संखुवासभा। जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथाङ्का नाकास्थित नेपाल–चीन सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको स्थलगत निरीक्षण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाको नेतृत्वमा गएको जिल्ला सुरक्षा संयन्त्रको टोलीले सीमाक्षेत्रको अवलोकन गर्दै ६८, ६९ र ७० नम्बरका सीमा स्तम्भहरू निरीक्षण गरेको हो । उक्त टोलीमा जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनाली, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक बाबुराम पौडेललगायत सुरक्षा निकायका अधिकारी सहभागी थिए।
प्रमुख जिल्ला अधिकारी थपलियाका अनुसार संखुवासभा जिल्लामा हाल २१ वटा सीमा स्तम्भ रहेका छन्। उनले गत जेठ महिनामा आएको बाढीले भोटखोला–१ स्थित घोङ्गोप्पा र छोकाङ खोलामा रहेको ७१र१ नम्बरको सीमा स्तम्भ बगाएर बेपत्ता बनाएको विषयमा समेत टोलीले समीक्षा गरेको जानकारी दिए। सो स्तम्भ हालसम्म फेला परेको छैन ।
भोटखोला गाउँपालिकाका वडा नं. १, २ र ३ को भूभाग सिधै चीनसँग जोडिएका छन् । सीमा क्षेत्रको निरीक्षणका क्रममा टोलीले खाँदबारी–किमाथाङ्का सडकखण्डमा पर्ने विभिन्न मतदान स्थल, बोडर आउट पोस्ट (बीओपी) किमाथाङ्का र प्रहरी चौकीहरूको अवस्थासमेत अवलोकन गरेको थियो ।
निरीक्षणका क्रममा चीनतर्फका समकक्ष अधिकारीहरूसँग सीमा सुरक्षा, सीमापारी हुने आपराधिक गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन तथा सूचना आदानप्रदानका विषयमा पनि छलफल गरिएको प्रमुख जिल्ला अधिकारी थपलियाले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ८ गते, २०८२ - १७:३२
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ३ हजार ४०६ जना उम्मेदवार मैदानमा छन् । तर, निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नेको संख्या भन...
फाल्गुन ८ गते, २०८२ - १७:२३
काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै शुक्रबार माइक्रोबस दुर्घटनामा परेको छ। प्राप्त जानकारी अनुसार, माइक्रोबस गति अनियन्त्रित...
फाल्गुन ८ गते, २०८२ - १७:१७
मोरङ। निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प...
फाल्गुन ८ गते, २०८२ - १७:०६
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागु औषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ...
फाल्गुन ८ गते, २०८२ - १६:४७
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसदबाट निकालिए पनि जनताको मनबाट हटाउन सकिँदैन भन्दै चुनौती दिएका छन्। शु...
फाल्गुन ८ गते, २०८२ - १६:३७
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ फागुन २२ गते गर्ने साधारण तारेख तोकेको छ। रिटकर्ता अधिवक्ता कृतिनाथ शर्...
फाल्गुन ८ गते, २०८२ - १६:३०
वासिङ्टन। दोषी ठहर भइसकेका अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनको सम्पत्तिले सम्भावित दर्जनौँ पीडितका बाँकी कानूनी दाबी टुङ्ग्याउन अधिकतम तीन करोड ५० लाख...
फाल्गुन ८ गते, २०८२ - १६:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता, बालेन शाह सुदुरपश्चिमको चुनावी अभियानको क्रममा बिरामी परेपछि काठमाडौं आएका छन्। शाह ...
फाल्गुन ८ गते, २०८२ - १६:०८
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीले दाङमा एमालेको झण्डा आफूहरुले नजलाएको स्पष्ट पारेको छ। पार्टीले झण्डा जलाइएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न...
फाल्गुन ८ गते, २०८२ - १५:३३
पोखरा। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् । शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त सम...



प्रतिकृया लेख्नुहोस्: