Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

‘नेपाली कम्युनिस्ट पार्टी’ दल दर्ताको लागि निर्वाचन आयोग जाने

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी) लगायतका १० वटा कम्युनिस्ट घटकहरूको एकताबाट गठन भएको ‘नेपाली कम्युनिस्ट पार्टी’ दल दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारीमा रहेको छ।

तत्कालीन नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता रामकुमार भट्टराईका अनुसार दल दर्ताका लागि आवश्यक कागजात तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ। उनका अनुसार नेताहरूका हस्ताक्षर संकलनपछि सकेसम्म आज (शुक्रवार) नै वा आइतबारसम्म आयोगमा निवेदन दर्ता गरिने योजना छ।

‘आवश्यक डकुमेन्ट तयार गर्ने काम भइरहेको छ। नेताहरूलाई हस्ताक्षरका लागि शुक्रवार बोलाइएको छ। सबै डकुमेन्ट पूरा भयो भने आजै आयोग जाने कि भन्ने छ,’ भट्टराईले भने, ‘आज भ्याइएन भने आइतबार जान्छौं।’

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन चाहने नयाँ राजनीतिक दललाई कात्तिक ३० गतेभित्र दल दर्ता गराइसक्न सूचना जारी गरेको छ।

यसअघि कात्तिक १९ गते (बुधवार) ‘नेपाली कम्युनिस्ट पार्टी’को घोषणा गरिएको थियो। त्यतिबेला नेताहरूले दल दर्ता प्रक्रियाबारे आयोगलाई प्राथमिक जानकारी मात्र गराएको बताएका छन्।

नवगठित पार्टीमा संयोजक र सह–संयोजक रहने, चुनाव चिह्न पाँचकुने तारा रहने सहमति भएको छ। तर केन्द्रीय कमिटीको आकार भने एकतामा सहभागी दलका केन्द्रीय सदस्यहरूको सङ्ख्याका आधारमा निर्धारण गरिने भएको छ।

‘धेरै दलहरू एकतामा जोडिएका छन्। तिनको केन्द्रीय समिति कति छ भन्ने हिसाब गरेर सङ्ख्या टुंग्याउनुपर्ने हुन्छ,’ नेता बेदुराम भुसालले भने, ‘अरू दल पनि थपिन सक्ने भएकाले सकेसम्म छिटो आयोगमा जाने तयारी भइरहेको छ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

कोलम्बिाया। कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइएको छ । कोल...

बाजुराका ९३ बस्ती पहिरोको उच्च जोखिममा, ४९ बस्ती स्थानान्तरणको प्रतीक्षामा

बाजुरा । बाजुराका नौवटै स्थानीय तहका ९३ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको पाइएको छ। तीमध्ये ४९ बस्ती तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुप...

कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा बन्दसत्र सुरु, तीन प्रतिवेदन पेश

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आजदेखि बन्दसत्र सुरु भएको छ। काठमाडौंको सुकेधारास्थित मिराकल प्यालेसमा जारी भेला...

ग्यासको हाहाकारपछि काठमाडौंका पाँच ठाउँमा यसरी भइरहेको छ बिक्री

काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट विशेष रूपमा ग्यास बिक्री वितरण सुरु गरेको छ। ग्यासको अभाव...

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

मुस्ताङ। प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास सम...

अपडेट: रोकिएको बस गुड्दा नुवाकोटमा दुई जनाको मृत्यु, तीन घाइते

काभ्रेपलाञ्चोक । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस अचानक गुडेर इभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ...

रोकिएको बस आफैं गुड्दा नुवाकोटको थानाभञ्ज्याङमा बस र भ्यान भिरबाट खसे

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा सडकछेउमा रोकिएको बस आफैं गुडेर अर्को सवारीलाई ठक्कर दिँदा बस र इभी भ्यान सडकबाट करिब ३०–४० मि...

रोक्का बजेट फुकुवा नहुँदा पूर्वाधार निर्माण प्रभावित

तनहुँ। सङ्घ र प्रदेश सरकार मातहतका पूर्वाधार आयोजनाहरूमा रोक्का भएको बजेट समयमै फुकुवा नहुँदा जिल्लामा सञ्चालित विकास निर्माणका काम प्रभावित बनेका छन्...

ठमेलको ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’ बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन

म्याद सकिएको लाइसेन्सदेखि नक्कली उपाधिसम्म

नारायणगढमा झडप हुँदा चार जना घाइते

नारायणगढ। शुक्रबार राति नारायणगढमा भएको झडपमा चार जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–३, लायन्सचोकस्थित फायर क्लबमा राति १:२० बजे दुई समूहबिच झैझग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending