Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

ओली र लेखकमाथि ज्यान मुद्दामा अघि बढ्यो अनुसन्धान

खबरडबली संवाददाता

काठमाडौं । २३ भदौको जेन–जी आन्दोलनमा लापरबाहीपूर्वक बल प्रयोग गरी युवाको ज्यान लिएको कसुरमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ । 

बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको १२ घण्टामै ओली र लेखक पक्राउ परेका हुन् । प्रहरीले २४ भदौको आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्नमध्ये १२ चैतसम्म ९४९ व्यक्तिलाई पनि पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।

प्रहरी टोलीले ओलीलाई भक्तपुर गुन्डुस्थित निवास र पूर्वगृहमन्त्री लेखकलाई भक्तपुरकै कटुन्जेबाट शनिबार बिहानै नियन्त्रणमा लिएको हो । उनीहरूलाई ‘लापरबाही र हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने’ कसुरमा पक्राउ गरिएको र आइतबार अदालतमा पेस गरिने जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । 

आयोगले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीकै लापर्बाहीका कारण युवाहरूको ज्यान गएको निष्कर्षसहित फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ । आयोगको प्रतिवेदनमा भनिएको छ, ‘भदौ २३ गते गोली प्रहारबाट केहीको मृत्यु भइसकेपछि पनि गोली रोक्नेतर्फ तत्कालीन प्रधानमन्त्रीलगायत कुनै पनि पदाधिकारीहरू अग्रसर नभई लापरबाहीपूर्ण र हेलचेक्राईपूर्ण क्रियाकलाप र व्यवहार गरेकै कारणले नै अत्याधिक मानवीय क्षति हुन पुग्यो ।’ 

प्रहरीले जरुरी पक्राउ पुर्जी दिएर उनीहरूलाई पक्राउ गरेको हो । आइतबार १० बजे नै उनीहरूलाई थुनामा राख्न अनुमतिका लागि अदालत पेस गर्ने प्रहरीको तयारी छ । मुलुकी अपराध संहिताअनुसार यस्तो कसुरमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । पक्राउ परेका ओलीलाई कमजोर स्वास्थ्य अवस्थाका कारण त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ भने लेखकलाई प्रहरीको महाराजगन्जस्थित २ नम्बर गणमा राखिएको छ । 

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की अध्यक्षतामा बनेको जाँचबुझ आयोगको प्रतिवेदन सुरक्षा संयन्त्रको हकमा बाहेक तत्काल कार्यान्वयन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । त्यसलगत्तै गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसँग मन्त्रालयमा छलफल गरेका थिए । शुक्रबार बेलुका नै उनीहरूलाई जसरी पनि पक्राउ गर्नुपर्ने मन्त्री गुरुङको जोड थियो । तर, प्रहरी अधिकारीले भने अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउ गर्दा राम्रो हुने सुझाव दिएका थिए । 

जसकारण तत्काल प्रहरी खटिएन । पछि प्रहरी प्रधान कार्यालयमा गृहसचिव र कानुनसचिवलाई समेत बोलाएर राति १० बजेदेखि लामो छलफल भएको थियो । गृहमन्त्रीले जसरी पनि पक्राउ गर्ने बताएपछि बिहानै पक्राउ गर्ने योजना बनेको हो । त्यसका लागि गृह मन्त्रालयबाट लिखित पत्र प्रहरी प्रधान कार्यालय पठाइएको थियो । सोही पत्रअनुसार प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरीलाई पत्राचार गरी जरुरी पक्राउ पुर्जी तयार गरिएको थियो । सोहीअनुसार तयारी गरी बिहान करिब ६ बजे उनीहरू पक्राउ परेका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सारङ्गीको धुनमा गुजारा

तनहुँ । बुटवल बसोबास गर्दै आएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती भएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभि...

७७ जनाको ज्यान जानु सामान्य कुरा होइन, मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा छैन : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका छन्।  पार...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं । पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो। कांग्रेस नेतासमेत र...

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रे । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ  । जिल्ला प्रहरी क...

एमालेले आज अदालत खुल्नेबित्तिकै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्ने

काठमाडौं ।  एमालेले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी गिरफ्तार गरेको भन्दै आइतबारै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता...

ओली र लेखकमाथि ज्यान मुद्दामा अघि बढ्यो अनुसन्धान

काठमाडौं । २३ भदौको जेन–जी आन्दोलनमा लापरबाहीपूर्वक बल प्रयोग गरी युवाको ज्यान लिएको कसुरमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई ...

ओली-लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्...

ओली पक्राउको विरोधमा एमालेले आज पनि प्रदर्शन गर्ने, सीडीओ कार्यालयमा विरोधपत्र पनि बुझाउँदै

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ। एमालेले आज देशभरका जिल्ला प्रशास...

यी हुन् शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठ)

काठमाडौँ । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्...

आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, यी स्थानमा हुनसक्छ हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका क...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending