काठमाडौँ । नेपाल बैंक लिमिटेड आज कात्तिक ३० गते आइतबारदेखि ८९औँ वर्षमा प्रवेश गरेको छ। निरन्तर ८८ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको देशको पहिलो बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहक, शेयरधनी तथा सरोकारवालाप्रति आभार प्रकट गरेको छ।
बैंकका अध्यक्ष प्रा. डिल्लीराज शर्माले नेपाल बैंकलाई ‘नेपालको बैंकिङ सम्पदा’ भन्दै यो संस्थाले जनविश्वास, उद्यमशीलता र आर्थिक विकासलाई मजबुत बनाउन ऐतिहासिक भूमिका निभाएको बताएका छन्।
‘विभिन्न कालखण्डका आरोह–अवरोह पार गर्दै बैंकले प्रतिस्पर्धी परिवेशमा सबल, सक्षम र प्रभावकारी सेवा प्रवाह गर्दै आएको छ,’ उनले शुभकामनामा उल्लेख गरेका छन्।
अध्यक्ष शर्माका अनुसार बैंकले बचत संस्कृति विकासदेखि पुँजी निर्माण, औद्योगिक तथा व्यापारिक विस्तारसम्म धेरै क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको छ।
सरकार–निजी क्षेत्रको संयुक्त लगानीमा स्थापित नेपालको पहिलो बैंक अहिले पनि सोही साझेदारी संरचनामा अघि बढिरहेको छ। बैंकले नीतिगत मार्गदर्शन र सहकार्यका लागि नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकप्रति आभार व्यक्त गरेको छ।
बैंकले आगामी दिनमा प्रविधिमैत्री तथा प्रतिस्पर्धी सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - २१:४७
काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...
चैत्र ८ गते, २०८२ - २१:४६
काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...
चैत्र ८ गते, २०८२ - २१:४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुन...
चैत्र ८ गते, २०८२ - २१:४२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभाप...
चैत्र ८ गते, २०८२ - २१:०५
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...
चैत्र ८ गते, २०८२ - १९:४२
काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...
चैत्र ८ गते, २०८२ - १९:४०
काठमाडौँ । सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...
चैत्र ८ गते, २०८२ - १९:३५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...
चैत्र ८ गते, २०८२ - १९:३१
काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...
चैत्र ८ गते, २०८२ - १९:१८
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...


प्रतिकृया लेख्नुहोस्: