काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंले व्यवस्था परिवर्तनको मागसहित मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्।
बुधबार मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले आन्दोलन शान्तिपूर्ण रूपमा सञ्चालन हुने बताएका छन्। उनका अनुसार आन्दोलनमा कुनै पनि प्रकारको हिंसात्मक गतिविधि, तोडफोड वा आगजनी हुने छैन।
“यो बन्दुक र बारुद बोकेर गर्ने आन्दोलन होइन,” प्रसाईंले भने, “यो सिंहदरबारमा आगो लगाउने वा नागरिकका घर र व्यवसायमा तोडफोड गर्ने आन्दोलन पनि होइन।”
उनका अनुसार यो अभियान पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, १४ अञ्चल, ७५ वटै जिल्ला र १६५ वटै निर्वाचन क्षेत्रमा सञ्चालन गरिनेछ।
मङ्सिर ७ गतेलाई आन्दोलन सुरु गर्ने मिति तोकिएको कारण स्पष्ट गर्दै उनले भने, “सोही दिन दिल्लीमा दलहरू र माओवादीबीच १२ बुँदे सहमति भएको थियो। त्यसकै परिणामस्वरूप देशमा राजसंस्था र हिन्दु अधिराज्य अन्त्य भयो र देश विदेशी प्रभावमा पुगेको छ।”
उनले पशुपति र माता दुर्गाको संरक्षण र विदेशिएका नेपालीहरूलाई स्वदेश फर्काउने अभियानका रूपमा यो आन्दोलन अघि बढाइने बताए।
प्रसाईंले सबै नेपाली नागरिकलाई आन्दोलनका लागि तयारी रहन आग्रह गर्दै दैनिक उपभोग्य वस्तु, डिजेल र ग्यासजस्ता सामग्री घरमा पूर्वतयारीका रूपमा भण्डारण गर्न सुझाव दिएका छन्।
मानव अधिकार आयोगलाई आन्दोलनको औपचारिक जानकारी दिइएको उनको भनाइ छ।
उनले मङ्सिर ७ गतेदेखि व्यवस्था परिवर्तन नभई अवस्था परिवर्तन नहुने भन्दै सम्पूर्ण मानवअधिकारवादी, पत्रकार, र देश तथा विदेशमा रहेका सबै नागरिकलाई साथ दिन आह्वान गरे। उनले निजामती कर्मचारी र प्रहरीलाई पनि मङ्सिर ७ गतेदेखि बिदा बस्न अनुरोध गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - १७:५३
काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई अनुसन्धानका लागि ५ दिन थप थुनामा राख्ने अनुमति दिएक...
चैत्र १५ गते, २०८२ - १७:२९
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आगामी जेठ १० गतेसम्म आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। संघीय संसद सचिवालयअन्तर्गतको सांसद सु...
चैत्र १५ गते, २०८२ - १७:२१
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। उनीमाथि लागेको आरोप सम्...
चैत्र १५ गते, २०८२ - १७:१२
काठमाडौं । रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथिको ...
चैत्र १५ गते, २०८२ - १६:५९
काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने विषय आफूले नै उठाएको बताएका छन्। आइतबार पार्टी कार्यालयमा...
चैत्र १५ गते, २०८२ - १६:५३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा भइरहेको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। माइतीघर–बबरमहल क्ष...
चैत्र १५ गते, २०८२ - १६:३९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारलाई पूर्वाग्रह वा प्रतिशोधका आधारमा काम नगर्न चेतावनी दिएको छ। आइतबार पेरिसडाँडास्थित केन्द्रीय कार्...
चैत्र १५ गते, २०८२ - १६:१४
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको थुनामुक्तिको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको...
चैत्र १५ गते, २०८२ - १६:०७
हेटौंडा । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार उद्योग, वाणिज्य त...
चैत्र १५ गते, २०८२ - १५:३७
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन्। नेकपाका सांसद रमेश मल्लका अनुसार आइतबा...



प्रतिकृया लेख्नुहोस्: