Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

४० वर्षे सम्बन्ध तोड्दै शर्माले दाहाललाई भने– ‘कुनै घुम्तीमा फेरि भेटौंला’

खबरडबली संवाददाता

काठमाडौं । माओवादी संयोजक पुष्पकमल दाहाल र सचिवालय सदस्य जनार्दन शर्माबीच पार्टी जीवनको बिदाइ भेटवार्ता भएको छ ।

माओवादीले नेकपा एकीकृत समाजवादीलगायत साना कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णय गरेपछि फरक राजनीतिक बाटो लिने निर्णय गरेका शर्मालाई फकाउन दाहालले आइतबार बोलाएका थिए । शर्मा आफ्नो निर्णयमा टसमस नभएपछि दुई नेताले एकअर्कालाई ‘गुडबाइ’ भनेका छन् ।

माओवादीलाई अरू दलसँग मिलाएपछि आफू बिदाइ भेट गर्न आएको शर्माले बताएका थिए । ‘तपाईंले माओवादीलाई माधव नेपालको पार्टीसँग मिलाउनुभयो । म माओवादीलाई जीवित राखेर जान्छु । बृहत् कम्युनिस्ट एकता अभियानमा लाग्छु’ शर्माको भनाइ थियो, ‘बृहत् एकतापछि कुनै घुम्तीमा हामी भेटौंला ।’

भेटमा दाहालले पार्टी एकतापछि हुने महाधिवेशनमा आफूले नेतृत्व हस्तान्तरण गर्ने आश्वासन दिए पनि शर्माले पत्याएनन् । ‘केन्द्रीय समितिले दुई पटक विशेष महाधिवेशन गर्ने निर्णय गर्‍यो । तपाईंले विभिन्न बहानामा टार्दै आउनुभयो,’ उनले भने, ‘तपाईंले महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने पत्याउन सकिँदैन ।’

कुराकानी यतिमै रोकिएन । दाहालको नेतृत्व स्विकारेरै नेता मान्दै आए पनि पछिल्लो समय धोका दिएको शर्माले आरोप लगाए । ‘मैले पार्टी निर्माणका लागि मत राख्दै आएको हुँ । मेरो तपाईंसँग कुनै व्यक्तिगत कुरा छैन,’ उनले थपे, ‘राजनीतिक विषयलाई मैले व्यक्तिगत रूपमा लिएको छैन ।’ 

भेटमा २०४६ को जनआन्दोलन, दस वर्ष सशस्त्र युद्ध, शान्ति प्रक्रिया, संविधान निर्माणपछि हालसम्म दाहालसँग भएको सहकार्यलाई शर्माले स्मरण गरे । ‘तपाईं र मबीच यति लामो सहकार्य भयो । मैले तपाईंलाई नेता मान्दै आएँ । अब भने तपाईंले माओवादीलाई अरूसित मिलाउनुभयो’ उनले भनाइ थियो, ‘म माओवादीमै रहन्छु ।’

दाहाल र शर्माको भेट २०४२ सालमा रुकुममा भएको थियो । त्यतिबेला दाहालको पार्टीको नाम ‘विश्वास’ थियो भने शर्माको नाम ‘प्रभाकर’ राखियो । दसवर्षे माओवादी सशस्त्र युद्धका ‘सुप्रिम’ कमान्डर दाहाल थिए भने चारमध्ये एक ‘डेपुटी कमान्डर’ थिए शर्मा । 

२०६४ मा शान्ति प्रक्रियामा आएपछि दाहाललगायत सबै नेता सार्वजनिक भए । शर्मा पनि खुला राजनीतिमा उत्रिए । नेपाली सेनामा लडाकु समायोजन, शान्ति प्रक्रिया र संविधान निर्माणको काममा उनले पार्टी प्रमुख दाहाललाई नजिक रहेर सघाए । दाहालको ‘शयन कक्ष’ सम्म पुगेर सुझाव सल्लाह दिने उनको हैसियत थियो । दाहालले पनि विश्वास गरेर महत्त्वपूर्ण जिम्मेवारी दिँदै गए । पार्टीका तर्फबाट शर्मा पटकपटक महत्त्वपूर्ण मन्त्री बने ।

२०७४ मा एमाले–माओवादी चुनावी गठबन्धन र त्यसपछि पार्टी एकताको एक साक्षी शर्मा पनि थिए । एकता प्रक्रियामा उनको भूमिका महत्त्वपूर्ण थियो । तर तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको शक्ति संघर्षका कारण एकता लामो समय टिक्न सकेन । 

अन्तरसंघर्ष चर्किरहेकै बेला २०७७ फागुन २३ मा एक मुद्दामा नेपाल कम्युनिस्ट पार्टी अर्कैको नाममा दर्ता भएको भन्दै सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग गरिदिएको थियो । दाहाल र शर्माबीच अविश्वासको बीजारोपण २०७८ पुसमा भएको आठौं महाधिवेशनदेखि भएको नेताहरू बताउँछन् । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजरायल र इरानले एकअर्कामाथि नयाँ हमला गरिरहँदा ट्रम्पले भने- तेहरान युद्ध अन्त्य गर्न आतुर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध अन्त्य गर्नेबारे "अहिले" कुराकानी चलिरहेको र अमेरिकाले कुराकानी गरिरहेका "मानिसहरू" "सम्झौता ...

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस हो । न्यायको माग, सुरक्षा सुनिश्चितता तथा वि...

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

पर्सा । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आव...

कुलमानले भने- वैकल्पिक बाटोबाट मन्त्री बन्ने कल्पनासमेत गर्न सकिँदैन

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने हल्लाको खण्डन गरेका छन्। जनताको म्यान्डेटविपरीत व...

सुहाङ र निश्कललाई ‘नेता’ बनाउन दबाब

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यको शपथग्रहण नजिकिएसँगै संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दल संसदीय दलको नेता चयन गृहकार्यमा जुट...

न्यायिक विलम्बको चक्रव्यूहमा रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्या...

रास्वपा सरकारको पहिलो दिनमै मन्त्रालय कटौती र संरचना पुनर्गठनको तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै प्रशासनिक संरचना परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी ग...

आज दासत्व पीडितहरूको स्मृति दिवस मनाइँदै

काठमाडौँ । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्...

पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हि...

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्ति पीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: