Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

मधेशमा एक्लियो एमाले, कांग्रेस–मधेशी दल नजिकिँदै

खबरडबली संवाददाता

काठमाडौं । विवादास्पद ढंगले प्रदेश सरकारको नेतृत्व सम्हालेसँगै एमाले मधेश प्रदेशमा एक्लो भएको छ।  यसअघि सत्ता सहयात्री रहेको नेपाली कांग्रेस मधेशी दलहरूसँग नजिकिएपछि एमाले एक्लिएको देखिएको हो।

मुख्यमन्त्री सरोज यादवले सोमबार महोत्तरीको होटलमा शपथ लिएका थिए। सर्वोच्चको आदेशपछि उनले मंगलबार मात्रै पदभार ग्रहण गर्न पाए। तर, उनको सरकार कति दिन टिक्ने भन्ने यकिन छैन। अहिले उनी कांग्रेसलाई फकाउने र मधेशी दलहरूसँग दूरी बनाउने रणनीतिमा छन्।

तर, मंगलबार भएको प्रदर्शनमा कांग्रेस सचेतक कुँवरकान्त झा घाइते भएपछि कांग्रेस सहजै मधेशी दलहरू छाडेर एमालेसँग आउने सम्भावना देखिँदैन। कांग्रेस र एमाले मात्रै मिलेर पनि मधेशमा स्थिर सत्ता गणित बन्न कठिन देखिएको छ।

सत्तामा टिक्न एमालेले मधेशी शक्ति लोसपा, जसपा, जनमत वा नेकपा (विप्लव समूह) मध्ये कसैको साथ लिनुपर्ने परिस्थिति छ। तर, कांग्रेसले एमालेसँग सहकार्य गरे जनमत पार्टीलाई समेत तान्न सक्ने सम्भावना देखिन्छ।

यसको अर्थ पुरानो गठबन्धन पुनर्जीवित हुनुका साथै माघमा हुने राष्ट्रियसभामा एक सिट जनमतलाई दिने सहमति हुन सक्ने विश्लेषण पनि गरिएको छ। जनमत अध्यक्ष डा. सिके राउत आफ्ना दाजु र पार्टी उपाध्यक्ष जयकान्त राउतलाई राष्ट्रियसभामा पठाउने तयारीमा रहेको स्रोत बताउँछ। तर, एमालेभित्रकै असन्तुष्टिका कारण कांग्रेस र जनमतलाई मनाउन झन् चुनौतीपूर्ण भएको बताइन्छ।

मधेशमा बरु नेकपा र मधेशी दलहरू नजिकिँदै एमालेलाई अलग गर्ने रणनीति अघि बढाइरहेका छन्। कांग्रेसका लागि पनि यो समीकरण सजिलो छैन। जनमत पार्टीबाट धोका पाएर मुख्यमन्त्री गुमाएको कांग्रेस त्यही गठबन्धनतर्फ फर्किँदै छ।

त्यसपछि एमालेका लागि संविधानको धारा १६८(३) अन्तर्गत मात्र सरकार गठनको बाटो खुलेको थियो। प्रदेश प्रमुख र न्यायाधीवक्ताको सुझावमा एमालेले सरकार गठन गर्न सफल भए पनि, यसले प्रदेश प्रमुखकै पदमाथि प्रश्न उठाएको छ।

कांग्रेससहितका सात दल अहिले मधेश प्रदेशका सभामुख र मुख्यमन्त्रीविरुद्ध आन्दोलनमा उत्रिएका छन्। सभामुख रामचन्द्र मण्डल एमालेबाट निर्वाचित हुन्। उनले आफूले लचकता देखाएर सरकार बनाउन सहयोग गरेको तर मधेशी दलहरूले त्यसको कदर नगरेको गुनासो गरेका छन्।

उता, निवर्तमान मुख्यमन्त्री **जितेन्द्र प्रसाद सोनार (सोनल)**ले अझै मुख्यमन्त्री निवास खाली नगरेका छन्, जसका कारण नयाँ मुख्यमन्त्रीले सरकारी निवास ग्रहण गर्न पाएका छैनन्। बिहानैदेखि सात दलको आन्दोलन सुरू भइसकेको छ।

यसबीच काठमाडौंमा कम्युनिस्ट पार्टीहरू एकता प्रक्रियामा जुटिरहेका बेला मधेशमा भने आन्दोलन र अस्थिरताको रापताप बढ्दै गएको छ। सात वर्षदेखि मधेशको सत्ता सम्हाल्दै आएको जनता समाजवादी पार्टी (जसपा) नेपाल र हालै सत्ता गुमाएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकीकरणको तयारी तीव्र बनेको छ।

सोमबार जनकपुरको होटलमा जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच भएको छलफलमा दुई दलबीच संभावित एकीकरणबारे सहमति खोज्ने प्रयास भएको थियो।

यदि यी दुई दल मिले भने उनीहरूको संयुक्त शक्ति २६ सिट पुग्नेछ। त्यसमा नेकपा (एकीकृत समाजवादी)का ७ र माओवादी केन्द्रका ९ सदस्यको समर्थन जोडिँदा सत्ता समीकरण एमालेविरुद्ध जान सक्ने देखिन्छ। त्यसपछि एमाले–कांग्रेस–जनमत गठबन्धन प्रतिपक्षमै सीमित हुन सक्ने विश्लेषण गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अफगानिस्तानमा भीषण बाढीको कहर: २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता

काबुल । पूर्वी अफगानिस्तानमा भीषण वर्षापछि आएको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। तालिब...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२-८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्क...

हरेक जलन दुर्घटनापछि उही घोषणा, तर अत्याधुनिक अस्पताल अझै बनेन

काठमाडौं । नेपालमा ठूला जलनका घटना हुँदा सरकारले अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माण गर्ने घोषणा गर्ने क्रम नयाँ होइन। तर, वर्षौं बित्दासमेत ती...

जानकी मन्दिर घटनाप्रति हर्क साम्पाङको टिप्पणी– ‘यस्तो व्यवहारले मन्दिरको गरिमा बढेन’

काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले जनकपुरस्थित जानकी मन्दिरमा भएको पछिल्लो घटनाप्रति असन्तुष्टि जनाएका ...

‘नेपाली भएरै मर्न पाऊँ’ : ८२ वर्षदेखि नागरिकताको पर्खाइमा रामदेव, पीडामा तीन पुस्ता

झापा । झापाको दमक नगरपालिका–८, विरानटोलको एउटा जस्ताले बारिएको सानो झुप्रोमा ८२ वर्षीय रामदेव महतोको जीवन बितिरहेको छ। साँझ परेपछि वरपरका घर उज्यालोले...

अण्डाको मूल्य बढ्यो, तर किसान अझै घाटामै

चितवन । बर्डफ्लुको प्रभावपछि घटेको अण्डाको मूल्य फेरि बढ्न थालेको छ। उत्पादन घट्दै जाँदा बजारमा माग बढेकाले मूल्यमा सुधार आएको भए पनि किसानले अझै उत्प...

लागूऔषधविरुद्ध देशभर प्रहरीको अपरेशन, विभिन्न जिल्लाबाट १७ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको कारबाहीका क्रममा विभिन्न प्रकारका लागूऔषधसहित १७ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनु...

पश्चिम नेपालमा बिहानै भूकम्प

काठमाडौं । पश्चिम नेपाल बुधबार बिहान भूकम्पको धक्काले हल्लिएको छ। बझाङको कोटदेवल केन्द्रबिन्दु भएर बिहान ४ः४० बजे स्थानीय मापनअनुसार ४.२ म्याग्निच्युड...

दोलखामा पहिरोले बाख्राको गोठ बगायो, ७३ वर्षीय वृद्ध बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–९ मा बुधबार बिहान गएको पहिरोमा परेर एक जना वृद्ध बेपत्ता भएका छन्। बिहान करिब २:३० बजे सिर्पिङ खोला जलविद्युत् ...

आज पनि देशभर वर्षाको सम्भावना, चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने चेतावनी

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले बुधबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending