काठमाडौं । विभिन्न ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने सरकारले गरेको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने भएको हो।
उक्त रिटमा सर्वोच्चले सरकारको निर्णय कार्यान्वयन किन नगर्ने वा नगर्नुपर्ने भन्ने विषयमा आदेश दिनेछ। गत असोज २० गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
सो निर्णयविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र सुनिल भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
रिटमा भनिएको छ, “मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २९२ अनुसार संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भई राष्ट्रपतिद्वारा धारा २८२ अनुसार नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय असंवैधानिक छ।”
रिटमा उक्त निर्णयलाई ‘उत्प्रेषणका आधारमा बदर गरी कार्यान्वयन नगर्न–नगराउन परमादेश जारी गर्न’ माग गरिएको छ। अधिवक्ता उप्रेतीले कात्तिक २० गतेभित्र ११ जना राजदूतलाई फिर्ता बोलाउने सरकारी निर्णय असंवैधानिक भएको दाबी गर्दै त्यसको कार्यान्वयन रोक्न माग गरेकी छन्।
उनले तत्काल नयाँ राजदूत नियुक्त गर्ने अवस्था नभएकाले यस्तो निर्णयले कूटनीतिक ‘भ्याकुम’ (रिक्तता) सिर्जना गर्ने खतरा रहेको पनि उल्लेख गरेकी छन्।
सरकारले फिर्ता बोलाएका राजदूतहरू चीनका कृष्णप्रसाद ओली, जर्मनीका डा। शैल रुपाखेती, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका डा.नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका सनिल नेपाल, संयुक्त अधिराज्य (बेलायत) का चन्द्रकुमार घिमिरे, संयुक्त राज्य अमेरिका (अमेरिका) का लोकदर्शन रेग्मी, र जापानका डा. दुर्गाबहादुर सुवेदी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - १७:२९
काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभाका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन समीक्षा र पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्न सातै प्रदेशमा संयोजक ...
चैत्र १७ गते, २०८२ - १७:०८
काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अनिवार्य अभिमुखीकरण तालिमको शुल्क नबढेको स्पष्ट पारेको छ। विभागले जारी गरेको सू...
चैत्र १७ गते, २०८२ - १६:४२
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ सानो भर्याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन् । उक्त कार्यालयबाट सेवाग्राही...
चैत्र १७ गते, २०८२ - १६:३३
काठमाडौं । व्यवसायी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन चलिरहेकाले उनलाई अध्यागमनको कालोसू...
चैत्र १७ गते, २०८२ - १६:१८
काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ। मंगलबार बसेको पार्टी केन्द्रीय...
चैत्र १७ गते, २०८२ - १६:०१
काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरुट तहदेखि नै जोडेर खेलाडी उत्पादन गर्नुपर्ने बताएको छन् । राष्ट्रिय खे...
चैत्र १७ गते, २०८२ - १५:३३
काठमाडौँ। ‘काज’ मिलाएर सुगममा बसेका विशेषज्ञ चिकित्सक अब आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्किनुपर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
चैत्र १७ गते, २०८२ - १५:०८
काठमाडौं । .प्रधानमन्त्री बालेन शाहले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग जारी छलफलको क्रममा आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भेट गरेका ...
चैत्र १७ गते, २०८२ - १४:३१
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसँग सशस्त्र प्रहरीका उच्च अधिकारीले छलफल गरेको छन् । मंगलबार दिउँसो गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीका अधिकारीसँग ...
चैत्र १७ गते, २०८२ - १४:१२
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको ‘सिन्डिकेट’ अन्त्य गरेको छ। मन्...


प्रतिकृया लेख्नुहोस्: