Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

राहदानीको विषय समाधान उन्मुख छ, बाहिर प्रचारमा आएजस्तो अवस्था छैन: परराष्ट्र मन्त्रालय

खबरडबली संवाददाता

काठमाडौँ। परराष्ट्र मन्त्रालयले हाल सेवाग्राहीको उच्च मागअनुसार राहदानी पुस्तिका केही न्यून सङ्ख्या भएपनि यो विषय समाधान उन्मुख रहेको जनाएको छ । राहदानी पुस्तिका बाहिर प्रचारमा आएजस्तो अवस्थामा नरहेको मन्त्रालयले स्पष्ट पारेको हो ।

मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग विसं २०८२ साउनमा खरिद सम्झौता गरिसकेको छ । उक्त सम्झौताअनुसार आगामी फागुन ११ गतेदेखि राहदानी सेवा सञ्चालन हुनेगरी पूर्वाधार तथा प्रणाली निर्माणसम्बन्धी कार्य तीव्र रूपमा भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, “हामी अहिले नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने ‘हेण्डओभर–टेकओभर’को सङ्क्रमणकालीन अवस्थामा छौँ । नयाँ खरिद सम्झौताबमोजिम नयाँ सेवा प्रदायकले आगामी फागुन ११ गतेदेखि राहदानी उत्पादन प्रारम्भ गर्ने निश्चित भएको छ ।”

विभागबाट प्रदान गरिने अत्यावश्यक राहदानी सेवा निरन्तर सञ्चालनमा रहने भएपनि अतिआवश्यक परेका आकस्मिक उपचार, तत्काल रोजगारी वा विदेशमा अप्ठ्यारोमा परेको अवस्थाका व्यक्तिले मात्र हाल राहदानीका लागि आवेदन प्रक्रिया अगाडि बढाउन मन्त्रालयले अनुरोध गरेको छ । साथै मन्त्रालयले यस्तो अवस्थामा सबैले धैर्य गरी सरकारलाई सहयोग पुर्‍याउन आग्रहसमेत गरेको छ ।

हालको सङ्क्रमणकालीन अवस्थामा राहदानीको अभाव नहुने व्यवस्था गर्न आवश्यक कार्य भइरहेको बताउँदै प्रवक्ता क्षेत्रीले यही कात्तिक १७ गते साँझ ५ बजेदेखि दैनिक ९सार्वजनिक बिदाको अघिल्लो दिन बाहेक० एक हजार जनाको आवेदन लिने व्यवस्था मिलाइएको जानकारी दिए । यसबाट हालको अत्यावश्यक माग पूरा गर्न सकिने मन्त्रालयको अपेक्षा छ । 

मन्त्रालयले आगामी फागुन ११ गतेदेखि राहदानी सेवा पूर्ण रूपमा सञ्चालन हुने भएकाले हालको सङ्क्रमणकालीन अवस्थामा अत्यावश्यक भएमात्र आवेदन दिनहुन सबैमा आग्रह गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली पक्राउको विरोधमा प्रदर्शन, सिंहदरबारको दक्षिण गेटबाट ७ जना पक्राउ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा काठमाडौंमा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्। जिल्ला प्रहर...

देशभर २४ घण्टामा ३८ विपद्का घटना: तीन जनाको मृत्यु

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २८ जिल्लामा ३८ वटा विपद्का घटना दर्ता भए...

सरकारको दिनगन्ती सुरु भयो, भोलीबाट आन्दोलन थप सशक्त बनाउने महेश बस्नेतको चेतावनी

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत ले आफ्नो पार्टीले देशभर आन्दोलन अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्। प्रहरीबाट आफूहरूमाथि दमन भएको ...

सिंहदरबार आसपास क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ

काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि राजधानीको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। सुरक्षा स्थिति नियन्त्रणमा लिन प्...

ओली-लेखक पक्राउप्रति पूर्वराष्ट्रपति भण्डारीको आपत्ति, फिर्ता लिन आग्रह

काठमाडौँ । विद्यादेवी भण्डारी ले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको...

प्रहरीको लाठीचार्जबाट एमाले कार्यकर्ता घाइते

काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा उत्रिएका एमाले कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जका क्रममा युवराज ओलीसहित केही ने...

बबरमहलमा प्रहरी र एमाले कार्यकर्ताबीच झडप, क्षेत्र तनावग्रस्त

काठमाडौं । बबरमहल क्षेत्रमा प्रहरी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको ह...

मुटुको चाल बढेको र पेट दुखेको ओलीको गुनासो

काठमाडौं । केपी शर्मा ओली हाल त्रिवि शिक्षण अस्पताल मा उपचाररत रहेका छन्। शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल लगिएको थिय...

बलात्कार आरोपमा पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्। मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्राग...

एमालेको प्रदर्शनले माइतीघरको अवस्था तनावग्रस्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि राजधानीको माइतीघर क्षेत्र तनावग्रस्त बनेक...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending