Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

लोक तथा दोहोरीगीत प्रतिष्ठान लमजुड अध्यक्षमा तामाड

खबरडबली संवाददाता

लमजुड। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङको अध्यक्षमा लोकदोहोरी गायक प्रशान्त तामाङ निर्वाचित भएको छन् । शनिबार राति सदरमुकाम बेसीसहरमा सम्पन्न प्रतिष्ठानको २४ औँ वार्षिक साधारणसभा तथा नवौँ जिल्ला अधिवेशनबाट तामाड अध्यक्षमा निर्विरोध निर्वाचित भएको हो ।

प्रतिष्ठानको प्रथम उपाध्यक्षमा किशोर बिक, द्वितीय उपाध्यक्षमा पृथ्वीराज गुरुङ, महिला उपाध्यक्षमा संगीता गुरुङ, सचिवमा चित्र दुरा, कोषाध्यक्षमा सुमन न्यौपाने, सह–सचिवमा सावित्री पोख्रेल, सह–कोषाध्यक्षमा राजकुमार गुरुङ ९राज० र प्रवक्तामा लक्ष्मी तामाङ निर्वाचित भएको छन् ।

यसैगरी, कार्यसमिति सदस्यहरुमा कृष्ण वस्ती ९निक्की०, समिक्षा विष्ट, सुशील परियार, आशिष गुरुङ, नवीन बराल, खुमराज गुरुङ, हस्त सेन्चुरी र युगेश परियार निर्वाचित भएको छन् । ‘हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने नाराका साथ आयोजित अधिवेशन सम्पन्न गराउन प्रतिष्ठानको केन्द्रीय सदस्य गायिक सम्झना भण्डारी, लोकगायक राजु परियार, प्रदेश सदस्य टसबहादुर गुरुड, सल्लाहकार रेशमलाल श्रेष्ठ र पूर्व सचिव केदार बोहोराको पाँच सदस्यीय निर्वाचन मण्डल बनाइएको थियो ।

अधिवेशन तथा वार्षिक साधारणसभामा स्रष्टा सम्मानअन्तर्गत ‘गाउँशहरमा लमजुङ दरबार’ गीतका गायिका उमा गुरुङ र ठाडोभाका गायक देउबहादुर दुराका नाति यमबहादुर दुरालाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि  लोकदोहोरी गायक राजु परियार, नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, गायिका सम्झना भण्डारी र राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङका अध्यक्ष अनुज अधिकारीले संयुक्त रुपमा स्रष्टाहरुलाई सम्मान गरेको थिए ।

कार्यक्रममा वरिष्ठ लोकदोहोरी गायक राजु परियार, गायिका सम्झना भण्डारी, माया गुरुङ, उमा गुरुङलगायतका कलाकारको बेजोड प्रस्तुती रहेको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्छ: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्।  हाम्रो पार्टी नेपालका...

मधेशका मुख्यमन्त्रीमा कांग्रेस नेता यादवको दाबी पेस

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...

देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...

सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ।  खोटाङको खोटेहाङ...

टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै जनकपुर

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले  लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...

फिर्ता बोलाइएका ११ मध्ये ६ राजदूतको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...

प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...

मधेसमा कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति

काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...

प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending