Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

हिमालय क्षेत्रमा सञ्चार साझेदारी र सामाजिक विकासमा जोड: काठमाडौंमा तेस्रो परा-हिमालय संगोष्ठी सम्पन्न

खबरडबली संवाददाता

काठमाडौं । हिमालय क्षेत्रका देशहरूमा प्रभावकारी सञ्चार र सामाजिक विकासका उपायहरूमा छलफल गर्न तेस्रो परा-हिमालय सञ्चार तथा सामाजिक संगोष्ठी काठमाडौंमा सम्पन्न भएको छ।

संगोष्ठीको आयोजनामा त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभाग र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी (UESTC) को पब्लिक एडमिनिस्ट्रेसन स्कूल संयुक्त रूपमा सहभागी भएका थिए। कार्यक्रममा हिमालय आसपासका देशका विज्ञ, शिक्षाविद्, संचारकर्मी र शैक्षिक संस्थाका प्रतिनिधिहरूले प्रभावकारी सञ्चार र सामाजिक विकासका लागि साझा प्रतिबद्धता व्यक्त गरे।

दुई दिनसम्म चलेको संगोष्ठीमा वक्ताहरूले हिमालय क्षेत्रको विकासमा विभाजनभन्दा साझा प्रयासमा जोड दिनुपर्नेमा बल दिएका थिए।

युनिभर्सिटी अफ टेक्ससका प्राध्यापक अरविन्द सिङ्गलले भने, “हिमालय क्षेत्रका देशहरू साझा संस्कृतिले जोडिनुपर्छ। साझा समस्यासँग जुध्दै, सञ्चार माध्यमले साझा कथा प्रस्तुत गर्नुपर्छ। सञ्चारका प्रस्तुतीहरूले समस्या समाधानको आवाज बन्नुपर्छ।”

त्यस्तै, कुमाउ विश्वविद्यालयकी प्राध्यापक दीपिका पन्तले पहाडी महिलाहरू यस क्षेत्रका समावेशी आवाज भएको बताउँदै, “पहाडी महिलाहरूको संघर्ष र जीवनशैली हिमालय क्षेत्रको प्रभावकारी सञ्चारको उदाहरण हो। भाषा र संस्कृति लोप हुँदै गर्दा पूरा इतिहास पनि मेटिने खतरा छ,” भनिन्।

भुटानको सूचनासूचना तथा मिडिया विभागका संस्थापक दाबा पेन्जोरले भने, “हिमालय क्षेत्रका देशहरूले आफ्नो सांस्कृतिक पहिचान जोगाउँदै आधुनिक प्रविधि अंगीकार गर्नुपर्छ।”

साथै, युनिभर्सिटी अफ पञ्जाबकी प्राध्यापक अविधा अस्रफले जलवायु परिवर्तन र प्राकृतिक प्रकोपका कारण हिमालय क्षेत्र संकटमा रहेको भन्दै, “साझा समस्या समाधानका लागि साझा प्रयास आवश्यक छन्। सीमा रेखाले प्राकृतिक प्रकोप रोकेन, सञ्चारका सिग्नल पनि रोकिनुहुँदैन,” उल्लेख गरिन्।

पान हिमालय कम्युनिकेशन रिसर्च सेन्टरका निर्देशक हान होङले हिमालय आसपासका देशबीचको सञ्चार साझेदारीले क्षेत्रको सामूहिक विकास, शान्ति र स्थायित्वमा योगदान पुर्याउने बताए।

संगोष्ठीमा ९ देशका १५० बढी विज्ञहरूको सहभागिता रहेको थियो। सम्मेलनमा समानान्तर पाँच सत्रमा ६० कार्यपत्र प्रस्तुत भएका थिए।

यसै संगोष्ठीको क्रममा त्रिभुवन विश्वविद्यालय र UESTC को जनप्रशासन विभागले संयुक्त रूपमा ‘रिसर्च सेन्टर फर डिजिटल एण्ड इन्टिलिजेन्ट पब्लिक गभर्नेन्स इन पान हिमालय रिजन’ स्थापना गरेको घोषणा पनि गरियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’

काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...

सुशीला सरकारले गरेका निर्णयमा कुनै आपत्ति छैन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुन...

रवि लामिछाने र प्रधानमन्त्री कार्कीबीच बालुवाटारमा शिष्टाचार भेट

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभाप...

समानान्तर संरचनाले कांग्रेसमा गहिरिँदै विभाजन

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...

एमाले नेता अधिकारीकाे रास्वपा प्रवेश गर्ने तयारी

काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निर्णय : गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौँ ।  सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...

‘पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले ५ वर्ष टिक्न दिँदैनन्ः सांसद विश्वराज पोखरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...

चुनावी हारपछि कांग्रेस–एमालेमा आन्तरिक तनाव तीव्र

काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले  भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...

१० घण्टादेखि कांग्रेस केन्द्रीय समिति बैठक, थापाको राजीनामा प्रस्ताव अस्वीकृत गर्ने मत एकमत

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: