Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

नेतृत्व फेरेर चुनावमा गए कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छः कांग्रेस नेता जीवन परियार

खबरडबली संवाददाता

काठमाडौं ।  नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले आगामी निर्वाचनअघि पार्टीको महाधिवेशन गर्नुको विकल्प नरहेको बताएका छन्।

पार्टी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले भने, यदि नेतृत्व फेरेर चुनावमा गयौं भने कांग्रेस फेरि सबैभन्दा ठूलो पार्टी बन्न सक्छ।” परियारका अनुसार, महामन्त्री गगन थापाले पेस गरेको कार्यतालिका अनुसार नियमित महाधिवेशन नभए पनि विधानअनुसार माग भए तीन महिनाभित्र विशेष महाधिवेशन गर्न अनिवार्य हुन्छ।

महाधिवेशनअघि नेतृत्व परिवर्तन आवश्यक

परियारले भने, “यदि महाधिवेशन निर्वाचनपछि गरियो भने धेरै कार्यकर्ता र मतदाता सहभागी हुन नसक्ने अवस्था आउन सक्छ। यसले संगठनको सशक्तता र राजनीतिक प्रभावमा असर पार्न सक्छ।”

उनले आगामी २०८२ पुस मसान्तसम्म नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने सुझाव दिए।
त्यसरी महाधिवेशन सम्पन्न गर्न सके कांग्रेसले आगामी निर्वाचनमा “सबैभन्दा ठूलो र प्रभावशाली पार्टी” बन्न सक्ने उनको भनाइ थियो।

विशेष महाधिवेशनको कानुनी स्पष्टता

परियारले पार्टी विधानको धारा १७९(२०) को व्याख्या गर्दै भने, “विशेष महाधिवेशनको प्रस्ताव विधानसम्मत र विधिसम्मत छ। एकपटक प्रस्ताव आएपछि तीन महिनाभित्र महाधिवेशन गर्न अनिवार्य हुन्छ।” उनले महाधिवेशन प्रतिनिधिहरूले गरेको हस्ताक्षर र त्यसमा आएका टिप्पणी प्रति पनि ध्यानाकर्षण गराउँदै विधानमा स्पष्टता आवश्यक रहेको उल्लेख गरे।

 डा. शेखर कोइराला र अन्य नेताहरूको प्रस्ताव

परियारले स्मरण गरे कि डा. शेखर कोइरालासहितका केही नेताहरूले झण्डै एक वर्षअघि नै २०८२ मंसिर मसान्तसम्म पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने प्रस्ताव केन्द्रीय समितिमा राखेका थिए। तर त्यसतर्फ पार्टी नेतृत्वको ध्यान नजानु दुर्भाग्यपूर्ण भएको उनको टिप्पणी थियो।

उनले थपे,  “भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि हामीले महसुस गर्यौं कि किन महाधिवेशनको तयारी गरेनौं।”

गगन थापाको प्रस्ताव र सहमति प्रयास

परियारले असोज २३ गते पार्टी कार्यालयमा बसेको गगन थापाद्वारा बोलाइएको फिजिकल बैठकमा थापाले भनेको कुरा स्मरण गरेः “मंसिर मसान्तसम्म नियमित महाधिवेशन गरौं, सम्भव नभए विशेष महाधिवेशन गरौं।”

परियारका अनुसार, उक्त बैठकमा डा. शेखर कोइरालासहितका पदाधिकारीहरूले पनि यही प्रस्तावको पक्षमा धारणा राखेका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’

काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...

सुशीला सरकारले गरेका निर्णयमा कुनै आपत्ति छैन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुन...

रवि लामिछाने र प्रधानमन्त्री कार्कीबीच बालुवाटारमा शिष्टाचार भेट

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभाप...

समानान्तर संरचनाले कांग्रेसमा गहिरिँदै विभाजन

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...

एमाले नेता अधिकारीकाे रास्वपा प्रवेश गर्ने तयारी

काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निर्णय : गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौँ ।  सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...

‘पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले ५ वर्ष टिक्न दिँदैनन्ः सांसद विश्वराज पोखरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...

चुनावी हारपछि कांग्रेस–एमालेमा आन्तरिक तनाव तीव्र

काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले  भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...

१० घण्टादेखि कांग्रेस केन्द्रीय समिति बैठक, थापाको राजीनामा प्रस्ताव अस्वीकृत गर्ने मत एकमत

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: