काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेपछि घरमै बसेर खेल हेर्न नेपाल क्रिकेट संघ (क्यान)ले आग्रह गरेको छ।
क्यानका सचिव पारस खड्काले भिडियो सन्देशमार्फत उद्घाटन खेलका टिकट पूर्णरूपमा सकिएको जानकारी दिँदै दर्शकभीड व्यवस्थापनमा सहयोग गर्न घरबाटै खेल हेर्न अनुरोध गरेका हुन्। उनका अनुसार, ‘पहिलो दिन चाप बढी हुने भएकाले टिकट नपाउनुभएकालाई घरमै बस्दै खेल हेरेर सहयोग गर्न आग्रह गर्दछौं।’
एनपीएलका टिकट खल्तीमार्फत बिक्री भएका हुन्। क्यानले करिब आठ हजार टिकट मात्र बिक्रीका लागि उपलब्ध गराएको थियो, जबकि करिब दुई हजार टिकट खेलाडीका परिवार, आयोजक तथा प्रायोजकका लागि राखिएको थियो। शुक्रबार टिकट बिक्री खुला गरिएको केही घण्टामै सबै टिकट सकिएका थिए।
उद्घाटन र अन्य दिनका खेलका लागि साधारण टिकट मूल्य पाँच सय रुपैयाँ तोकिएको छ भने प्लेअफ र फाइनलका लागि साधारण टिकट एक हजार रुपैयाँ पर्नेछ। त्यस्तै, उद्घाटन खेल र शनिबारका लागि प्रिमियम टिकटको मूल्य एक हजार पाँच सय रुपैयाँ छ। अन्य दिन प्रिमियम टिकट एक हजार रुपैयाँ र प्लेअफ तथा फाइनलका लागि दुई हजार रुपैयाँ निर्धारण गरिएको छ।
साधारण तथा प्रिमियम दुवै प्रकारका उद्घाटन खेलका टिकट सकिएको क्यान महासचिव खड्काले बताएका छन्। उनले टिकट नपाएका दर्शकलाई घरमै बसेर खेल हेर्न आग्रह गरेका छन्।
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ। उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच सोमबार अपराह्न ४ बजे हुने कार्यक्रम छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: