Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

छठमा चढाइने कृषिजन्य तरकारी तेब्बरमा बिक्री, छैन अनुगमन

खबरडबली संवाददाता

राजविराज। छठ पर्वमा प्रसादको रूपमा प्रयोग हुने तरकारीजन्य उत्पादनहरूको मूल्य तेब्बरले वृद्धि भएको छ। सामान्य दिनको तुलनामा छठमा चढाइने लौका, फूलकोबी, भण्टा, मूला र फर्सी तेब्बर दरमा बिक्री भइरहेको उपभोक्ता डोमन साह बताउछन् ।

तरकारी व्यापारीहरूका अनुसार पछिल्लो समयमा परेको लगातार भारी वर्षाले स्थानीय बाली नष्ट गरेपछि बजारमा तरकारीको आपूर्ति घटेको छ। यही कारण मूल्यमा तीव्र वृद्धि भएको हो।

राजविराजका किसान रामचन्द्र महतो भन्छन्, “यो वर्ष वर्षाको कारण लौका, भण्टा, फूलकोबी जस्ता मौसमी बाली लगभग सखाप भयो। केही मात्र जोगाउन सकेका छौं, त्यसैले मूल्य बढ्नु स्वाभाविक हो।”

यता व्यापारी रामु साहले भने, “स्थानीय उत्पादन नपुग्दा हामी बाहिरी जिल्लाबाट तरकारी ल्याउँछौं। सुनसरीको इनरुवा, धनुषाको ढल्केबर, सर्लाहीको लालबन्दी, उदयपुरको गाईघाट र मकवानपुरको हेटौंडाबाट ढुवानी गर्दा भाडा, मजदुरी र पेट्रोल खर्च धेरै पर्छ। त्यसैले महँगोमा बेच्न बाध्य छौं।”

हाल बजारमा लौका प्रति थान २५० देखि ३५० रुपियाँ, भण्टा प्रति किलो १४० रुपियाँ, फूलकोबी प्रति किलो १८० रुपियाँ, मूला प्रति किलो ११० रुपियाँ र फर्सी प्रति किलो ८० रुपियाँमा बिक्री भइरहेको छ। यो मूल्य अन्य दिनको तुलनामा तेब्बर मात्र होइन, कतिपय वस्तुमा चार गुणासम्म वृद्धि भएको उपभोक्ताहरू बताउँछन्।

राजविराजकी गृहिणी सुनीतादेवी मण्डल भन्छिन्, “छठमा प्रसाद चढाउनका लागि लौका र फूलकोबी चाहिन्छ। तर बजारमा गएर हेर्दा मूल्य सुनेरै छक्क पर्‍यौं। परिवारका सबै सदस्यको लागि प्रसाद तयार गर्न मात्र हजारौं खर्च पर्छ।”

यता, चाडबाडमा लक्षित बजार अनुगमन टोली यतिखेर कतै भेटिदैन । यसले छठ पर्वमा अत्यधिक नाफा लिन खोज्ने व्यापारीहरु को लागि राम्रो अवसर पाए जस्तो भएको छ।

स्थानीय किसानहरू भने निराश छन्। सप्तरीको तिलाठी, हनुमाननगर, कोशीटप्पु आसपासका क्षेत्रका किसानहरूका अनुसार असिनापात र लगातारको वर्षाले फूलकोबी, भण्टा, लौकालगायत बालीमा ठूलो क्षति पुर्‍याएको छ। किसान रामेश्वर यादव भन्छन्, “तरकारी बेचेर छठको खर्च चलाउने सोच थियो, तर यस वर्ष बाली नै नष्ट भयो। अब बजारमा उपभोक्ताले महँगो तिरेर खानुपर्ने भयो।”

मूल्यवृद्धिका बाबजुद बजारमा किनमेलको चहलपहल भने बढ्दै गएको छ। नहाय–खाय विधि सम्पन्न भएसँगै ब्रतालुहरू प्रसादका सामग्री खरिदमा व्यस्त देखिन्छन्। बजारमा लौका, फूलकोबी, मूला, अदुवा, केरा, उखु, नरिवल लगायतका वस्तुको माग अत्यधिक छ।

राजविराजसहित सप्तरीका सबै प्रमुख बजार अहिले “छठ विशेष बजार” बनेका छन्। व्यापारी र उपभोक्ता दुवैलाई मूल्यले तातो बनाएको भए पनि, श्रद्धा र विश्वासको यो पर्वको तयारी उत्साहका साथ भइरहेको देखिन्छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली–लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई अनुसन्धानका लागि ५ दिन थप थुनामा राख्ने अनुमति दिएक...

नवनिर्वाचित सांसदलाई जेठ १० भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आगामी जेठ १० गतेसम्म आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। संघीय संसद सचिवालयअन्तर्गतको सांसद सु...

दीपक खड्कालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। उनीमाथि लागेको आरोप सम्...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन विवाद पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथिको ...

पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने प्रस्ताव मैले नै उठाएको हुँ : प्रचण्ड

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने विषय आफूले नै उठाएको बताएका छन्। आइतबार पार्टी कार्यालयमा...

एमाले कार्यकर्ता र प्रहरीबीच झडप, एक घाइते

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा भइरहेको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। माइतीघर–बबरमहल क्ष...

पूर्वाग्रहपूर्ण निर्णयले देश दुर्घटनातर्फ जान सक्छ : नेकपा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारलाई पूर्वाग्रह वा प्रतिशोधका आधारमा काम नगर्न चेतावनी दिएको छ। आइतबार पेरिसडाँडास्थित केन्द्रीय कार्...

ओलीको थुनामुक्तिको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट, सोमबार सुनुवाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको थुनामुक्तिको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको...

हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीको राजीनामा

हेटौंडा । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार उद्योग, वाणिज्य त...

नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन्। नेकपाका सांसद रमेश मल्लका अनुसार आइतबा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending