Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्छ : उपमहासचिव ज्ञवाली

खबरडबली संवाददाता

गुल्मी ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा सबै राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्ने बताएका छन्। प्रेस चौतारी नेपाल, गुल्मी शाखाले शनिबार तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजनीतिक स्थिरता बिना विकास सम्भव नहुने जिकिर गरे।

उनका अनुसार देशको परिवर्तन, विकास र सु­शासनका सबै प्रयास सफल हुन राजनीतिक दलहरूबीच सहकार्य र युवापुस्ताको सक्रिय सहभागिता अनिवार्य छ।
“राजनीतिक स्थायित्व नै विकासको पहिलो सर्त हो,” ज्ञवालीले भने, “हामी सबै एक ढंगले अघि बढ्यौँ भने मात्र मुलुकले गति लिन सक्छ।”

एमाले ऊर्जाशील बन्न ‘रूपान्तरण अभियान’

नेता ज्ञवालीले पार्टीभित्र जनतामुखी संगठन निर्माण तथा आन्तरिक व्यवस्थापन सुधारमा जोड दिँदै ‘रूपान्तरण अभियान’ सुरु गरिएको बताए।
उनका अनुसार एमाले जनतामाझ प्रत्यक्ष उपस्थित भई समस्या तथा भावना बुझ्दै पुनःऊर्जाशील बन्न जुटिएको छ।

‘जेन्जी आन्दोलन’मा घुसपैठको आरोप

हालैको ‘जेन्जी आन्दोलन’का सन्दर्भमा बोल्दै उनले सो आन्दोलनमा विभिन्न समूहको घुसपैठ भएको दाबी गरे। सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा भएको आगजनी योजनाबद्ध रूपमा गरिएको उनको टिप्पणी छ। “आन्दोलनका वास्तविक मुद्दा फरक हुन्, तर त्यसमा घुसपैठ गराएर अराजकतापूर्ण गतिविधि बढाइएको पाइन्छ,” ज्ञवालीले भने।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा सिन्धुलीमा प्रचण्डदेखी पानीराजसम्म सिफारिस

सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...

भिजिट भिसा सेटिङ प्रकरणमा जाेडीएका उपसचिव तिवारीकाे पर्वतमा सरुवा

अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...

नेकपा प्युठानले प्रतिनिधिसभा र समानुपातिक उम्मेदवार सिफारिस गर्‍यो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...

संसद् फिर्ता आउँदैन, कांग्रेस–एमालेले निर्वाचनतर्फ ध्यान दिए हुन्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...

रवि लामिछाने–बालेनबीचको सहमति शनिबार हुने, सैद्धान्तिक छलफल बाँकी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक : नागरिकता नियमावली संशोधनदेखि इराकबाट फर्किएकालाई श्रमस्वीकृति

काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...

बंगलादेशमा धार्मिक अल्पसंख्यकमाथि बढ्दो हिंसाप्रति भारतको गम्भीर चिन्ता

काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...

राजनीति र दाम्पत्यको टकरावपछि फेरि एउटै मञ्चमा रेशम–रञ्जिता

धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...

विराटनगर महानगरद्वारा पिपीआर/स्वाइन फिभरविरुद्ध निःशुल्क खोप अभियान सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले आजदेखि पिपीआर तथा स्वाइन फिभरविरुद्धको निःशुल्क खोप अभियान सुरु गरेको छ। महानगरपालिकाको कृषि तथा पशुपन्छी विकास ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending