काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशको सरकार गठनसम्बन्धी मुद्दाको सुनुवाइ भोलि (सोमबार) गर्ने भएको छ। अदालतले मधेश प्रदेश प्रमुखका पक्षबाट बहस र लिखित जवाफ पेस गर्न महान्यायाधिवक्ता कार्यालयलाई आधिकारिक रूपमा सूचना दिन आदेश दिएको हो।
न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको इजलासले प्रदेश प्रमुख राष्ट्रपतिको प्रतिनिधि हुने भएकाले उनको कानुनी प्रतिरक्षाका लागि महान्यायाधीवक्ता कार्यालयको उपस्थिति आवश्यक ठहर गर्दै प्रतिनिधि पठाउन निर्देश दिएको छ।
अरू विपक्षी पक्षहरूका लागि भने मधेश प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयलाई जानकारी गराउन आदेश गरिएको छ।
सर्वसाधारण रूपमा प्रदेश सरकारका कामकारबाहीमा मुख्यन्यायाधिवक्ता कार्यालयले प्रतिरक्षा गर्ने गर्दछ। तर प्रदेश प्रमुखको हकमा कानुनी प्रतिनिधित्व महान्यायाधिवक्ता कार्यालयमार्फत हुने संवैधानिक व्यवस्था भएकाले अदालतले त्यसअनुसार प्रक्रिया मिलाउन लगाएको हो।
मधेश प्रदेशकी निवर्तमान प्रमुख सुमित्रा सुवेदी भण्डारीले सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेको विषयलाई लिएर विवाद उत्पन्न भएको हो। प्रदेश सभामा एमाले बाहेकका सबै दलका सांसदहरूले उक्त नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।
यसअघि सर्वोच्च अदालतले मुख्यमन्त्री सरोज यादवलाई मधेश प्रदेशमा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरिसकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - १४:१९
काठमाडौँ । नेकपा एमालेले आज पनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेको छ। पार्टीले अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधको आधारमा गैरकानुनी रूप...
चैत्र १६ गते, २०८२ - १४:०६
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रदेशगत रूपमा सांसदहरूसँग छलफल सुरु गरेका छन्। सिंहदरबारमा बोलाइएको छलफलमा अहिले कोशी र सुदूरपश्चिम प्रदे...
चैत्र १६ गते, २०८२ - १३:५७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदलाई सम्बन्धित मन्त्रालयमा खटाउने तयारी गरेको छ। पार्टी प्रवक्ता मनिष झालेले भने, “तयारी ...
चैत्र १६ गते, २०८२ - १३:४५
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको सुरक्षा घेरामा रहने भएकाले जरुरी पक्राउ पुर्जीको आधार नदेखिएको वरिष्ठ अधिवक...
चैत्र १६ गते, २०८२ - १३:३४
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कार्यक्रम बन्द गर्ने सूचना आफ्नो वेबसाइटबाट हटाएको छ। आइतबार मन्त्रालयले विद्यालय ...
चैत्र १६ गते, २०८२ - १३:२४
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर सांसदहरूसँग समूहगत छलफल सुरू गरेका छन्। उनका सचिवा...
चैत्र १६ गते, २०८२ - १२:५८
काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि ठूलो राहत हुनेगरी अबदेखि श्रम स्वीकृति आवेदन दिएकै दिन प्रदान गरिने भएको छ। यसअघि लागू गरिएको टोकन प्र...
चैत्र १६ गते, २०८२ - १२:४७
तनहुँ। तनहुँ र नवलपुरको दुई पालिका जोड्ने गडगडीघाट पुल नौ वर्षदेखि अधुरो रहेको छ। ऋषिङ गाउँपालिका र नवलपुरको बुलिङटार गाउँपालिका जोड्ने कालीगण्डकी नदी...
चैत्र १६ गते, २०८२ - १२:२५
राजविराज। सप्तरी प्रहरीले अभद्र व्यवहार मुद्दामा एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार...
चैत्र १६ गते, २०८२ - ११:५५
तनहुँ। तनहुँ क्षेत्र नं. २ मा विकास निर्माणका योजना छनोट प्रक्रियालाई पूर्ण रूपमा जनमुखी र पारदर्शी बनाउन नयाँ अभ्यासको थालनी गरिएको छ । सो क्षेत्रका ...



प्रतिकृया लेख्नुहोस्: