काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गणतन्त्र कोरियाको सिओलमा सम्पन्न ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक र फलदायी रहेको बताएका छन्।
सिओलमा बुधबार आयोजित फोरमलाई सम्बोधन गर्दै मन्त्री खरेलले ‘डिजिटल नेपाल’ र ‘एआईमैत्री नेपाल’ बनाउने सरकारको योजनालाई फोरमले थप बल प्रदान गरेको उल्लेख गरे।उनले भने, “डिजिटल लिडरसिप फोरम अत्यन्तै सफल र उपलब्धिपूर्ण भएको छ। यसले आगामी दिनमा नेपाललाई डिजिटल र एआई ट्रान्सफर्मेसनको बाटोमा अघि बढाउन सहयोग पुर्याउनेछ।”
मन्त्री खरेलका अनुसार नेपालले हाल डिजिटल र एआई ट्रान्सफर्मेसनका लागि नीति निर्माण र संस्थागत तयारी अघि बढाएको छ। “नेपालले एआई नीति बनाइसकेको छ, राष्ट्रिय एआई केन्द्र सञ्चालनमा आएको छ र एआई काउन्सिल गठनको तयारी भइरहेको छ,” उनले बताए। “डिजिटल नेपालको रोडम्यापको मस्यौदा पनि तयार पारिएको छ।”
फोरममा नेपालले कोरियन सरकार, विश्व बैंक र अन्य साझेदार संस्थासँग सहकार्य विस्तार गर्ने प्रस्ताव राखेको मन्त्री खरेलले जानकारी दिए। उनका अनुसार यी संस्थाहरूले पनि नेपालसँग डिजिटल र एआई ट्रान्सफर्मेसनमा सहकार्य गर्न सहमति जनाएका छन्।
मन्त्री खरेलले भने, “डिजिटल र एआई विषयमा साझेदारी भन्नाले आर्थिक क्षमता अभिवृद्धि, एक्सपोजर भिजिट, ज्ञान आदानप्रदान र तालिम आदिमा सहकार्य गर्ने विषयमा छलफल भएको छ।”
फोरमको समूहगत सत्रमा मन्त्री खरेलले नेपालको प्राथमिकता, सहकार्यका सम्भावना र साझेदारीका एजेन्डामा धारणा राखेका थिए। यस क्रममा कोरिया सरकार र ‘नेसनल इन्फर्मेसन सोसाइटी एजेन्सी ९ल्क्ष्ब्०’ बीच पनि आपसी सहकार्यबारे परामर्श भएको थियो।
फोरममा दक्षिण कोरियामा नेपाली राजदूत डा। शिवमाया तुम्बाहाम्फे, मन्त्री खरेलका स्वकीय सचिव उद्धव भट्टराई लगायतको सहभागिता रहेको थियो।
कोरियाको विज्ञान तथा आइसिटी मन्त्रालयको संयुक्त आयोजनामा सिओलमा आयोजित फोरममा ‘डिजिटल र एआई ट्रान्सफर्मेसन: स्ट्राटेजिज एन्ड च्यालेन्ज’ तथा ‘ग्लोबल कोअपरेसन फर सस्टेनेबल डिजिटल फ्युचर’ शीर्षकमा दुई सत्र सञ्चालन भएका थिए।
यस अवसरमा एसिया–प्रशान्त क्षेत्रका मन्त्रीहरू, प्रधानमन्त्रीका सल्लाहकार, संयुक्त राष्ट्रसंघका प्रतिनिधि र अन्य अन्तरराष्ट्रिय संस्थाका अधिकारीहरू सहभागी भएका थिए। मन्त्री खरेल यही कात्तिक २९ गते स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १०:४९
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मा प्रभाकरले गृहजिल्ला रुकुम पश्चिम पुगेपछि पह...
मंसिर २२ गते, २०८२ - १०:३४
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण हुन लागेको ‘ओली कुटी’ को नक्सालाई लिएर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ...
मंसिर २२ गते, २०८२ - १०:१८
बैतडी । दार्चुलामा भूकम्प भएको छ । उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको हो । आज बिहान ८:२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्र...
मंसिर २१ गते, २०८२ - १७:१८
ललितपुर। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्...
मंसिर २१ गते, २०८२ - १६:५७
काठमाडौँ। ओपनरद्वय साम हेजलेट र फाफडु प्लेसिस चम्किएपछि विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर–१ मा प्रवेश गरेको छ । त्र...
मंसिर २१ गते, २०८२ - १६:२७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि राजनीतिक दलहरूकै सरकार बन्ने दाबी गरेका छन्। अहिले धेरैले ‘फेरि त्यही पुर...
मंसिर २१ गते, २०८२ - १६:०४
बुटवल । दाङको लमहीमा गोली चल्दा एकजना घाइते भएका छन् । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली ...
मंसिर २१ गते, २०८२ - १५:५७
काठमाडौँ। विश्व फुटबल महासङ्घ (फिफा) ले सन् २०२६ को विश्वकप फुटबलको ड्र सार्वजनिक गरेको छ । फिफाले अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार राति विश्वकप ड्र...
मंसिर २१ गते, २०८२ - १५:३५
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको आजको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गरिरहेको छ। टस जितेका चितवनका कप्तान कुशल मल्लले पहिला ब्याटि...
मंसिर २१ गते, २०८२ - १५:१८
काठमाडौँ । काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माण...




प्रतिकृया लेख्नुहोस्: