Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञद्वारा सेवा सुरु

खबरडबली संवाददाता

दार्चुला । यहाँ पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको छ । जिल्ला अस्पताल स्थापना भएयता पहिलो पटक स्त्रीरोग विशेषज्ञका रूपमा डा स्मृति शाहीले सेवा थालेएको हो ।

गत असोज ९ गते डाक्टर शाही जिल्ला अस्पतालमा हाजिर भएको हो । विसं २०४२ मा स्थापना भएको जिल्ला अस्पतालमा पहिलो पटक स्त्रीरोग विशेषज्ञ चिकित्सक आएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिए । 

“अहिलेसम्म स्त्रीरोग विशेषज्ञ जिल्लाले पाएको थिएन्”, भट्टले भने, “अहिलेका कार्यालय प्रमुखले निकै मेहनतका साथ स्त्रीरोग विशेषज्ञ  भित्र्याए।”अहिलेसम्म स्त्रीरोग विशेषज्ञ नहुँदा महिला, विशेष गरी गर्भवतीलाई उपचारमा कठिनाइ भइरहेको थियो । स्वास्थ्य सेवाका हिसाबले दुर्गम मानिएको दार्चुलामा स्त्रीरोग विशेषज्ञ आउनु आफैँंमा गर्वको विषय भएको भट्टको भनाइ छ । 

उनका अनुसार स्त्रीरोग विशेषज्ञ नहुँदा महिलाहरूले आफ्ना रोग लुकाएर बस्नुपर्ने अवस्था थियो । उनले भने, “अब महिलाहरूका लागि सहजरूपमा उपचार लिन सकिने भएको छ, स्त्रीरोग विशेषज्ञ आएको बारेमा जानकारी सबैतिर गर्नु जरुरी छ, भारतका विभिन्न ठाउँमा जाने बिरामीलाई अब जिल्ला अस्पतालमै सबै सेवा उपलब्ध रहेको जानकारी जरुरी छ ।”

जिल्ला अस्पतालका प्रमुख डा रवीन्द्र भट्टराईका अनुसार स्त्रीरोग विशेषज्ञ ल्याउन निकै प्रयास गर्नुपरेको थियो । “म प्रमुख भएर आएयता निरन्तर प्रयासपछि अब हामीले स्त्रीरोग विशेषज्ञ ल्याउन सफल भएका छौंँ”, उनले भने, “आफू कार्यालय प्रमुख भएर आएर मात्रै भएन, यहाँका नागरिकलाई सेवा दिन जनशक्ति व्यवस्थापन महत्वपूर्ण छ ।”

आफूले जुन क्षेत्रमा गएर काम गरे पनि जनताको सेवा दिने गरी गरिरहेको उनको भनाइ छ । भट्टराई भन्छन्, “दुर्गम क्षेत्रमा सेवा गर्ने मेरो रुचि छ, यहाँका नागरिकलाई सबै प्रकारको सेवा दिन म लागिपर्छु ।” यसअघि डा भट्टराई कर्णालीमा सेवा गरेर आएको हो । “मैले चाहेको भए सुगम पाउँथे, काठमाडौँंमै हुन्थ्यो”, उनले भने, “तर, मलाई दुर्गम क्षेत्रका नागरिकको सेवा गर्नमा गर्व महसुस हुन्छ ।”

अबदेखि महिलासम्बन्धी सम्पूर्ण रोगको उपचार तथा आवश्यक शल्यक्रिया  जिल्लामै गर्न सकिने अस्पतालले जनाएको छ । पहाडी क्षेत्रका महिलामा देखिने पाठेघर खस्ने, मुखको क्यान्सर, मासु पलाउने लगायतका रोगको शल्यक्रिया जिल्ला अस्पतालमै गर्ने गरी तयारी भएको छ । स्त्रीरोग सेवा सञ्चालनका लागि अस्पतालले छुट्टै ओपिडी कक्ष र शल्यक्रिया कक्ष व्यवस्था गरेको छ । विगतमा बाहिरै जानुपर्ने अवस्था अब अन्त्य भएको डा भट्टराईले बताए। 

“अब महिलाले कुनै पनि रोग लुकाएर बस्नुपर्ने छैन, सहजै जिल्ला अस्पतालमै उपचार पाउन सक्नेछन्”, उनले भने। डा शाहीले यसअघि डडेल्धुरा, जोरपाटी र म्याग्दी लगायतका स्थानमा काम गरिसकेको छन् । “दार्चुलाजस्तो विकट क्षेत्रमा आएर सेवा गर्न पाउनु मेरा लागि गर्वको कुरा हो”, शाहीले भने, “यहाँका महिलालाई सकेसम्म बढी स्वास्थ्य सेवा दिन चाहन्छु ।”

अस्पतालमा अहिले तीन विशेषज्ञसहित दश चिकित्सकले सेवा दिँदै आएका छन् ।

कुनै समय दुर्गम जिल्लाका अस्पतालमा चिकित्सक पाउनै मुस्किल थियो, तर समय बदलिँदै जाँदा अहिले दुर्गम क्षेत्रमै चिकित्सक सेवा दिन आउने क्रम बढेको छ । अस्पतालमा शल्य–चिकित्सा (अर्थोपेडिक) विशेषज्ञ, दन्त चिकित्सकसहित पाँच पाँच मेडिकल अधिकृत पनि कार्यरत छन् ।

अस्पतालमा भौतिक पूर्वाधारको अभाव भए पनि हालको संरचनालाई व्यवस्थित गरेर सेवा प्रदान गर्ने काम भइरहेको डा भट्टराई बताउछन् । उनका अनुसार नयाँ अस्पताल भवन निर्माणमा ढिलाइ भएकाले अहिले पुरानो भवनमै व्यवस्थापन गरेर सेवा चुस्त र प्रभावकारी बनाउने प्रयास भइरहेको छ ।

दुर्गम क्षेत्रमा सबै चिकित्सक आउन नचाहे पनि उहाँहरुलाई प्रोत्साहन गरेर ल्याउने काम भएको कार्यालय प्रमुख भट्टराईको भनाइ छ । अहिले जिल्ला अस्पतालमा छात्रवृत्ति करार, प्रदेश करार र ‘निकसाइमन’को सहयोगमा चिकित्सकहरू कार्यरत छन् । अस्पतालमा अहिले तीन अल्ट्रासाउण्ड मेसिन सञ्चालनमा छन् । बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको छ । 

अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टका अनुसार यही कात्तिक ३ देखि ७ गतेसम्मको अवधिमा मात्र १५१ जनाले उपचार सेवा लिएका छन् । “तिहारको बिदाका समयमा पनि बिरामीको सङ्ख्या घटेन”, उनले भने, “विशेषज्ञ डाक्टर आएपछि बिरामीको आगमन पनि बढेको छ ।”

यसअघि दशैंँ अवधिमा ३९२ जनाले उपचार गराएका थिए । अहिले तीन विशेषज्ञ चिकित्सक भएपछि भारततर्फबाटसमेत बिरामी आउने क्रम सुरु भएको सूचना अधिकारी भट्टले बताए। उनले भने, “यदि महिला विशेषज्ञ र एमडिजिपी चिकित्सक कार्यरत रहेको बारेमा अझ प्रचारप्रसार गर्न सकियो भने ग्रामीण भेगका बिरामी पनि थप आउने सम्भावना छ, धेरैलाई जिल्लामै विशेषज्ञ चिकित्सक कार्यरत भएको जानकारी नहुँदा बाहिर जानुपरेको छ।” यहाँका बिरामी भारतको हल्द्वानी, पिथौरागढ र धारचुलाका मेडिकल तथा अस्पतालमा उपचारका लागि जाने गर्छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री शाहले बोलाए मन्त्रीपरिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीपरिषद्को बैठक आह्वान गरेको छन् । शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलका अनु...

अर्जुननरसिंह केसीको प्रश्न– ‘प्रधानमन्त्री एक्लै हिँड्ने लहडमा कि एक्लै पर्नुभएको हो ?’

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को कार्यशैलीप्रति प्रश्न उठाउँदै सरकार संसद् र संवैधानिक प्र...

बेथिति अन्त्य गर्न अपराधीलाई ‘सार्वजनिक रूपमा कोर्रा’ हान्ने कानुन बनाउन हर्कराज राईको प्रस्ताव

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशमा बढ्दो बेथिति, भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्न अपराधमा संलग्न व्यक्तिलाई सार्वजनिक रूपमा...

हर्क राईको ‘कोर्रा हान्ने’ अभिव्यक्तिमाथि इन्दिरा रानाको आपत्ति, भनिन्– ‘यस्तो शब्द सदनमा प्रयोग हुनुहुँदैन’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रयोग गरेको ‘कोर्रा हान्ने’ अभि...

सरकालाई कांग्रेसको प्रश्नैप्रश्न: प्रधानमन्त्री बालेन कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कार्यशैलीप्रति संसद्मा कडा आपत्ति जनाएको छ। ...

प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री बालेन र सभामुख डिपीबीच भेटवार्ता

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा...

आज सुनको मूल्य छ हजार ४०० सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य  तोलामा रु छ हजार चार सयले बढेको छ भने चाँदी  रु एक सय १० ले ब...

पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । पर्सामा ठूलो परिमाणमा गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले १०५ किलो गाँजासहित भारतका ५० वर्षीय सउरु चौधरीलाई पक्राउ गरे...

७५ वर्षीया सार्की मृत भेटिएपछि एकल ज्येष्ठ नागरिकको सुरक्षामा चिन्ता

लमजुङ। लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा एक्लै बस्दै आएकी ७५ वर्षीया काली सार्की शनिबार राति आफ्नै घरभित्र मृत अवस्थामा भेटिएको छन् । कोठाको खाटमुन...

स्रोत नखुलेको ५२ लाख ५० हजारसहित चार जना पक्राउ

पर्सा। अवैध वित्तीय कारोबार (हुण्डी) मा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपियाँसहित एक भारतीय नागरिकस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending