Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

महाराजगन्जमा प्रहरी कुटपिट घटनामा थप दुई जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा महाराजगन्जस्थित प्रहरी वृत्तमा प्रहरी जवानलाई कुटपिट गर्ने घटनामा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ घर भई सुकेधारा बस्ने २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाको उत्तरगया गाउँपालिका–४ घर भई मनमैजु बस्ने २७ वर्षीय सौरभ तामाङ रहेका छन्।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार उनीहरूले प्रहरी जवान उत्तम थापामाथि कुटपिट गरेको दृश्य सीसीटीभी फुटेजमा देखिएको छ। सोही कुटपिटका कारण थापाको मृत्यु भएको थियो।

पक्राउ परेका दुवै जनालाई सोमबार भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा ल्याएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। भदौ २४ गते उनीहरूले प्रहरी जवानलाई कुटपिट गर्नुका साथै प्रहरी वृत्त महाराजगन्जमा तोडफोड र आगजनी गरेको पनि भिडियो फुटेजमा पुष्टि भएको छ।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट महाराजगन्जमा असई मिलन राय र जवान उत्तम थापाले ज्यान गुमाएका थिए। प्रहरी हत्याको आरोपमा यसअघि पक्राउ परेका पाँच जना काठमाडौँ प्रहरीको हिरासतमा छन्।

थुनामा रहेका ती पाँच जनामध्ये गोरखा घर भएका २१ वर्षीय सोम गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, २१ वर्षीय युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर छन्।

यसअघि नै पुर्पक्षका लागि कारागार चलान भएका चार जनामा युवराज क्याप्छाकी, सोनाम तामाङ ९बुद्धिलाल थिङ०, होमप्रसाद पौडेल र टिकाराम बिक छन्।

प्रहरी अनुसन्धान अनुसार काभ्रेको रोशी गाउँपालिका घर भई बालुवाटार बस्ने २८ वर्षीय क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ घर भई चन्द्रागिरी बस्ने २१ वर्षीय थिङले जवान थापाको हत्या गरेका हुन्।

त्यस्तै, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भई धुम्बाराही बस्ने ६२ वर्षीय पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भई बालकुमारी बस्ने २८ वर्षीय बिकले असई रायको हत्या गरेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार घटनामा संलग्न थप आरोपीहरूको अनुसन्धान पूरा भएपछि पूरक प्रतिवेदन अदालतमा पेस गरिनेछ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली–लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई अनुसन्धानका लागि ५ दिन थप थुनामा राख्ने अनुमति दिएक...

नवनिर्वाचित सांसदलाई जेठ १० भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आगामी जेठ १० गतेसम्म आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। संघीय संसद सचिवालयअन्तर्गतको सांसद सु...

दीपक खड्कालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। उनीमाथि लागेको आरोप सम्...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन विवाद पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथिको ...

पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने प्रस्ताव मैले नै उठाएको हुँ : प्रचण्ड

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने विषय आफूले नै उठाएको बताएका छन्। आइतबार पार्टी कार्यालयमा...

एमाले कार्यकर्ता र प्रहरीबीच झडप, एक घाइते

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा भइरहेको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। माइतीघर–बबरमहल क्ष...

पूर्वाग्रहपूर्ण निर्णयले देश दुर्घटनातर्फ जान सक्छ : नेकपा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारलाई पूर्वाग्रह वा प्रतिशोधका आधारमा काम नगर्न चेतावनी दिएको छ। आइतबार पेरिसडाँडास्थित केन्द्रीय कार्...

ओलीको थुनामुक्तिको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट, सोमबार सुनुवाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको थुनामुक्तिको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको...

हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीको राजीनामा

हेटौंडा । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार उद्योग, वाणिज्य त...

नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन्। नेकपाका सांसद रमेश मल्लका अनुसार आइतबा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending