चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी चुनावमा अन्य राजनीतिक दल र संगठनहरूसँग निर्वाचन गठबन्धन गर्न सकिने प्रस्ताव अघि सारेको छ।
सौराहामा आयोजित पार्टीको विस्तारित बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले पेश गरेको राजनीतिक प्रतिवेदनमा गठबन्धनको सम्भावना खुला राखिएको छ। उनले भने, “नयाँ र आधारभूत सैद्धान्तिक सवालमा मिल्ने स्वतन्त्र व्यक्ति, समूह, राजनीतिक पार्टीहरूसँग निर्वाचनमा र निर्वाचनपछि सरकार गठनमा सहकार्य तथा गठबन्धन गर्न सकिनेछ। तर, गठबन्धनका नाममा रास्वपाको पहिचानमा छायाँ पर्न दिइने छैन।”
अर्यालले प्रतिवेदनमा जोड दिए — प्रतिस्पर्धी दलको आलोचना मात्र नगरी आफ्ना नीति, कार्यक्रम र दृष्टिकोणलाई सकारात्मक ढंगले प्रस्तुत गर्नुपर्छ। उनले चुनावमा गठबन्धन गर्ने वा एक्लै लड्ने भन्ने विषयमा स्पष्ट रणनीति बनाउनुपर्ने र त्यसका फाइदा-नुक्सानको गहिरो विश्लेषण आवश्यक रहेको बताए।
प्रतिवेदनमा जनतासँग पारदर्शिता कायम गर्नुपर्ने र “अब आलोचना होइन, योजना” भन्ने नाराका साथ अभियान सञ्चालन गर्नुपर्नेमा जोड छ। साथै, मूलधार मिडिया र सामाजिक सञ्जालमा पार्टीको उपस्थितिलाई सशक्त बनाउनुपर्ने उल्लेख गरिएको छ।
रास्वपाले आफूलाई निर्विकल्प शक्तिको रूपमा स्थापित गर्दै किसान, मजदुर, युवा, महिला लगायत आम नेपाली जनताको समस्याको समाधानमा अघि बढ्ने योजना बनाएको छ। अर्यालले भने, “विगतका कमजोरीबाट पाठ सिक्दै चुनावी तयारी गर्नुपर्छ। यदि आगामी चुनावमा उत्साहजनक र नेतृत्वदायी परिणाम ल्याउन सकेनौं भने देशले पुराना दलहरूको कुशासन झेल्नुपर्छ र जेनजी आन्दोलनको म्यान्डेट विपरीत मुलुक अस्थिरतातर्फ धकेलिनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - १७:२९
काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभाका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन समीक्षा र पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्न सातै प्रदेशमा संयोजक ...
चैत्र १७ गते, २०८२ - १७:०८
काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अनिवार्य अभिमुखीकरण तालिमको शुल्क नबढेको स्पष्ट पारेको छ। विभागले जारी गरेको सू...
चैत्र १७ गते, २०८२ - १६:४२
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ सानो भर्याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन् । उक्त कार्यालयबाट सेवाग्राही...
चैत्र १७ गते, २०८२ - १६:३३
काठमाडौं । व्यवसायी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन चलिरहेकाले उनलाई अध्यागमनको कालोसू...
चैत्र १७ गते, २०८२ - १६:१८
काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ। मंगलबार बसेको पार्टी केन्द्रीय...
चैत्र १७ गते, २०८२ - १६:०१
काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरुट तहदेखि नै जोडेर खेलाडी उत्पादन गर्नुपर्ने बताएको छन् । राष्ट्रिय खे...
चैत्र १७ गते, २०८२ - १५:३३
काठमाडौँ। ‘काज’ मिलाएर सुगममा बसेका विशेषज्ञ चिकित्सक अब आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्किनुपर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
चैत्र १७ गते, २०८२ - १५:०८
काठमाडौं । .प्रधानमन्त्री बालेन शाहले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग जारी छलफलको क्रममा आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भेट गरेका ...
चैत्र १७ गते, २०८२ - १४:३१
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसँग सशस्त्र प्रहरीका उच्च अधिकारीले छलफल गरेको छन् । मंगलबार दिउँसो गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीका अधिकारीसँग ...
चैत्र १७ गते, २०८२ - १४:१२
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको ‘सिन्डिकेट’ अन्त्य गरेको छ। मन्...


प्रतिकृया लेख्नुहोस्: