Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

स्वास्थ्य क्षेत्र सुधार्न मन्त्री डा. गौतमको दुईमहिने कार्ययोजना

खबरडबली संवाददाता

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले मन्त्रालयबाट हुने सेवा प्रवाहलाई चाँडो गराउनका लागि ‘तत्काल स्वास्थ्य क्षेत्र सुधार कार्य योजना’ल्याएको छिन्। 

मन्त्री डा।गौतमले मन्त्रालयबाट तत्काल एकदेखि दुई महिनाभित्र सेवालाई चाँडो बनाउन योजना ल्याएको मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले जानकारी दिइन् ।

उनका अनुसार मन्त्री डा. गौतमले जेनजी घाइतेको उपचार तथा मनोसामाजिक परामर्श सेवा, सहज, नवजात शिशु मृत्युदर र मातृ मृत्युदर लक्षित विशेष अभियान, सुशासन र सेवा प्रवाह, स्वास्थ्य बिमा सुधार, सार्वजनिक खरिद सुधारसम्बन्धी, वैदेशिक श्रम गन्तव्य मुलुकमा जाने श्रमिकको स्वास्थ्य सुधारलगायतका तत्काल स्वास्थ्य क्षेत्र सुधार कार्ययोजना ल्याएको हो ।  

उक्त योजनाअनुसार दुई महिना सञ्चालन गरेर शिशु मृत्युदर  र मातृ मृत्युदर उच्च भएका प्रदेश तथा स्थानीय तहमा मृत्युदर रोकथाम तथा न्यूनीकरणका लागि तीन तहका सरकारको समन्वय तथा सहकार्यमा विशेष कार्यक्रम सञ्चालन गर्ने रहेको छ ।

जेनजी घाइतेलाई सबै सङ्घीय अस्पतालबाट मनोसामाजिक परामर्श सेवा सञ्चालन गर्ने योजनामा उल्लेख गरिएको छ । 

मन्त्री डा।गौतमले दुई महिनाभित्रमा सङ्घीय अस्पताल एवम् स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवालाई नागरिक मैत्री बनाउँदै दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गर्ने योजना ल्याउनुभएको मन्त्रालयका प्रवक्ता डा।बुढाथोकीले जानकारी दिए। 

यस्तै योजना अनुसार निर्माण भई हस्तान्तरण भएका पाँच, दश र १५ शय्याका आधारभूत अस्पताल सञ्चालनका लागि अनुदान उपलब्ध गराउन कार्यविधि स्वीकृत गर्ने उल्लेख छ । 

स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि तत्काल दु्रत माध्यमबाट स्वास्थ्य बिमा बोर्डको सङ्गठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने, एक महिनाभित्र अस्पतालमा रहेका औजार उपकरणको नियमित मर्मतसम्भार गरी अविच्छिन्न सेवा प्रवाहको व्यवस्था मिलाउने योजनामा उल्लेख छ । 

यस्तै वैदेशिक श्रमका लागि गन्तव्य मुलुकमा जाने नेपाली नागरिकको स्वास्थ्य हेरचाहका लागि प्रस्थानविन्दु त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हेल्थ डेस्कबाट श्रम स्वास्थ्य सुरक्षासम्बन्धी अभिमुखीकरण सञ्चालन गर्ने योजनामा उल्लेख गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभा निर्वाचनमा १३ दल सहभागी, सबै दलको निर्वाचन चिह्न स्वीकृत

मतपत्रको अन्तिममा श्रम–संस्कृति पार्टी

उच्च पदस्थ व्यक्तिलाई धम्की दिने दुई जना पक्राउ, अनुसन्धान सुरु

काठमाडौं । उच्च पदस्थ व्यक्तिलाई दिइएको धम्की प्रकरणमा प्रहरीले दुई व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। धम्की दिएको आरोप लागेका प्रकाश...

प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वपक्षीय बैठक ४ बजे बस्दै

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक आज बस्दैछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले अपराह...

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

काठमाडौँ। कृषि तथा पशुपन्छी बिकासमन्त्री डा मदन परियारले माटोलाई उत्पादनको साधनका रुपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षण गर्नुपर्नेमा जोड द...

सात वटा विद्युत ग्रिड सब स्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका पुराना सात वटा ग्रिड सब स्टेसन स्वचालित बनेका छन् । विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रूपान्तरण गर...

चालक र सहचालकलाई सकारात्मक ढङ्गले हेरिदिँदा सडक दुर्घटना न्यूनीकरण हुन्छ: मन्त्री गुप्ता

काठमाडौँ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक अनुशासनलाई दैनिक जीवनशैलीमै अपनाउनुपर्ने बताएका छन्। शुक्रबार रामशाहपथस्थित उपत्यका ट्राफिक प्...

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि उम्मेदवारको दरखास्त पर्न सकेन ।...

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दललाई निवेदन दिन आह्वान

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आ...

तत्कालीन सिडिओ छवि रिजालको दुई दिनदेखि बयान लिदै छानबिन आयोग

काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र त्यसको भोलिपल्ट देखिएको तोडफोडबारे जाँचबुझ गर्न गठित आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छ...

तनहुँमा कारले पैदल यात्रीलाई ठक्कर दिँदा दुई घाइते

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका-१ स्याउलीस्थित पृथ्वीराजमार्गमा आज बिहान दमौलीबाट डुम्रे जाँदै गरेको बा.प्र.०१-०२७ च ७४६४ नम्बरको कारले नियन्त्रण ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending