काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले विस्तृत कार्यतालिका तयार गरेको छ। आयोगको प्रारम्भिक योजनाअनुसार उम्मेदवारहरूले १५ दिनसम्म प्रचारप्रसार गर्न पाउने व्यवस्था हुने भएको छ।
आयोगका अनुसार मतदाता नामावली संकलन र अद्यावधिकको समय कात्तिक ३० गतेसम्म हुनेछ। सोही मितिसम्म राजनीतिक दलहरूले दल दर्ता प्रमाणपत्र लिइसक्नुपर्नेछ।
राजनीतिक दल दर्ता प्रक्रिया मंसिर १ देखि १० गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा निर्वाचनमा भाग लिन इच्छुक दलहरूले दर्ता गराएपछि प्रतिनिधि सभा सदस्यका उम्मेदवार खडा गर्न सक्नेछन्।
निर्वाचन प्रयोजनका लागि दल दर्ता सम्पन्न भएपछि आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरी मंसिर १० गते नेपाल राजपत्रमा प्रकाशन गर्ने तयारी गरेको छ।
मतदाता नामावली अद्यावधिक कार्यक्रम मंसिर १ देखि पुस १५ गतेसम्म, र समानुपातिक निर्वाचनतर्फ निर्वाचन अधिकृतको कार्यालय स्थापना मंसिर १५ गते हुने बताइएको छ।
त्यसैगरी, मतदान स्थल तथा केन्द्र निर्धारण गरी राजपत्रमा प्रकाशन पुस १५ गते, र समानुपातिक प्रणालीतर्फ बन्द सूची पेश गर्ने मिति पुस १८ र १९ गते निर्धारण गरिएको छ।
निर्वाचन अधिकृतको कार्यालय माघ २ गते स्थापना गरिनेछ। संयुक्त निर्वाचन सञ्चालन केन्द्र र प्रहरी संचार एकाइ माघ २ गतेदेखि फागुन ३० गतेसम्म सञ्चालनमा रहने कार्यतालिका बनाइएको छ।
प्रचारप्रसारका लागि समयावधि फागुन ४ गतेदेखि १८ गतेसम्म अर्थात् १५ दिन हुनेछ। मतपत्र ढुवानी गरी जिल्ला जिल्लामा पु(याउने काम फागुन १२ गतेभित्र सम्पन्न गरिनेछ।
प्रचारप्रसार निषेध अवधि फागुन १८ गते राति १२ बजेदेखि सुरु हुनेछ। मतदान फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
निर्वाचन आयोगले उक्त कार्यतालिका आवश्यक परे परिमार्जन गर्न सक्ने जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - ११:०२
काठमाडौं । बंगलादेशमा इन्कलाब मञ्चसँग आबद्ध विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरि अर्का एक राजनीतिक नेतालाई सार्वजनिक स्थानमै गोली हानी हत्या गर...
पौष ८ गते, २०८२ - १०:५४
काठमाडौँ । हेटौँडा सडक विस्तारका क्रममा प्रभावित भएका स्थानीयहरूले माइतीघर मण्डलामा बाजासहित विरोध प्रदर्शन गरेका छन्। हेटौँडामा २५ गज सडक सीमाभित्...
पौष ८ गते, २०८२ - १०:४६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको क्षेत्रभित्र अनुमति लिएर पनि भौतिक रूपमा सञ्चालनमा नरहेका १०७ वटा विद्यालय फेला परेका छन्। महानगरपालिकाको नगर शिक्ष...
पौष ८ गते, २०८२ - १०:१९
भैरहवा। नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका उम्मेदवारका लागि जिल्लाबाट सिफारिस भएर आएका सबै नाम केन्द्रीय सम...
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...




प्रतिकृया लेख्नुहोस्: