प्यूठान । प्यूठानको लिबाङका किसान पदमबहादुर केसी र दिपक वलीले लगाएका बिरुवाको मूल्य तीन वर्ष बितिसक्दा पनि गौमुखी गाउँपालिकाले १२ लाख रुपैयाँ भुक्तानी नगरेको बताएका छन्।
किसान केसीले ७ लाख ५० हजार र वलीले ४ लाख ५० हजार रुपैयाँ पाउने थिए। तर पालिकाले हालसम्म पनि रकम नदिँदा उनीहरू आर्थिक संकटमा परेका छन्।
पर्यटन प्रवद्र्धनमा लाखौं, किसानको मेहनतमा उपेक्षा
भुक्तानी नपाएपछि किसान केसीले सामाजिक सञ्जालमा असन्तुष्टि जनाउँदै लेखेका छन्–“उता १२ लाख रकमको बिरुवा लगाएर तीन वर्ष झुलाउने अनि पर्यटन प्रवद्र्धन भनेर लाखौं रकम घुमाएर सकाउने ! यो कसरी भयो किसानको साथ ? भुक्तानी नदिई गौमुखीले गरिरहेको छ किसानको ‘उत्थान’ ? यसले हाम्रो मेहनत र भरोसामा चोट मात्र दिएको छ।”
टिमुर–कागती प्रवर्धनका लागि रोपिएका बिरुवा
गौमुखी गाउँपालिकाले टिमुर–कागती प्रवर्धन कार्यक्रम अन्तर्गत ती बिरुवा लगाएको थियो।
कार्यक्रमका लागि मागअनुसार बजेट नआएपछि तत्कालीन मुख्यमन्त्री र अर्थमन्त्रीसँग समन्वय गरिएको तर रकम दोस्रो चरणमा मात्र पठाइने तयारी भएको गाउँपालिका उपाध्यक्ष महाबिर रानाले बताए।
उनका अनुसार, “बन कार्यालयबाट वितरण भएका टिमुरका बेर्ना उच्च पहाडमा नजाने भएकाले स्थानीय नर्सरीमार्फत अर्डर गरेर बिरुवा रोपिएको हो।”
सम्झौता बिना मौखिक विश्वासमा योजना
उपाध्यक्ष रानाले स्वीकार गरे कि योजना लिखित सम्झौता बिना मौखिक विश्वासमा कार्यान्वयन गर्नु कमजोरी थियो। उनले भने, “यो कमजोरी संस्थाको नेतृत्वबाट नभएर व्यक्तिगत अनुभवजन्य र अपरिपक्क कारणले भएको हो। नेतृत्व र कार्यपालिकालाई सबै विवरण अवगत गराइएको छ, र यसबाट महत्वपूर्ण सिकाइ प्राप्त भएको छ।”
किसानको प्रतीक्षा अझै
तीन वर्षपछि पनि रकम नपाएपछि स्थानीय किसानहरूमा असन्तोष छ। उनीहरू भन्छन्, “कागजमा किसानको उत्थान, व्यवहारमा उपेक्षा।” गाउँपालिकाले भने भुक्तानी प्रक्रिया सुरु हुने दाबी गरे पनि स्पष्ट समयसीमा भने तोकिएको छैन।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - २१:४७
काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...
चैत्र ८ गते, २०८२ - २१:४६
काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...
चैत्र ८ गते, २०८२ - २१:४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुन...
चैत्र ८ गते, २०८२ - २१:४२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभाप...
चैत्र ८ गते, २०८२ - २१:०५
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...
चैत्र ८ गते, २०८२ - १९:४२
काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...
चैत्र ८ गते, २०८२ - १९:४०
काठमाडौँ । सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...
चैत्र ८ गते, २०८२ - १९:३५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...
चैत्र ८ गते, २०८२ - १९:३१
काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...
चैत्र ८ गते, २०८२ - १९:१८
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...


प्रतिकृया लेख्नुहोस्: