काठमाडौं । हिमालय क्षेत्रका देशहरूमा प्रभावकारी सञ्चार र सामाजिक विकासका उपायहरूमा छलफल गर्न तेस्रो परा-हिमालय सञ्चार तथा सामाजिक संगोष्ठी काठमाडौंमा सम्पन्न भएको छ।
संगोष्ठीको आयोजनामा त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभाग र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी (UESTC) को पब्लिक एडमिनिस्ट्रेसन स्कूल संयुक्त रूपमा सहभागी भएका थिए। कार्यक्रममा हिमालय आसपासका देशका विज्ञ, शिक्षाविद्, संचारकर्मी र शैक्षिक संस्थाका प्रतिनिधिहरूले प्रभावकारी सञ्चार र सामाजिक विकासका लागि साझा प्रतिबद्धता व्यक्त गरे।
दुई दिनसम्म चलेको संगोष्ठीमा वक्ताहरूले हिमालय क्षेत्रको विकासमा विभाजनभन्दा साझा प्रयासमा जोड दिनुपर्नेमा बल दिएका थिए।
युनिभर्सिटी अफ टेक्ससका प्राध्यापक अरविन्द सिङ्गलले भने, “हिमालय क्षेत्रका देशहरू साझा संस्कृतिले जोडिनुपर्छ। साझा समस्यासँग जुध्दै, सञ्चार माध्यमले साझा कथा प्रस्तुत गर्नुपर्छ। सञ्चारका प्रस्तुतीहरूले समस्या समाधानको आवाज बन्नुपर्छ।”
त्यस्तै, कुमाउ विश्वविद्यालयकी प्राध्यापक दीपिका पन्तले पहाडी महिलाहरू यस क्षेत्रका समावेशी आवाज भएको बताउँदै, “पहाडी महिलाहरूको संघर्ष र जीवनशैली हिमालय क्षेत्रको प्रभावकारी सञ्चारको उदाहरण हो। भाषा र संस्कृति लोप हुँदै गर्दा पूरा इतिहास पनि मेटिने खतरा छ,” भनिन्।
भुटानको सूचनासूचना तथा मिडिया विभागका संस्थापक दाबा पेन्जोरले भने, “हिमालय क्षेत्रका देशहरूले आफ्नो सांस्कृतिक पहिचान जोगाउँदै आधुनिक प्रविधि अंगीकार गर्नुपर्छ।”
साथै, युनिभर्सिटी अफ पञ्जाबकी प्राध्यापक अविधा अस्रफले जलवायु परिवर्तन र प्राकृतिक प्रकोपका कारण हिमालय क्षेत्र संकटमा रहेको भन्दै, “साझा समस्या समाधानका लागि साझा प्रयास आवश्यक छन्। सीमा रेखाले प्राकृतिक प्रकोप रोकेन, सञ्चारका सिग्नल पनि रोकिनुहुँदैन,” उल्लेख गरिन्।
पान हिमालय कम्युनिकेशन रिसर्च सेन्टरका निर्देशक हान होङले हिमालय आसपासका देशबीचको सञ्चार साझेदारीले क्षेत्रको सामूहिक विकास, शान्ति र स्थायित्वमा योगदान पुर्याउने बताए।
संगोष्ठीमा ९ देशका १५० बढी विज्ञहरूको सहभागिता रहेको थियो। सम्मेलनमा समानान्तर पाँच सत्रमा ६० कार्यपत्र प्रस्तुत भएका थिए।
यसै संगोष्ठीको क्रममा त्रिभुवन विश्वविद्यालय र UESTC को जनप्रशासन विभागले संयुक्त रूपमा ‘रिसर्च सेन्टर फर डिजिटल एण्ड इन्टिलिजेन्ट पब्लिक गभर्नेन्स इन पान हिमालय रिजन’ स्थापना गरेको घोषणा पनि गरियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १०:४१
काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...
मंसिर २१ गते, २०८२ - १०:३५
हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...
मंसिर २१ गते, २०८२ - १०:३१
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...
मंसिर २१ गते, २०८२ - १०:२७
ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...
मंसिर २१ गते, २०८२ - १०:२४
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...
मंसिर २१ गते, २०८२ - १०:१६
ललितपुर । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...
मंसिर २१ गते, २०८२ - ०९:५९
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...
मंसिर २१ गते, २०८२ - ०८:३५
नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...
मंसिर २१ गते, २०८२ - ०८:०५
मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...
मंसिर २१ गते, २०८२ - ०७:५५
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...




प्रतिकृया लेख्नुहोस्: