काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले आज दिउँसो २ बजेका लागि केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय ग्वार्कोमा बस्ने जनाइएको छ। यसको जानकारी सङ्घीय परिषद् अध्यक्ष राजेन्द्रश्रेष्ठले दिए।
श्रेष्ठका अनुसार बैठकमा पार्टी एकतासम्बन्धी नेकपा लगायत दलहरूसँग भइरहेका संवाद, आगामी फागुन २१ गतेको निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता, तथा अन्य समसामयिक निर्णयहरूबारे विस्तृत रूपमा छलफल हुनेछ।
उनका अनुसार, 'बैठकको मुख्य एजेन्डा पार्टी एकता, दल दर्ता तथा आगामी राजनीतिक परिस्थितिबारे निर्णय लिन' हुनेछू।
यसबिच, शनिबार मात्र जसपाले नेकपासँग पार्टी एकताबारे औपचारिक छलफल गरेको थियो। त्यसैले बैठकलाई एकता प्रक्रियासम्बन्धी महत्वपूर्ण निर्णय आउने सम्भावनाका रूपमा हेरिएको छ।
जसपा नेपाल विभाजनपछि अशोक राई नेतृत्वमा बनेको जसपा विरुद्ध उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हाल विचाराधीन छ। उता सीके राउत नेतृत्वको जनमत पार्टी विभाजन गरेर दर्ता गरिएको जनस्वराज दललाई सर्वोच्चले खारेज गरेपछि जसपामा थप राजनीतिक जटिलता सिर्जना भएको छ।
निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि मङ्सिर ५ गतेसम्म दल दर्ता प्रक्रियालाई खुकुलो बनाएको छ। सर्वोच्चको आदेश पर्खने कि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा तत्काल निवेदन दिने भन्ने विषयमा बैठकले अन्तिम निर्णय गर्ने पार्टी स्रोतले जनाएको छ।
सीके राउत नेतृत्वको जनमत पार्टी विभाजन गरी उपाध्यक्ष दीपक साहले निर्वाचन आयोगमा दर्ता गराएको जनस्वराज दल सर्वोच्चले खारेज गरेपछि जसपा अप्ठ्यारोमा परेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: