नेपालगन्ज। यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचनका लागि हाल फोटोसहितको मतदाता नामावली दर्ता गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
कात्तिक मसान्तसम्म मात्र गरिने नयाँ नाम दर्ताका लागि अहिले बाँके जिल्लामा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । सोही कारणले हालसम्म जिल्लामा सात हजारभन्दा बढी मतदाताले फोटोसहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गराइसकेको छन् ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार अहिले दैनिक ३०० देखि ४०० जनासम्म नयाँ मतदाता नामावली दर्ताका लागि कार्यालयमा आउने गरेका छन् ।
उनले कात्तिक २५ गतेसम्म बाँकेमा सात हजार ८९ जना नयाँ मतदाता थपिएको जनाउँदै तीमध्ये पुरुष चार हजार ५५४ र महिला तीन हजार ५३४ जना रहेको बताए। उनका अनुसार अधिकांश मतदाता नवयुवा छन् । १८ देखि २५ वर्ष उमेर समूहका नयाँ मतदाता बढी थपिएका छन् ।
मतदाता नामावलीका लागि नाम दर्ता गराउन निर्वाचन कार्यालय पुगेका नेपालगन्जका २४ वर्षीय समद खानले आगामी निर्वाचनमा मतदान गर्न आतुर रहेको बताए । मुलुकको बदलिँदो राजनीतिक घटनाक्रमसँगै केही आशा देखिएकाले पहिलो पटक मतदान गर्न आफूले मतदाता नामावलीमा नाम दर्ता गराएको उनले बताए।
खजुराकी २० वर्षीया रितु थापा पनि मतदाता नामावलीमा नाम दर्ता गराउँदा उत्साहित देखिन्छन् । देशको विकास गर्ने प्रतिनिधिलाई मतदान गर्न आफूले नाम दर्ता गराएको उनले बताए ।
बाँकेमा २०७९ सालको निर्वाचनमा तीन लाख ३३ हजार ९३४ जना मतदाता थिए । त्यसमा एक लाख ६९ हजार ८७६ पुरुष, एक लाख ६४ हजार ४९ महिला र अन्य ९ जना थिए । निर्वाचन कार्यालयमा अहिले नयाँ मतदाता नामवलीमा नाम दर्ता गर्ने, त्रुटि सच्याउने, ठाउँसारी गर्ने लगायतका कामहरू भइरहेको कार्यालय प्रमुख शाहीले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ४ गते, २०८३ - १८:०५
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र एकता कायम राख्न नेतृत्व तहमा निरन्तर संवाद भइरहेको बताएका छन्। तर, निवर्तमान सभा...
श्रावण ४ गते, २०८३ - १६:५७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पुँजी बजार र धितोपत्र व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ...
श्रावण ४ गते, २०८३ - १६:३६
काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। प्रहरीका अनुसार हिमाली गाउँपालिका–५, क्युडीस्थित कुवाडी–क...
श्रावण ४ गते, २०८३ - १६:२८
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम गुणस्तर र गैर–खाद्य पदार्थ मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्यवस्तुको बिक्री नग...
श्रावण ४ गते, २०८३ - १६:२०
फिदिम। पाँचथरको फालेलुङ गाउँपालिका–२ एकतिन स्थित जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा भीषण पहिरो गएको छ । पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । ...
श्रावण ४ गते, २०८३ - १६:०८
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर विपद्जन्य ६२ वटा घटना भएका छन् । सो अवधिमा मुलुकका विभि...
श्रावण ४ गते, २०८३ - १६:००
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश: कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न...
श्रावण ४ गते, २०८३ - १५:५०
चितवन। दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै बस्न थालेको छ । ध्रुर्वे जङ्गली हात्ती हो । यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ । हात्तीले ग...
श्रावण ४ गते, २०८३ - १५:४१
विराटनगर। विराटनगर भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापारमा प्रशोधित भटमासको तेल सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा पहिलो स्थान रहेको छ । ...
श्रावण ४ गते, २०८३ - १५:३२
काठमाडौं । नेपाली सेयर बजारले वृद्धिको लयलाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्दै २७१९ अंकमा पुगेको छ। ...



प्रतिकृया लेख्नुहोस्: