सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रशासनिक संरचना पुनर्संरचना गर्ने प्रक्रियाको पहिलो कदमस्वरूप आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभेको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार, उच्चस्तरीय प्रशासनिक पुनर्संरचना अनुसार पहिलो चरणमा कानुन मन्त्रालयलाई नै समायोजन गरिएको हो। मुख्यमन्त्री यामलाल कँडेलले पदभार सम्हालेपछि प्रदेश सरकारलाई चुस्त, प्रभावकारी र आर्थिक रुपमा सहजिकरण गर्ने उद्देश्यसहित संरचनागत सुधारको प्रक्रिया अघि बढाएका छन्।
यसका लागि उनले गत वैशाखमा अवकाशप्राप्त सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा ‘उच्चस्तरीय संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति’ गठन गरेका थिए। समितिमा कर्णालीका पूर्वमुख्य सचिव डा. गोपीकृष्ण खनाल र डा. सुरेश तिवारी सदस्य थिए। समितिले असार १५ गते सरकारलाई प्रतिवेदन बुझाउँदै मन्त्रालय संख्या ८ बाट ६ मा झार्ने, थुप्रै निर्देशनालय र कार्यालय खारेज गर्ने तथा कर्मचारी दरबन्दीलाई करिब २,५०० मा सीमित गर्नेजस्ता महत्वपूर्ण सिफारिसहरू गरेको थियो।
समितिको सिफारिस कार्यान्वयनका लागि मुख्यमन्त्रीले असारमै शासकीय सुधार महाशाखाका सचिव लक्ष्मीकुमार विकको संयोजकत्वमा ‘कार्यान्वयन तथा सहजीकरण समिति’ गठन गरेका थिए। तर सत्तारूढ दल नेपाली कांग्रेसभित्रकै असहयोगका कारण प्रस्तावित संरचनात्मक सुधार समयमै अघि बढ्न नसकेको चर्चा थियो।
यसैबीच सोमबारको मन्त्रिपरिषद्को बैठकले प्रतिवेदनको पहिलो चरण लागू गर्दै एक मन्त्रालय घटाउने र कर्मचारीसम्बन्धी केही निर्णय समेत अघि सारेको एक मन्त्रीले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १६:२६
खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ। खोटाङको खोटेहाङ...
मंसिर २० गते, २०८२ - १६:०४
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...
मंसिर २० गते, २०८२ - १५:५२
नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...
मंसिर २० गते, २०८२ - १५:४७
काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...
मंसिर २० गते, २०८२ - १५:३६
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...
मंसिर २० गते, २०८२ - १५:३१
काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...
मंसिर २० गते, २०८२ - १५:०४
काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...
मंसिर २० गते, २०८२ - १४:५५
काठमाडौं। लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेमा पूर्व प्रहरी हवल्दार सिता कँडेलको विभत्स हत्या गरी फरार रहेका प्रतिवादी बुद्धिराम दराई पक्राउ परेका छन...
मंसिर २० गते, २०८२ - १४:३७
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा थपिएको कडा कर र विश्वव्यापी व्यापार सन्त्रासबिच भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डिया (आरबिआ...
मंसिर २० गते, २०८२ - १४:३२
काठमाडौँ । जेनजी प्रतिनिधिहरु जापानमा पाँच दिन सञ्चालन भएको वल्र्ड एक्स्पोमा भ्रष्टाचार भएको भन्दै खबरदारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ...




प्रतिकृया लेख्नुहोस्: