काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरूको एकता आजको आवश्यकता भएको बताउँदै पनि स्पष्ट वैचारिक र संगठनात्मक आधारबिना एकता सम्भव नहुने बताएका छन्।
बुधवारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले समाजवादी क्रान्ति पूरा गर्न बलियो क्रान्तिकारी शक्तिको निर्माण आवश्यक रहेको उल्लेख गरे। “समाजवादी क्रान्ति सम्पन्न गर्न एउटा बलियो क्रान्तिकारी शक्तिको आवश्यकता पर्छ,” उनले प्रतिवेदनमा भने, “त्यो शक्तिको निर्माण यहाँका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूको एकताबाट हुनसक्छ।”
तर, अध्यक्ष नेपालले पार्टी एकता ‘सैद्धान्तिक समानता र ठोस आधार’मा आधारित हुनुपर्ने स्पष्ट पारे। उनका अनुसार पार्टी एकताको लागि पाँच मुख्य सर्त पूरा हुनुपर्छ —
१. पार्टीको नाममा सहमति,
२. मार्गदर्शक सिद्धान्तमा एकरूपता,
३. रणनीतिक लक्ष्यमा स्पष्टता,
४. क्रान्तिकारी कार्यक्रममा साझा दृष्टिकोण, र
५. कार्यदिशा तथा कार्यनीतिमा समानता।
नेपालले यी विषयमा सहमति नभएसम्म कुनै पनि कम्युनिस्ट दलसँग एकता सम्भव नभएको बताए। उनका अनुसार, “यी सबै महत्त्वपूर्ण सवालमा समानता नभई कसैसँग पनि पार्टी एकता हुन सक्दैन। समानता भएमा एकता गर्न ढिला गर्नु पनि हुँदैन।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १२:२९
काठमाडौँ । भक्तपुरको नलिन्चोकमा निर्माण भएको हेलिपोर्टसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक इन्जिनियर प्रद...
मंसिर २२ गते, २०८२ - ११:३६
उर्लाबारी। असोज २१ साँझ मोरङको लेटाङ नगरपालिका-२, स्कुलचोकबाट बेपत्ता भएकी १३ वर्षीया अंशु गौतमको हत्यामा संलग्न भएको अभियोगमा मोरङ प्रहरीले एकजनालाई ...
मंसिर २२ गते, २०८२ - ११:२३
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रमा भइरहेको राजमार्ग विस्तारका कारण प्रभावित भएका घरधनी तथा व्यवसायीलाई लक्षित गर्दै ९ बुँदे विशेष निर्...
मंसिर २२ गते, २०८२ - ११:०९
काठमाडौँ। शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ ...
मंसिर २२ गते, २०८२ - ११:०३
बैतडी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बैतडीले उम्मेदवार सिफारिस गरेको छ । शनिबार बैतडी सदरमुकाममा सम्प...
मंसिर २२ गते, २०८२ - १०:४९
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मा प्रभाकरले गृहजिल्ला रुकुम पश्चिम पुगेपछि पह...
मंसिर २२ गते, २०८२ - १०:३४
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण हुन लागेको ‘ओली कुटी’ को नक्सालाई लिएर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ...
मंसिर २२ गते, २०८२ - १०:१८
बैतडी । दार्चुलामा भूकम्प भएको छ । उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको हो । आज बिहान ८:२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्र...
मंसिर २१ गते, २०८२ - १७:१८
ललितपुर। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्...
मंसिर २१ गते, २०८२ - १६:५७
काठमाडौँ। ओपनरद्वय साम हेजलेट र फाफडु प्लेसिस चम्किएपछि विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर–१ मा प्रवेश गरेको छ । त्र...




प्रतिकृया लेख्नुहोस्: