काठमाडौं । जेन-जी आन्दोलनपछि २४ भदौमा मच्चिएको तोडफोडका क्रममा प्रहरी वृत्त स्वयम्भूबाट चोरी गरिएको पेस्तोल बिक्री गर्ने गिरोह पक्राउ परेका छन्।
हातहतियार खरिद–विक्रि भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पाँच जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा धादिङका २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौं–१५ का राजन देउला ९२५०, भारतीय नागरिक अकबर खान ९२४०, विजेश्वरीका सुमिन शाक्य ९२६० र क्षेत्रपाटीमा पसल सञ्चालन गर्ने प्रभात मल्ल ९३८० रहेका छन्।
प्रहरी वृत्त स्वयम्भूका डीएसपी मोहनमणि अधिकारीका अनुसार गुरुङले २४ भदौमा प्रहरी कार्यालयमा मच्चिएको घटनाका बेला पेस्तोल लुटेको अनुसन्धानबाट खुलेको हो।
‘गुरुङले चोरेको पेस्तोल देउलासँग पुगेको र त्यसपछि अकबर खानमार्फत बिक्री गर्न खोजिएको पाइएको छ,’ डीएसपी अधिकारीले बताए। ‘खानमार्फत सुमिन शाक्यले ६५ हजार रुपैयाँमा खरिद गरेको र शाक्यले फेरि प्रभात मल्ललाई १ लाख रुपैयाँमा बिक्री गरेको भेटिएको छ।’
प्रभात मल्लको पसलको चेन्जिङ रुममा कपडाले बेरेर लुकाइएको अवस्थामा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद पेस्तोलसँगै म्याग्जिन र १५ राउन्ड गोली पनि भेटिएको छ।
पक्राउ परेकामाथि हातहतियार तथा खरखजाना ऐन, २०१७ बमोजिम कानूनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - १७:५३
काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई अनुसन्धानका लागि ५ दिन थप थुनामा राख्ने अनुमति दिएक...
चैत्र १५ गते, २०८२ - १७:२९
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आगामी जेठ १० गतेसम्म आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। संघीय संसद सचिवालयअन्तर्गतको सांसद सु...
चैत्र १५ गते, २०८२ - १७:२१
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। उनीमाथि लागेको आरोप सम्...
चैत्र १५ गते, २०८२ - १७:१२
काठमाडौं । रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथिको ...
चैत्र १५ गते, २०८२ - १६:५९
काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने विषय आफूले नै उठाएको बताएका छन्। आइतबार पार्टी कार्यालयमा...
चैत्र १५ गते, २०८२ - १६:५३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा भइरहेको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। माइतीघर–बबरमहल क्ष...
चैत्र १५ गते, २०८२ - १६:३९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारलाई पूर्वाग्रह वा प्रतिशोधका आधारमा काम नगर्न चेतावनी दिएको छ। आइतबार पेरिसडाँडास्थित केन्द्रीय कार्...
चैत्र १५ गते, २०८२ - १६:१४
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको थुनामुक्तिको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको...
चैत्र १५ गते, २०८२ - १६:०७
हेटौंडा । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार उद्योग, वाणिज्य त...
चैत्र १५ गते, २०८२ - १५:३७
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन्। नेकपाका सांसद रमेश मल्लका अनुसार आइतबा...



प्रतिकृया लेख्नुहोस्: