Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

राष्ट्रपति ट्रम्पको आणविक परीक्षण आदेशले विश्वव्यापी तनाव चर्कायो

खबरडबली संवाददाता

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक हतियार परीक्षण सुरु गर्ने आकस्मिक निर्देशन जारी गर्नुभएपछि विश्वभर तीव्र प्रतिक्रिया र चिन्ता उत्पन्न भएको छ । यो निर्णयले नयाँ महाशक्ति प्रतिस्पर्धा र विश्व सुरक्षाको सन्तुलनमा गम्भीर असर पार्ने आशङ्का गरिएको छ ।

आफूलाई ‘शान्तिप्रिय राष्ट्रपति’ भएको दाबी गर्दै आएका ट्रम्पले दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको शिखर सम्मेलनमा सहभागी हुनुअघि नै सामाजिक सञ्जालमार्फत उक्त घोषणा गरेको थिए । तर उनको उक्त वक्तव्यले धेरै प्रश्न खुला छोडेको छ-विशेष गरी, उनले केवल हतियार प्रणाली परीक्षणको आदेश दिएको हो वा वास्तविक आणविक विस्फोट परीक्षण गरिन थालेको हो भन्ने कुरा अस्पष्ट छ । संयुक्त राज्य अमेरिकाले सन् १९९२ यताका तीन दशकदेखि कुनै पनि आणविक विस्फोट परीक्षण गरेको छैन ।

ट्रम्पको आदेशपछि अमेरिकाका प्रमुख आलोचक इरानले कडा आपत्ति जनाउँदै यसलाई ‘अत्यन्तै प्रतिगामी र गैरजिम्मेवारपूर्ण कदम’ भनेको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जालमा लेख्दै भने, “एक आणविक–सशस्त्र बदमाशीले आणविक हतियार परीक्षण पुन: सुरु गरेको छ, जबकि उही देशले इरानको शान्तिपूर्ण आणविक कार्यक्रममाथि दोषारोपण गर्दै आएको छ ।”

यसैबिच, जापानमा द्वितीय विश्वयुद्धका आणविक बम पीडितको संस्था निहोन हिडान्क्योले टोकियोस्थित अमेरिकी दूतावासमा औपचारिक विरोधपत्र पठाएको छ । नोबेल शान्ति पुरस्कार विजेता उक्त समूहले एएफपीलाई पठाएको पत्रमा भनिएको छ, “राष्ट्रपति ट्रम्पको निर्णयले आणविक हतियाररहित शान्तिपूर्ण संसारको दिशामा विश्वभर चलिरहेका प्रयासहरूलाई प्रत्यक्ष चुनौती दिएको छ । यो कार्य पूर्णरूपमा अस्वीकार्य छ ।”

वैश्विक प्रतिबन्धको उल्लङ्घनको आशङ्का

चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटपछि चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले अमेरिकालाई विश्वव्यापी आणविक परीक्षण प्रतिबन्ध सन्धिको ‘गम्भीरतापूर्वक पालना गर्न’ आग्रह गरे। चीन र संयुक्त राज्य अमेरिकाले पछिल्ला वर्षमा आणविक परीक्षणमा रोक लगाए पनि रुस र अमेरिका दुवैले आणविक-सक्षम प्रणाली समावेश गरी नियमित सैन्य अभ्यास जारी राख्दै आएका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आफ्ना उपप्रवक्तामार्फत वक्तव्य जारी गर्दै भने, “कुनै पनि परिस्थितिमा आणविक परीक्षणलाई अनुमति दिन सकिँदैन ।” उनले यस कदमले विश्व शान्तिमा नयाँ सङ्कट उत्पन्न गर्ने चेतावनी दिए। संयुक्त राज्य अमेरिका सन् १९९६ देखि व्यापक आणविक-परीक्षण-प्रतिबन्ध सन्धिको हस्ताक्षरकर्ता राष्ट्र हो । उक्त सन्धिले नागरिक वा सैन्य उद्देश्यका सबै प्रकारका आणविक विस्फोट परीक्षणलाई निषेध गर्दछ ।

यसबिच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै भने, “राष्ट्रपति महोदयको वक्तव्यले आफ्नै लागि बोल्छ । हामीसँग रहेको आणविक शस्त्रागार वास्तवमै प्रभावकारी रूपमा कार्यरत छ भन्ने सुनिश्चित गर्नु हाम्रो राष्ट्रिय सुरक्षाको एक अत्यावश्यक अंश हो ।” उनले परीक्षण आदेशबारे प्राविधिक विवरण खुलाउन अस्वीकार गरे।

ट्रम्पको उक्त निर्देशन रुसले केही दिनअघि मात्र आणविक-सक्षम र आणविक-सञ्चालित क्रुज मिसाइल तथा समुद्री ड्रोनको परीक्षण गरेको घोषणा गरेपछि आएको हो । ट्रम्पले यसअघि ‘ट्रुथ सोसल’ मा लेखेको थिए, “अन्य देशले परीक्षण कार्यक्रम सञ्चालन गरिरहेका कारण मैले युद्ध मन्त्रालयलाई हाम्रो आणविक हतियारहरूको समान आधारमा परीक्षण सुरु गर्न निर्देशन दिएको छु ।” उनले दाबी गरे, “संयुक्त राज्य अमेरिकासँग विश्वमै सबैभन्दा ठूलो र शक्तिशाली आणविक भण्डार छ ।”

तर स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट ९एसआइपिआरआई० को ताजा तथ्याङ्क अनुसार रुससँग पाँच हजार ४८९, अमेरिकासँग पाँच हजार १७७ र चीनसँग करिब ६०० आणविक हतियार रहेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले ट्रम्पको ज्ञान र सूचनाको स्रोतमाथि प्रश्न उठाउँदै भन्नुभयो, “रुसी सैन्य अभ्यासलाई कुनै पनि हिसाबले आणविक परीक्षणको रूपमा व्याख्या गर्न सकिँदैन । हामी आशा गर्छौ कि राष्ट्रपति ट्रम्पलाई सही जानकारी प्रदान गरिएको छ ।” उनले चेतावनी स्वरमा थपे, “यदि ट्रम्प प्रशासनले प्रत्यक्ष आणविक वारहेड परीक्षण अघि बढायो भने, रुस पनि त्यसको जवाफी परीक्षण गर्न बाध्य हुनेछ ।”

ट्रम्पले भने पत्रकारसँग पुन: दोहोर्‍याउँदै आफू रुस र चीनसँग आणविक हतियार घटाउने वार्तामा रुचि राख्ने दोहोर्‍याए। उनले भने, “आणविक नि:शस्त्रीकरण विश्वका लागि एक महान् उपलब्धि हुनेछ ।”

अन्तिम अमेरिकी परीक्षण सन् १९९२ मा

संयुक्त राज्य अमेरिकाले सन् १९४५ जुलाई १६ देखि सन् १९९२ सम्म एक हजार ५४ आणविक परीक्षण गरिसकेको छ । पहिलो परीक्षण न्यु मेक्सिकोमा गरिएको थियो । दोस्रो विश्वयुद्धको समयमा जापानमा भएका दुई आणविक आक्रमणका कारण अमेरिका अझै पनि लडाइँमा आणविक हतियार प्रयोग गर्ने एक मात्र देश बनेको छ ।

अन्तिम अमेरिकी परीक्षण सन् १९९२ को सेप्टेम्बरमा नेभाडा आणविक सुरक्षा स्थलमा २० किलोटन क्षमताको भूमिगत विस्फोटका रूपमा गरिएको थियो । तत्कालीन राष्ट्रपति जर्ज एच डब्लु बुुुसले सोही वर्ष अक्टोबरमा थप परीक्षणमा रोक लगाएको थिए। यो निर्णयलाई पछिल्ला सबै अमेरिकी प्रशासनले निरन्तरता दिएका छन् । तत्पश्चात् आणविक परीक्षणका सट्टा उन्नत कम्प्युटर सिमुलेसन र उप(महत्वपूर्ण प्रयोगद्वारा हतियार प्रणालीको विश्वसनीयता परीक्षण गर्ने अभ्यासलाई प्राथमिकता दिइँदै आएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोदावरी नदीले बगाउँदा दुई महिलाको मृत्यु

धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार तर्...

पोखरा-दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)  दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...

समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...

करको दर हेरफेर गरेको आरोप अस्वीकार गर्दै अर्थमन्त्री वाग्लेले भने– तपाईँका काण्डहरु पनि खुल्नेछन्

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्‍याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...

रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित, पराजित गोमा तामाङले राजनीति छोड्ने घोषणा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...

रुकुम पश्चिममा घाँस काट्न गएकी महिलाको मृत्यु

रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...

गृहमन्त्री सुधन गुरुङ पीडितको गुनासो सुन्न माइतीघरमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...

नक्कली भुटानी शरणार्थी प्रकरण: हाइप्रोफाइल व्यक्तिलाई बयानका लागि झिकाउन माग

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...

शिक्षण अस्पताल पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending