Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

स्थगित हुँदै आएको कांग्रेस बैठक पुन: सुरु, महाधिवेशन मितिमा अझै मतभेद

खबरडबली संवाददाता

काठमाडौँ । पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि पुन: सुरु भएको छ।

शुक्रबारदेखि बस्न नसकेको बैठक आज ९मंगलबार० पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको हो। बैठक २८ असोजमा सुरु भए पनि महाधिवेशन मितिबारे सहमति नजुटेकै कारण निरन्तर स्थगित हुँदै आएको थियो।

बैठकमा आगामी १५औं महाधिवेशनको मितिबारे मुख्य छलफल भइरहेको नेताहरूले बताएका छन्। महाधिवेशन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा सहमति जुट्न नसकेपछि विवाद बढेको हो।

महामन्त्री गगन थापाले चुनावअघि नै महाधिवेशन गर्ने प्रस्ताव ल्याउने तयारी गरेका छन् भने संस्थापन पक्षले चुनावपछि महाधिवेशन गर्ने कार्यतालिका पेश गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

गत शुक्रबार र आइतबारका लागि तोकिएका बैठकहरू पनि सहमति नजुटेकै कारण बस्न नसकी स्थगित भएका थिए। आजको बैठकमा दुवै पक्षले फरक–फरक प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन्।

संस्थापन पक्षीय नेताहरूले सोमबार नयाँ बानेश्वरमा बसेको भेलामा वैशाख २५ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने प्रस्ताव पारित गरेका छन्। तर, इतर पक्षका नेताहरूले प्रतिनिधिसभा निर्वाचनअघि नै नियमित, अन्यथा विशेष महाधिवेशन गर्नुपर्ने माग दोहोर्याइरहेका छन्।

विशेष महाधिवेशनको मागसहित करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरयुक्त पत्र बुझाइसकेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगारी स्वास्थ्य परीक्षणको ‘सिन्डिकेट’ अन्त्य, अब सरकारी अस्पतालबाटै सेवा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको ‘सिन्डिकेट’ अन्त्य गरेको छ। मन्...

मधेश केन्द्रित नेताहरूसँग संवादमा रवि, आजपा अध्यक्ष साहसँग पनि भेटवार्ता

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभू साहबीच भेटवार्ता भएको छ।  सभापति लाम...

धुम्बाराहीमा कांग्रेस संस्थापनइतर समूहको भेला, कुन- कुन नेता सहभागी भए ?

काठमाडौं । नेपाली कांग्रेस को संस्थापनइतर समूहको भेला आज धुम्बाराहीस्थित होटल स्मार्टमा हुँदैछ। भेलामा पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय ...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल

काठमाडौं ।प्रधानमन्त्री बालेन शाहले आज सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

भक्तपुर र महोत्तरीमा सवारी दुर्घटना र डुबेर चार जनाको मृत्यु

काठमाडौँ । भक्तपुर र महोत्तरीमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  यसैगरी, कपिलवस्तु र धनुषामा डुबेर दुई जनाक...

रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबिच भेट

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबिच भेटवार्ता भएको छ ।...

संसद् अधिवेशनअघि सर्वदलीय बैठक आह्वान

काठमाडौं । संघीय संसद्को अधिवेशन आह्वान भएसँगै संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको छ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान भएपछि उक्त बैठक...

मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा १३ जना घाइते

मकवानपुर। मकवानपुरमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा १३ जना घाइते भएका छन् । कान्ति लोकपथअन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ र ५ को  सिमाना स...

सुन तोलामा छ हजार ७ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु छ हजार ७०० र चाँदी रु १४५ ले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घ...

संसद् बैठकको कार्यसूची बुधबार आउँदै

काठमाडौँ। सङ्घीय संसदको दुबै सदनको बैठक बिहीबार दिउँसो २ बजे बस्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट दुबै सदनको बैठक आह्वान भएपछि संसद संचिवालयले...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending