Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

निर्वाचनको वातावरण बनिसकेको छ: सञ्चारमन्त्री खरेल

खबरडबली संवाददाता

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले आगामी फागुन २१ गते हुने आमनिर्वाचनको वातावरण पूर्ण रूपमा बनेको बताएका छन्। दक्षिण कोरिया भ्रमणका क्रममा नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले शुक्रबार गरेको साक्षात्कार कार्यक्रममा मन्त्री खरेलले निर्धारित मितिमै निर्वाचन हुने दोहो¥याए।

“फागुन २१ मा निर्वाचन गर्छौं। निर्वाचनका लागि वातावरण बनिसकेको छ,” उनले भने, “भयरहित निर्वाचनका लागि सुरक्षाको वातावरण पनि तयार छ। नेपाल प्रहरीले नयाँ नेतृत्व पाएको छ। कुनै राजनीतिक दलले निर्वाचनमा नआउने भनेका छैनन्, केही दलले सुरक्षा सुदृढताबारे चासो मात्रै राखेका छन्।”

मन्त्री खरेलका अनुसार जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका मुख्य प्राथमिकता निर्वाचन, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा रोजगारी–नवप्रवर्द्धन हुन्।

‘एआई र डिजिटल रूपान्तरण नेपालकाे भविष्य’

खरेलले एआई र डिजिटल ट्रान्सफर्मेसन नै नेपालको दीर्घकालीन विकासको आधार भएको बताए। नेपालले राष्ट्रिय एआई केन्द्र स्थापना गरिसकेको उल्लेख गर्दै उनले कोरिया सरकारसँग ज्ञान, सीप र प्रविधि साझेदारीमा थप सहयोगको अपेक्षा व्यक्त गरे।

उनका अनुसार विदेशमा रहेका नेपालीको मुख्य चाहना शान्ति, स्थिरता र सुशासन भएकाले सरकार त्यस दिशामा ‘गलत नगरिने’ प्रतिबद्धताका साथ अघि बढेको छ। ‘निर्वाचन प्रणाली सुधारमा सर्वपक्षीय छलफल हुन्छ’

सरकार संविधानको आधारमा गठन भएको र सबै दल तथा अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको उल्लेख गर्दै मन्त्री खरेलले जेनजीको भावना अनुसार निर्वाचन प्रणाली र शासकीय संरचनामा सुधारबारे सर्वपक्षीय छलफल हुने बताए।

उनले भने, “निर्वाचन प्रणाली सुधार गर्नैपर्छ। खर्चिलो हुन नहुने, प्रभावकारी प्रणाली बनाउन सबै दलसँग सहमति खोजिन्छ। विदेशमा रहेका नेपालीलाई भोट दिन मिल्ने व्यवस्था अध्यादेशमार्फत भए पनि अघि बढाइनेछ।”

कोरियासँग सहकार्य, सीधा उडान र एनआरएनको माग

मन्त्री खरेलले नेपाल एयरलाइन्सको कोरिया–नेपाल सीधा उडानका लागि पहल गरिने प्रतिबद्धता जनाए। साक्षात्कार कार्यक्रममा— महासङ्घ दक्षिण कोरिया शाखाका कार्यवाहक अध्यक्ष सन्तोष खड्का, दक्षिण कोरियास्थित नेपाली दूतावासका द्वितीय उपाध्यक्ष जेमिन अधिकारी, एनआरएनए आइसिसी महिला उपाध्यक्ष जुनु गुरुङ लगायतले कामदारको समस्या समाधान, लगानीमैत्री वातावरण निर्माण र सुशासन प्रवर्द्धनमा सरकारलाई सक्रिय हुन आग्रह गरे।

साथै विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था छिटो लागू गर्न माग राखियो। कोरियामा झण्डै एक लाख नेपाली रहेका छन्।

ग्लोबल आइसीटी लिडरसिप फोरममा सहभागिता

‘ग्लोबल आइसीटी लिडरसिप फोरम–२०२५’ मा सहभागी हुन मन्त्री खरेल कात्तिक २५ गते दक्षिण कोरिया पुगेका थिए। कोरियाको विज्ञान तथा आइसीटी मन्त्रालय (MSIT) र नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (NIA)ले संयुक्त रूपमा फोरम आयोजना गरेका छन्। मन्त्री खरेल आज साँझ स्वदेश फर्कने कार्यतालिका छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’

काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...

सुशीला सरकारले गरेका निर्णयमा कुनै आपत्ति छैन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुन...

रवि लामिछाने र प्रधानमन्त्री कार्कीबीच बालुवाटारमा शिष्टाचार भेट

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभाप...

समानान्तर संरचनाले कांग्रेसमा गहिरिँदै विभाजन

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...

एमाले नेता अधिकारीकाे रास्वपा प्रवेश गर्ने तयारी

काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निर्णय : गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौँ ।  सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...

‘पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले ५ वर्ष टिक्न दिँदैनन्ः सांसद विश्वराज पोखरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...

चुनावी हारपछि कांग्रेस–एमालेमा आन्तरिक तनाव तीव्र

काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले  भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...

१० घण्टादेखि कांग्रेस केन्द्रीय समिति बैठक, थापाको राजीनामा प्रस्ताव अस्वीकृत गर्ने मत एकमत

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: