Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

लुम्बिनी प्रदेशमा थपिए ४५ हजारभन्दा बढी नयाँ मतदाता

खबरडबली संवाददाता

घोराही। लुम्बिनी प्रदेशमा डेढ महिनाको अवधिमा ४५ हजारभन्दा बढी मतदाता थपिएका छन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशका १२ जिल्लामा असोजको १२ गतेदेखि हालसम्म ४५ हजार चार सय ८८ जना नयाँ मतदाता थपिएका छन्  ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देहीमा दस हजार पाँच सय ३७ जना मतदाता थपिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ । जसमा पाँच हजार नौ सय ५६ पुरुष र चार हजार पाँच सय ८१ जना महिला मतदाता रहेका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार बाँके जिल्लामा नौ हजार चार सय ७३ जना नयाँ मतदाता थपिएका छन् । सूचना अधिकारी कुँवरका अनुसार बाँकेबाट महिला र पुरुषको तथ्याङ्क अपडेट हुन सकेको छैन ।

त्यसैगरी, कपिलवस्तुमा पुरुष दुुई हजार आठ सय ७८ जना, महिला तीन हजार ५१ जना र एक जना अन्य गरेर पाँच हजार नौ सय ३० जना, दाङमा पुरुष दुई हजार आठ सय ४२ जना, महिला दुई हजार ८८ जना र दुई जना अन्य गरेर चार हजार नौ सय ३२ जना, नवलपरासी पश्चिममा पुरुष दुई हजार सात सय तीन जना, महिला दुई हजार दुई सय २४ जना र एक जना अन्य गरेर चार हजार नौ सय २८ जना नयाँ मतदाता थपिएका छन् ।

सूचना अधिकारी कुँवरका अनुसार बर्दियामा एक हजार एक सय ३६ जना पुरुष र नौ सय २६ जना महिला गरेर दुई हजार ५९ जना, गुल्मीमा पुरुष एक हजार चार सय ५६ जना र महिला एक हजार २५ जना गरेर जम्मा दुई हजार चार सय ८१ जना,  अर्घाखाँचीमा पुरुष एक हजार ६२ जना र महिला छ सय १९ जना गरेर एक हजार छ सय ८१ जना, पाल्पामा पुरुष छ सय ७० जना  र महिला नौ सय १५ जना गरेर एक हजार पाँच सय ८५ जना नयाँ मतदाता थपिएका छन् ।

त्यसैगरी, रोल्पामा पुरुष तीन सय ७३ जना र महिला दुई सय ७३ जना गरेर जम्मा छ सय ४६ जना, रुकुम पूर्वमा पुरुष एक सय ६२ जना र महिला एक सय २८ जना गरेर जम्मा दुई सय ९० जना नयाँ मतदाता शनिबारसम्म थपिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी कुँवरले जानकारी दिनुभएको छ । मतदाता नामावली दर्ताको काम निरन्तर भइरहेकाले नयाँ मतदाताको तथ्याङ्क बढ्ने भन्दै सूचना अधिकारी कुँवरले भन्नुभयो, ‘‘प्रदेशभर निरन्तर मतदाता नामावली सङ्कलनको काम भइरहेको छ, त्यो तथ्याङ्क अपडेट भइनसकेकाले आजसम्मको तथ्याङ्कन भन्न सक्ने अवस्था छैन ।’’

उहाँका अनुसार प्रत्येक दिन बिहान ८ देखि साँझ ६ बजेसम्म मतदाता नामावली सङ्कलन गर्ने काम भइरहेको बताउनुभयो । मतदाता नामावली सङ्कलन गर्ने कार्य मङ्सिर ५ गतेम्म सञ्चालन हुनेछ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुम्वासीको समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा मेरो सरकार ढालियो: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...

एनसेलको शेयर विवाद चाँडो समाधान हुनुपर्छ: सञ्चारमन्त्री खरेल

कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...

ईश्वर पोखरेलको अवधारणापत्र : नयाँ चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी सङ्गठनको पुनर्गठन गर्न जोड

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...

गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...

अण्डाको मूल्य हालसम्मकै उच्च, प्रतिगोटा कति पुग्यो ?

चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...

राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending