काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरूको एकता आजको आवश्यकता भएको बताउँदै पनि स्पष्ट वैचारिक र संगठनात्मक आधारबिना एकता सम्भव नहुने बताएका छन्।
बुधवारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले समाजवादी क्रान्ति पूरा गर्न बलियो क्रान्तिकारी शक्तिको निर्माण आवश्यक रहेको उल्लेख गरे। “समाजवादी क्रान्ति सम्पन्न गर्न एउटा बलियो क्रान्तिकारी शक्तिको आवश्यकता पर्छ,” उनले प्रतिवेदनमा भने, “त्यो शक्तिको निर्माण यहाँका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूको एकताबाट हुनसक्छ।”
तर, अध्यक्ष नेपालले पार्टी एकता ‘सैद्धान्तिक समानता र ठोस आधार’ मा आधारित हुनुपर्ने स्पष्ट पारे। उनका अनुसार पार्टी एकताको लागि पाँच मुख्य सर्त पूरा हुनुपर्छ —
१. पार्टीको नाममा सहमति,
२. मार्गदर्शक सिद्धान्तमा एकरूपता,
३. रणनीतिक लक्ष्यमा स्पष्टता,
४. क्रान्तिकारी कार्यक्रममा साझा दृष्टिकोण, र
५. कार्यदिशा तथा कार्यनीतिमा समानता।
नेपालले यी विषयमा सहमति नभएसम्म कुनै पनि कम्युनिस्ट दलसँग एकता सम्भव नभएको बताए। उनका अनुसार, “यी सबै महत्त्वपूर्ण सवालमा समानता नभई कसैसँग पनि पार्टी एकता हुन सक्दैन। समानता भएमा एकता गर्न ढिला गर्नु पनि हुँदैन।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - १७:५३
काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई अनुसन्धानका लागि ५ दिन थप थुनामा राख्ने अनुमति दिएक...
चैत्र १५ गते, २०८२ - १७:२९
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आगामी जेठ १० गतेसम्म आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। संघीय संसद सचिवालयअन्तर्गतको सांसद सु...
चैत्र १५ गते, २०८२ - १७:२१
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। उनीमाथि लागेको आरोप सम्...
चैत्र १५ गते, २०८२ - १७:१२
काठमाडौं । रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथिको ...
चैत्र १५ गते, २०८२ - १६:५९
काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने विषय आफूले नै उठाएको बताएका छन्। आइतबार पार्टी कार्यालयमा...
चैत्र १५ गते, २०८२ - १६:५३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा भइरहेको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। माइतीघर–बबरमहल क्ष...
चैत्र १५ गते, २०८२ - १६:३९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारलाई पूर्वाग्रह वा प्रतिशोधका आधारमा काम नगर्न चेतावनी दिएको छ। आइतबार पेरिसडाँडास्थित केन्द्रीय कार्...
चैत्र १५ गते, २०८२ - १६:१४
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको थुनामुक्तिको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको...
चैत्र १५ गते, २०८२ - १६:०७
हेटौंडा । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार उद्योग, वाणिज्य त...
चैत्र १५ गते, २०८२ - १५:३७
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन्। नेकपाका सांसद रमेश मल्लका अनुसार आइतबा...



प्रतिकृया लेख्नुहोस्: