म्याग्दी । व्यवसायको लागि तीन दशकअघि बजार झरेका पर्वतको जलजला गाउँपालिका–४ मल्लाज भवानीपानीका कमलप्रसाद पौडेल जन्मथलो फर्किएर बाँझिएको बारीलाई तरकारीखेती गरेर हराभरा बनाएका छन् ।
सुविधा र अवसरको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम बढिरहेका बेला ५५ वर्षीय पौडेलले बजारबाट गाउँ फर्किएर व्यावसायिक तरकारीखेती सुरु गरेका हुन् ।
विसं २०५० मा घर, जग्गा र खेती किसानी छाडेर बेनी बजार झरेका थियौँ,” उनले भने “२० वर्ष बेनीमा व्यवसाय गरे । करिब १२ वर्ष भारत र नेपालकै विभिन्न सहरमा नोकरी गरे । सोचेजस्तो सफलता हात नपरेपछि फेरि गाउँ फर्किएर तरकारी खेती गर्न थालेको हो ।”
तरकारी खेतीका लागि पौडेलले चार रोपनी पुख्यौली पाखोबारीलाई व्यवस्थापन गरेका छन्। गत वर्षसम्म झाडीले भरिएको बारीमा अहिले बन्दा, काउली र ब्रोकाउली खेती गरेर हराभरा भएको छ । सडक, यातायात, सिँचाइ र बजारको सुविधा भएकाले तरकारी खेतीमा पौडेलले सम्भावना देखेका छन् ।
बारीकै छेउको सडक भएर गुड्ने गाडीले तरकारी ढुवानी गरेर म्याग्दीको सदरमुकाम बेनीमा झार्छ । बेनीबाट मुस्ताङसम्म तरकारी बिक्री हुन्छ । बजारको समस्या नभएको पौडेलले बताए।
खेती गर्न छाडेपछि पुख्यौली जग्गा उपभोगविहीन भएको थियो । “५० को दशकमा गाउँ छाड्ने लहरनै चलको थियो, त्यही लहरमा हामी पनि बजार झ¥यौ,” उनले भने“बजारमा दुःखसुख गरेर छोराछोरी पढाएँ, दुई छोरा सरकारी जागिरे छन, छोरी विदेशमा छिन् । खेर गएको जग्गा सदुपयोग गर्न तीन दशकपछि गाउँ फर्किएका हौँ ।”
बजारमा बस्न थालेपछि पौडेलको पुरानो घर भत्किएको थियो । जन्मथलो फर्किएपछि उनले बस्नको लागि सामान्य घर निर्माण गरेका छन् । साना–साना पाखोबारीका पोहोटालाई पर्खाल लगाएर सम्माई गरा बनाए मेहनत र परिश्रम गर्ने हो भने गाउँमा पनि अवसर र सम्भावना भएको सन्देश पौडेलले दिएका उनका छिमेकी गोपाल आचार्यले बताए । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको मल्लाज पर्वतको जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडामा पर्छ ।
फरक जिल्ला भए पनि प्रशासनिक बाहेक मल्लाजको सामाजिक, आर्थिक, ब्यापारिकसम्बन्ध म्याग्दीसँग धेरै छ । विसं २०४६ देखि सुरु भएको बृहत मल्लाज सिँचाइ आयोजना विसं २०७४ मा सम्पन्न भएपछि यहाँका किसानलाई सहज भएको छ । त्यसअघि सिँचाइको असुविधाले गर्दा किसानलाई खेती बाली लगाउन समस्या थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: