौरान द्वेषपूर्ण र भड्काउपूर्ण अभिव्यक्ति प्रयोग गर्ने जो-कोहीलाई सम्बन्धित सक्षम निकायले तत्काल र सार्वजनिक कारबाही गर्नेछ।”
उनका अनुसार शान्तिपूर्ण मतदान सुनिश्चित गर्न हटस्पट नक्सांकन र गुप्तचर सक्रियता बढाइएको छ।“यसमा नागरिक पक्षबाट खबरदारी झनै आवश्यक छ,” उनले जोड दिइन्।
प्रधानमन्त्री कार्कीले भड्काउने अभिव्यक्ति कसले दिएका छन् भन्नेबारे भने खुलाएनन्।
फागुन २१ मा प्रतिनिधि सभा चुनाव
आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको चुनाव घोषणा भइसकेको छ।
यो निर्वाचन मुलुकको लोकतान्त्रिक भविष्य र संवैधानिक यात्राका लागि अत्यन्त निर्णायक हुने प्रधानमन्त्री कार्कीको भनाइ छ।
उनले भनिन्, “यदि हामी यसपटक असफल हुन्छौं भने, देश लामो राजनीतिक अन्योल र संवैधानिक संकटमा धकेलिनेछ।”
प्रधानमन्त्री कार्कीले नागरिक समाजलाई “तेस्रो शक्ति”का रूपमा सरकार र राजनीतिक दलबीच विश्वास निर्माण गर्न तथा आम नागरिकलाई मतदानमा सहभागी गराउन संयमित र सक्रिय भूमिका खेल्न आह्वान गरिन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - १७:०१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...
मंसिर २३ गते, २०८२ - १६:५४
कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...
मंसिर २३ गते, २०८२ - १६:३६
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...
मंसिर २३ गते, २०८२ - १६:२३
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...
मंसिर २३ गते, २०८२ - १६:११
विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...
मंसिर २३ गते, २०८२ - १५:५२
काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...
मंसिर २३ गते, २०८२ - १५:३४
चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...
मंसिर २३ गते, २०८२ - १५:२०
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...
मंसिर २२ गते, २०८२ - १६:५४
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...
मंसिर २२ गते, २०८२ - १६:४१
काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...




प्रतिकृया लेख्नुहोस्: