काठमाडौँ । पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि पुन: सुरु भएको छ।
शुक्रबारदेखि बस्न नसकेको बैठक आज ९मंगलबार० पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको हो। बैठक २८ असोजमा सुरु भए पनि महाधिवेशन मितिबारे सहमति नजुटेकै कारण निरन्तर स्थगित हुँदै आएको थियो।
बैठकमा आगामी १५औं महाधिवेशनको मितिबारे मुख्य छलफल भइरहेको नेताहरूले बताएका छन्। महाधिवेशन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा सहमति जुट्न नसकेपछि विवाद बढेको हो।
महामन्त्री गगन थापाले चुनावअघि नै महाधिवेशन गर्ने प्रस्ताव ल्याउने तयारी गरेका छन् भने संस्थापन पक्षले चुनावपछि महाधिवेशन गर्ने कार्यतालिका पेश गर्ने तयारी गरेको स्रोतले जनाएको छ।
गत शुक्रबार र आइतबारका लागि तोकिएका बैठकहरू पनि सहमति नजुटेकै कारण बस्न नसकी स्थगित भएका थिए। आजको बैठकमा दुवै पक्षले फरक–फरक प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन्।
संस्थापन पक्षीय नेताहरूले सोमबार नयाँ बानेश्वरमा बसेको भेलामा वैशाख २५ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने प्रस्ताव पारित गरेका छन्। तर, इतर पक्षका नेताहरूले प्रतिनिधिसभा निर्वाचनअघि नै नियमित, अन्यथा विशेष महाधिवेशन गर्नुपर्ने माग दोहोर्याइरहेका छन्।
विशेष महाधिवेशनको मागसहित करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरयुक्त पत्र बुझाइसकेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:१९
भैरहवा। नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका उम्मेदवारका लागि जिल्लाबाट सिफारिस भएर आएका सबै नाम केन्द्रीय सम...
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...




प्रतिकृया लेख्नुहोस्: