काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले मन्त्रालयबाट हुने सेवा प्रवाहलाई चाँडो गराउनका लागि ‘तत्काल स्वास्थ्य क्षेत्र सुधार कार्य योजना’ल्याएको छिन्।
मन्त्री डा।गौतमले मन्त्रालयबाट तत्काल एकदेखि दुई महिनाभित्र सेवालाई चाँडो बनाउन योजना ल्याएको मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले जानकारी दिइन् ।
उनका अनुसार मन्त्री डा. गौतमले जेनजी घाइतेको उपचार तथा मनोसामाजिक परामर्श सेवा, सहज, नवजात शिशु मृत्युदर र मातृ मृत्युदर लक्षित विशेष अभियान, सुशासन र सेवा प्रवाह, स्वास्थ्य बिमा सुधार, सार्वजनिक खरिद सुधारसम्बन्धी, वैदेशिक श्रम गन्तव्य मुलुकमा जाने श्रमिकको स्वास्थ्य सुधारलगायतका तत्काल स्वास्थ्य क्षेत्र सुधार कार्ययोजना ल्याएको हो ।
उक्त योजनाअनुसार दुई महिना सञ्चालन गरेर शिशु मृत्युदर र मातृ मृत्युदर उच्च भएका प्रदेश तथा स्थानीय तहमा मृत्युदर रोकथाम तथा न्यूनीकरणका लागि तीन तहका सरकारको समन्वय तथा सहकार्यमा विशेष कार्यक्रम सञ्चालन गर्ने रहेको छ ।
जेनजी घाइतेलाई सबै सङ्घीय अस्पतालबाट मनोसामाजिक परामर्श सेवा सञ्चालन गर्ने योजनामा उल्लेख गरिएको छ ।
मन्त्री डा।गौतमले दुई महिनाभित्रमा सङ्घीय अस्पताल एवम् स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवालाई नागरिक मैत्री बनाउँदै दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गर्ने योजना ल्याउनुभएको मन्त्रालयका प्रवक्ता डा।बुढाथोकीले जानकारी दिए।
यस्तै योजना अनुसार निर्माण भई हस्तान्तरण भएका पाँच, दश र १५ शय्याका आधारभूत अस्पताल सञ्चालनका लागि अनुदान उपलब्ध गराउन कार्यविधि स्वीकृत गर्ने उल्लेख छ ।
स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि तत्काल दु्रत माध्यमबाट स्वास्थ्य बिमा बोर्डको सङ्गठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने, एक महिनाभित्र अस्पतालमा रहेका औजार उपकरणको नियमित मर्मतसम्भार गरी अविच्छिन्न सेवा प्रवाहको व्यवस्था मिलाउने योजनामा उल्लेख छ ।
यस्तै वैदेशिक श्रमका लागि गन्तव्य मुलुकमा जाने नेपाली नागरिकको स्वास्थ्य हेरचाहका लागि प्रस्थानविन्दु त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हेल्थ डेस्कबाट श्रम स्वास्थ्य सुरक्षासम्बन्धी अभिमुखीकरण सञ्चालन गर्ने योजनामा उल्लेख गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - १७:२७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिध...
श्रावण २२ गते, २०८३ - १७:१४
मकवानपुर। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एल.पी. ग्यास कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गर्ने भएको छ । केही दिनदेखि एल.पी. ग्य...
श्रावण २२ गते, २०८३ - १६:५५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा आर्थिक प्रभाव, पहुँचको दुरुपयोग तथा कुनै...
श्रावण २२ गते, २०८३ - १६:४४
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण र आधुनिक प्रविधिको प्रभावकारी उपयोग सुनिश्चित गर्न दूरसञ्चार ...
श्रावण २२ गते, २०८३ - १६:३५
काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला स...
श्रावण २२ गते, २०८३ - १६:२२
काठमाडौं। विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको प्रहरी छापामारी प्रकरणमा नेपाल प्रहरी प्रधान कार्यालयले सूचनाको प्रमाणीकरण (भेरिफाइ) प्रक्रि...
श्रावण २२ गते, २०८३ - १३:५५
काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...
श्रावण २२ गते, २०८३ - १३:४८
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...
श्रावण २२ गते, २०८३ - १३:३३
काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...
श्रावण २२ गते, २०८३ - १३:१०
काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान जारी भएको एक दशक पूरा हुन लागेको सन्दर्भमा यसको पुनर्लेखन नभई कार्यान्वयनका ...



प्रतिकृया लेख्नुहोस्: