काठमाडौँ। भारतको जम्मू कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा विस्फोट हुँदा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।
भारतीय सञ्चारमाध्यक आजतकका अनुसार विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ भने २९ जना घाइते भएका छन् । शुक्रबार राति करिब ११:२० बजे नौगाम प्रहरी चौकीमा ठूलो विस्फोट भएको हो ।
भारतीय सञ्चारमाध्यम दैनिक भारस्करका अनुसार घाइतेमध्ये अधिकांश प्रहरी रहेका छन् र उनीहरूको ९२ आर्मी बेस र एसकेआईएमएस सौरा अस्पतालमा उपचार भइरहेको छ ।
विस्फोटका कारण मानव अवशेषहरू तीन सय फिट टाढासम्म छरिएको अवस्थामा भेटिए आजतकले जनाएको छ ।
विस्फोटका करण प्रहरी चौकीको भवनको ठूलो भाग भत्किएको छ भने धेरै सवारी साधनमा आगो लागेको थियो ।
अधिकारीहरूका अनुसार, ह्वाइट–कलर आतङ्कवादी मोड्युल केसको सम्बन्धमा प्रहरीले जफत गरेको विस्फोटक पदार्थको नमूना लिइरहेको बेला विस्फोट भएको थियो । यद्यपि, विस्फोटलाई आतङ्कवादी कोणबाट पनि अनुसन्धान भइरहेको छ ।
स्रोतहरूका अनुसार, विस्फोटक पदार्थ डेटोनेटर र फ्यूजबाट ट्रिगर गरिएको खण्डमा वा कुनै तरिकाले ट्रिगर गरिएको खण्डमा मात्र विस्फोट हुनेछ । त्यसैले, यो आतङ्कवादी आक्रमण हुन सक्छ ।
जैश–ए–मोहम्मदसँग सम्बद्ध आतङ्कवादी समूह पिएएफएफले आक्रमणको जिम्मेवारी लिएको छ, तर यसको पुष्टि हुन बाँकी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: