काठमाडौं । नेपाली कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आगामी आमनिर्वाचनअघि नै पार्टीको १५औं महाधिवेशनको मिति घोषणा गर्नुपर्ने बताएका छन्।
मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै विश्वकर्माले २१ फागुनमा हुने निर्वाचनभन्दा अघि नै केन्द्रीय महाधिवेशनको मिति टुंग्याउनुपर्ने सुझाव दिएका हुन्।
उनका अनुसार महाधिवेशन र निर्वाचन दुवै तोकिएको समयमा गर्नु पार्टीको संगठनात्मक सुदृढता र जनविश्वासका लागि अत्यावश्यक छ। “दुवै कार्यक्रम तोकिएको समयमा हुन जरुरी छ,” उनले भने, “छलफल र बहसमा अल्झेर समय बर्बाद नगरौं, महाधिवेशनको माध्यमबाट निर्वाचनको तयारी गरौं।”
विश्वकर्माले महाधिवेशनको मिति घोषणासँगै सबै तहका अधिवेशनको तालिका सार्वजनिक गर्नुपर्ने र त्यसका लागि आवश्यक तयारी तत्काल सुरू गर्न सुझाव दिए। उनले भने, “नियमित कि विशेष महाधिवेशन भन्ने वादविवादमा समय खेर फाल्नु हुँदैन। केन्द्रीय कार्यसमितिले सर्वसम्मत रूपमा विशेष महाधिवेशनको निर्णय गर्न सके ठीकै हो, नभए पार्टी सहज अवस्थामा रहँदैन।”
नेता विश्वकर्माले नियमित अधिवेशनले पार्टी जीवनमा रूपान्तरण ल्याउने र आमनिर्वाचनले जनतामा नयाँ आशा जगाउने भन्दै दुवै प्रक्रिया पार्टी र देशका लागि समान रूपमा महत्वपूर्ण रहेको उल्लेख गरे।
उनले महाधिवेशनका लागि आवश्यक समितिहरू चालु केन्द्रीय कार्यसमिति बैठकबाटै गठन गर्नुपर्नेमा जोड दिँदै भने, “उपयुक्त मितिमा सहमति गरेर तत्काल कार्यतालिका सार्वजनिक गरौं।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १७:१८
ललितपुर। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्...
मंसिर २१ गते, २०८२ - १६:५७
काठमाडौँ। ओपनरद्वय साम हेजलेट र फाफडु प्लेसिस चम्किएपछि विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर–१ मा प्रवेश गरेको छ । त्र...
मंसिर २१ गते, २०८२ - १६:२७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि राजनीतिक दलहरूकै सरकार बन्ने दाबी गरेका छन्। अहिले धेरैले ‘फेरि त्यही पुर...
मंसिर २१ गते, २०८२ - १६:०४
बुटवल । दाङको लमहीमा गोली चल्दा एकजना घाइते भएका छन् । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली ...
मंसिर २१ गते, २०८२ - १५:५७
काठमाडौँ। विश्व फुटबल महासङ्घ (फिफा) ले सन् २०२६ को विश्वकप फुटबलको ड्र सार्वजनिक गरेको छ । फिफाले अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार राति विश्वकप ड्र...
मंसिर २१ गते, २०८२ - १५:३५
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको आजको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गरिरहेको छ। टस जितेका चितवनका कप्तान कुशल मल्लले पहिला ब्याटि...
मंसिर २१ गते, २०८२ - १५:१८
काठमाडौँ । काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माण...
मंसिर २१ गते, २०८२ - १५:०४
बाँके। रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको ...
मंसिर २१ गते, २०८२ - १४:४२
काठमाडौँ। काठमाडौँको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिकरूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाध...
मंसिर २१ गते, २०८२ - १४:२९
काठमाडौं । फाफ डु प्लेसी र साम हिजलेटको आक्रमक अर्धशतकको बलमा विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पर...




प्रतिकृया लेख्नुहोस्: