पोखरा । लगातारको वर्षा र भारी हिमपातका कारण उपल्लो मुस्ताङसँग सडक, विद्युत् र इन्टरनेट सम्पर्क विच्छेद भएको छ। राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक भासिएको छ, जसका कारण करिब साढे पाँच सयभन्दा बढी पर्यटक र सयभन्दा बढी सवारीसाधन त्यहीँ अलपत्र परेका छन्।
बागबेनीपारि छुसाङदेखि माथिल्लो क्षेत्रसम्म सडक, विजुली र सञ्चार सेवा सबै ठप्प भएका छन्। लोमान्थाङलगायतका बस्तीहरू ११ कात्तिकदेखि नै सम्पर्कविहीन बनेका हुन् भने शनिबारदेखि छुसाङ र दामोदरकुण्ड क्षेत्र पनि पूर्ण रूपमा विच्छेद भएका छन्।
मुस्ताङका प्रहरी प्रमुख डीएसपी छिरिङ किप्पा लामाका अनुसार छुसाङदेखि माथिल्लो भागसम्म कम्तीमा आधा दर्जन ठूला पहिरो खसेका छन्। पहिरो पन्छाउन जेसिबी परिचालन गरिएको भए पनि पूर्ण रूपमा सडक खुल्न अझै केही दिन लाग्ने अनुमान गरिएको छ।
दशैं–तिहार पछिको पर्यटन चापका कारण पछिल्ला १० दिनमै करिब ४० हजार पर्यटक मुस्ताङ पुगेका थिए। तीमध्ये धेरै मोटरसाइकल, निजी सवारी वा सार्वजनिक गाडीमार्फत चिनियाँ नाका कोरोलासम्म पुग्ने क्रममा रहेका थिए। हिमपातका कारण जोखिमपूर्ण यात्रा भए पनि धेरै पर्यटकले रोमाञ्चक अनुभव पाएको बताएका छन्।
प्रशासनले कात्तिक ११ गतेदेखि नै उच्च पहाडी क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरे पनि धेरै पर्यटक पदमार्गमै थिए। कागबेनी वरपरको क्षेत्रमा परेको हिमपातपछि केही ठाउँमा उद्धारको आवश्यकता पनि परेको थियो।
वारागुङ मुक्तिक्षेत्रदेखि माथिल्लो भागमा लगातारको वर्षा र हिमपातका कारण पहिरो बग्ने, चौपाया मर्ने र पूर्वाधारमा क्षति पुगेको जनाइएको छ। यद्यपि किसान भने यस वर्षको समयमै परेको हिमपातले उत्साहित छन्।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार अहिले करिब साढे पाँच सयभन्दा बढी पर्यटकसँग सम्पर्क विच्छेद भएको अनुमान छ। प्रशासन र सुरक्षाकर्मीहरूले सडक र सञ्चार पुनःस्थापनाका प्रयासलाई तीव्र पारेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: